प्रहरी जवानलाई मृगौला पीडित पत्नीको चिन्ता

  • प्रकाशित मितिः श्रावण 9, 2075
  • मधेश स्पेशल
  • 124 पटक पढिएको

धरान/ इलाका प्रहरी कार्यालय धरानमा कार्यरत प्रहरी जवान तेञ्जीन शेर्पा ड्युटीमा निस्कँदा मन भने धरान–१८ स्थित आफ्नो डेरामा हुन्छ । यसको कारण हो, डेरामा २७ वर्षीया श्रीमती सुष्मा राई एक्लै हुन्छिन् ।

सुष्मा विगत २ वर्षदेखि डाइलाइसिसको भरमा बाँचेकी छिन् । उनको दुवै मृगौला फेलियर भएको छ । त्यसैले तेञ्जीन ड्युटीमा हुँदा पनि श्रीमतीलाई केही समस्या पो भइहाल्छ कि भनेर चिन्तित भइरहन्छन् । शेर्पाको घर ताप्लेजुङको मौवा खोला गाउँपालिकाको ४ नम्बर वडामा पर्छ । उनी प्रहरीमा भर्ती भएको ७ वर्ष पुग्यो । करिब १७ हजारको तलबले पत्नीको उपचार खर्चसँगै घरखर्च चलाउन उनलाई असाध्यै गाह्रो छ । साथीभाइको सहयोग र ऋणपान गरेर खर्च जुटाइरहेका छन् । ‘डाइलाइसिस थुप्रै भइसक्यो । खर्च पनि धेरै सकियो,’ शेर्पाले भने, ‘सातामा २ पटक डाइलाइसिस हुन्छ, एक पटकमा कम्तीमा पनि ३÷४ हजार खर्च हुन्छ । सहयोग र आफ्नै तलबबाट खर्च गरिरहेको छु ।’

शेर्पा र सुष्माबीच २०७० सालमा प्रेम विवाह भएको थियो । २०७२ सालमा सुष्माको मृगौलामा समस्या देखियो । त्यसपछि नियमित औषधी सेवन गर्न थालेकी थिइन् । तर पनि २ वर्षयता भने दुवै मृगौलाले काम गर्न छोड्यो । त्यसपछि, २ वर्षदेखि डाइलाइसिस भइरहेको छ । काजमा धरान खटिएका शेर्पा दिन, रात ड्युटीमा खटिनुपर्छ । त्यसबेला केही भइहाल्दा सुष्माले फोन गर्छिन् । उनी इञ्चार्जलाई खबर गरेर डेरा पुग्छन् । ‘म डिउटी जाँदा सुष्मा कोठामा एक्लै मोबाइल खेलाउँदै बस्छे । साह्रो हुँदा फोन गर्छ, म तत्काल इञ्चार्जलाई भनेर मेरो रिप्लेसमा खटाएर डेरा फर्कन्छु,’ उनले भने । उनी सुष्मालाई मृगौला प्रत्यारोपण गर्न चाहन्छन् । तर, सामान्य परिवारका र १७ हजार हाराहारीको तलबले प्रत्यारोपण खर्च धान्न गाह्रो छ । तर पनि, कम्तीमा १५ लाख जुटाउन हरसम्भव प्रयत्न गरिरहेका छन् । आफ्नै प्रहरी संगठन, साथीभाइहरूबाट उनी सहयोग जुटाउँदैछन् ।

केही समयअघि इलाका प्रहरी कार्यालय धरानले दुई चरणमा १ लाख २९ हजार सहयोग गरेको थियो । एसइई परीक्षा, कक्षा ११ र १२ को परीक्षा हँुदा सुरक्षामा खटिएका प्रहरीको खाजा भत्ताबापतको रकम शेर्पाको पत्नीको उपचारमा सहयोग गरिएको थियो । इलाका प्रहरी कार्यालय धरानका डिएसपी रामेश्वर पौडेलका अनुसार बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको एमडी÷एमएस प्रवेश परीक्षामा सुरक्षार्थ खटिँदा खाजा खर्चबापत प्रहरीले पाएको २८ हजार भत्ता पनि उपचारको लागि दिइएको थियो । त्यसअघि पनि एसइई परीक्षा, कक्षा ११ र १२ को परीक्षामा सुरक्षार्थ खटिएका प्रहरीले भत्ताबापतको कुल १ लाख १ हजार रुपैयाँ शेर्पाकी पत्नीको उपचारमा सहयोग गरेका थिए ।

‘हाम्रै संगठनका सदस्यको श्रीमतीको स्वास्थ्य जटिल छ, त्यसैले थोरै भए पनि राहत मिल्छ भनेर भत्ताबापतको रकम सहयोग ग¥यौं,’ डिएसपी पौडेलले भने ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

सिरहाकी एक किशोरीले पंखामा झुन्डिएर आत्महत्या गरिन

राजेन्द्र महतो लहान ।सिरहाको गोलबजार न-पा-४चौहर्बा का एक १९बर्शिय किशोरी ले सोमबार दिउसो सल को पासो लगा

भत्किएको वाल निर्माण यर्थास्रिघ निर्माण गर्न ठेकेदारलाई पत्र

 राेयाण्टर  मण्डल  सिरहा / सुखीपुर नगरपालिका – २ छजना स्थित नवनिर्मित पोखरी वाल १० महिना नबित्दै भत्

सुखीपुर नगरपालिकाको गाडीको ठक्करले साईकल यात्री घाईते

रोयाण्टर मण्डल सिरहा / सुखीपुर नगरपालिकाको गाडीबाट ठक्कर लागेर एक साइकल यात्रीलाई गभिर घाईते भएका छन् ।


सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2019 - Pradeshportal.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६