नगराईन नगरपालिकाको नामकरण विवाद, नाममा असहमति जनाउँदै कार्यालयमा तालाबन्दी

  • प्रकाशित मितिः श्रावण 11, 2075
  • मधेश स्पेशल
  • 139 पटक पढिएको

जनकपुरधाम/ धनुषाको नगराईन नगरपालिकाको कार्यालयमा तालाबन्दी गरिएको छ। नगराईन नगरपालिकाको नाम परिवर्तन गरी नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिका बुवा महेन्द्र नारायण निधिको नाममा नामकरण गरिन लागिएको भन्दै तालाबन्दी गरिएको हो।

शुक्रबार नगराईन नगरपालिकाका चारवडा अध्यक्षसहित १६ जना सदस्यहरुले नामाकरणमा विरोध जनाउदै मूल गेटमा तालाबन्दी गरेको हो। शुक्रवार नगरपालिकाकै कार्यपरिसरमा पत्रकार सम्मेलनको आयोजना गरी वडा नं. ४ का वडा अध्यक्ष अमिरी लाल राउतले आफू अक्षर जान्न सक्ने नभएकाले विभिन्न कार्यक्रममा आवतजावत तथा भत्ताको रकम बुझ्न सही भन्दै गराएको तर अहिले आएर नगरपालिकाको नाम परिवर्तनका लागि झुक्याएर आफूसँग सहीछाप गराएको आरोप लगाए।

उनले भने, ‘मलाई तपाईंको बैठक भत्ता बापतको रकम सात हजार पाँच सय भयो लिनुस् अनि यहाँ सहीछाप गर्नुस् भनेर लगाइयो, म आफू पढेलेखेको छैन, अक्षर चिन्दिन पछि बुझ्दै जाँदा नाम परिवर्तनको कागजमा पो सही गराएको रहेछ, त्यही आएर नगरवासीको भ्रम हटाउन तथा निर्णय बदरको माग लागि बाध्य भएर तालाबन्दी गर्नुपरेको छ।’

यसैगरी वडा नं. ५ का वडा अध्यक्ष संजय कुमार राउतले विमलेन्द्र निधिका बुवा महेन्द्र नारायण निधिको नाममा धैरै शालिका तथा संघ संस्थाहरू स्थापना भइसकेकोले अब शहीद दुर्गानन्द झाको नाममा हुनुपर्ने अडान राखे। उनले भने, ‘जनकपुरमा महेन्द्र नारायण निधि मिथिला सांस्कृतिक भवन, स्कुल तथा काठमाडौंमा अस्पतालको स्थापना गरिएको साथै निधिकै हजुरबुवाको नाममा नगराईनमै राजेश्वर नारायण निधि नाममा उच्च माध्यमिक विद्यालय स्थापना भएकोले अब शहिद दुर्गानन्द झाको नाममा नगरपालिकाको स्थापना गर्नुपर्ने अन्यथा अहिलेकै नाम हुनुपर्छ, अन्यथा हामीलाई मान्य हुदैछ।’

यसैगरी नगराईन नगरपालिकाकै अर्का वडा अध्यक्ष प्रमोद साहले नगरपालिकाका मेयर परमेश्वर साहले गलत मनसायले एकलौटी रूपमा नाम परिवर्तन गर्दा आफूहरूले विरोध जनाएको बताए। उनले भने, ‘जनकपुरधाममा राजा महेन्द्र आएको बेला बम प्रहार गरेर जहाँनिया शासनविरुद्ध लडेका शहिद दुर्गानन्द झाको नाममा नगरपालिकाको नामकरण हुनुपर्छ।'

यसैगरी अर्को वडा नं. ७ का वडा अध्यक्ष रामदुलार मुखियाले भने, ‘यहाँको जति पनि सरकारी संघ संस्था हुन्छ, त्यो विमलेन्द्र निधिकै बुवा र हजुरबुवाको नाममा हुनुपर्छ भनि हामीलाई स्वीकार्य छैन, हामीले शहिद दुर्गानन्द झा, डा. लक्ष्मीनारायण झा, जमुनिया, सीता लगायतका नाममा पनि नामकरण गर्न सकिन्छ, तर एउटै व्यक्तिको नाममा कति संघसंस्थालाई नामकरण गर्ने?’ नगराईन नगरपालिकामा नेपाली काँग्रसबाट नगर प्रमुखमा विजयी भएका छन्। नौवटा वडा मध्ये पाँचवटा वडामा कांग्रेस विजयी भएको छ भने, चारवटा वडामा तत्कालीन नेकपा एमाले (नेकपा) ले विजयी भएको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

बरियारपट्टी गाउँपालिकाको बजेट ४१ करोड ३४ लाख

रोयाण्टर मण्डल / कृष्ण मोहन चौधरी / हरिपति लाल कर्ण / विपी भुवन  सुखीपुर (सिरहा) /   ‘कृषि , शिक्षा, पु

जगदेव कामतलाई एक लाखको प्रज्ञा पुरस्कार

शास्त्रीय सङ्गीतको क्षेत्रमा उल्ख्य योगदान पुर्याएर पनि गुमनामीको जीवन बिताइरहेका मिथिलाका साधक जगदेव

लहानमा सवारी दुर्घटनामा परि ३ जनाको मृत्यु , दर्जनौ घाइते

फिरोज शेख लहान । सिरहाको लहानमा सवारी दुर्घटनामा परि ३ जनाको मृत्यु भएको भएको छ,भने एक दर्जन भन्दा बढी घाइ


सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2019 - Pradeshportal.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६