१५ दिनभित्र लिखित प्रमाण पेश गर्न अदालतको आदेश जनता कलेजलाई कारण देखाऊ आदेश जारी

  • प्रकाशित मितिः श्रावण 10, 2075
  • मधेश स्पेशल
  • 67 पटक पढिएको

इटहरी/ इटहरीस्थित जनता बहुमुखी क्याम्पसमा गरिएको नियुक्तिको विषयमा उच्च अदालत विराटनगरले कारण देखाऊ आदेश जारी गरेको छ । एक पदमा दुई जनालाई नियुक्ति गरिएको विषयमा परेको निवेदनमाथि फैसला गर्दै १५ दिनभित्र लिखित प्रमाण पेश गर्न अदालतले आदेश जारी गरेको हो ।

क्याम्पसलाई आधार र कारण खुलाई लिखित जवाफ पेश गर्न भनिएको छ । इटहरी ५ का तेजबहादुर परियारले दिएको निवेदनमाथि यस्तो आदेश जारी भएको हो ।

परियारले साउन ७ गते दिएको निवेदनमा क्याम्पस, क्याम्पस प्रमुख भोजराज श्रेष्ठ, पदपूर्तिका संयोजक चन्द्र भट्टराई, सदस्य विकास केसी, सदस्य उद्धवप्रसाद पौडेल, सदस्य युगप्रिय निरौला, शारदा पोखरेल, सृष्टि भट्टराई र सञ्चालक समितिललाई विपक्षी बनाइएको छ ।

धाँधली गरेर परीक्षामा कम अंक दिएर परियारको श्रीमती पबित्रा दर्नाललाई पास नबनाएको पवित्राको दाबी छ । परियारले नागरिक ऐन २०१२ को दफा ३,४,५ (क), ६ (७) ले प्रदान गरेको कानुनी अधिकार विपक्षीले हनन गरेको बताएका छन् ।

पुस्तकालय सहायकको पदपूर्ति हुँदा समितिका संयोजक चन्द्र भट्टराईकी छोरी सृष्टि र सदस्य विकास केसीको श्रीमती शारदा पोखरेललाई नियुक्त गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

सिरहाकी एक किशोरीले पंखामा झुन्डिएर आत्महत्या गरिन

राजेन्द्र महतो लहान ।सिरहाको गोलबजार न-पा-४चौहर्बा का एक १९बर्शिय किशोरी ले सोमबार दिउसो सल को पासो लगा

भत्किएको वाल निर्माण यर्थास्रिघ निर्माण गर्न ठेकेदारलाई पत्र

 राेयाण्टर  मण्डल  सिरहा / सुखीपुर नगरपालिका – २ छजना स्थित नवनिर्मित पोखरी वाल १० महिना नबित्दै भत्

सुखीपुर नगरपालिकाको गाडीको ठक्करले साईकल यात्री घाईते

रोयाण्टर मण्डल सिरहा / सुखीपुर नगरपालिकाको गाडीबाट ठक्कर लागेर एक साइकल यात्रीलाई गभिर घाईते भएका छन् ।


सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2019 - Pradeshportal.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६