निजी क्षेत्रले ३ करोड बढीको ‘बिचौलियामुक्त’ कृषि बजार बनाउँदै निर्माता भन्छन्, ‘प्रदेश १ कै सस्तो सब्जी बजार हुनेछ’

  • प्रकाशित मितिः श्रावण 9, 2075
  • मधेश स्पेशल
  • 57 पटक पढिएको

इटहरी/ इटहरीमा पहिलोपटक निजी क्षेत्रबाट सहुलियत सब्जी बजार बन्ने भएको छ । ३ करोड बढी लगानीमा बन्ने सहुलियत सब्जी बजारमा किसानले उत्पादन गरेको उत्पादन सिधै उपभोक्ताकोमा ल्याइने भएको छ ।

इटहरी–४ आइतबारेमा रहेको होटल प्रिमियर स्कुल जाने बाटोमा बन्दै गरेको सहुलियतपूर्ण बजार साढे १ कट्ठा क्षेत्रफलमा निर्माण भइरहेको छ । ३ मिनेटको पैदलमा इटहरी चोकबाट पुग्न सकिने ठाउँमा निर्माणाधीन बजारको सामान्य घोराबारा र छाना लगाउने काम भइरहेको छ ।

समावेशी नेपाल प्रालि नामक संस्थाले निर्माण गरिरहेको यो सहुलियत सब्जी बजार केही महिनाभित्रै सञ्चालनमा आउने छ । २ करोड रुपैयाँ प्रालिको लगानी र थप १ करोड रुपैयाँ बैंकबाट ऋण लिएर यस्तो बजार बन्ने प्रालिका अध्यक्ष तथा यसका परिकल्पनाकार सुरेश भट्टराईले बताए । मोरङका भट्टराईका अनुसार इटहरी प्रदेश १ को केन्द्रमा रहेको सहर भएकाले सहुलियतपूर्ण सब्जी बजारको प्रथम परियोजना नै इटहरीमा शुभारम्भ गरिएको हो ।

स्थानीयको माग र किसानको उत्साह हेरेर इटहरीका अन्य क्षेत्रमा पनि सहुलियतपूर्ण सब्जी बजार बन्ने भट्टराईले बताए । उनले भने, ‘हाम्रो यो बजारले दैनिक २ हजार हाराहारी ग्राहकलाई हरेक युनिटबाट सेवा दिन सक्छ । यत्तिले मात्रै पुग्दैन । त्यसैले हामी अन्त पनि बजार स्थापनाको बारेमा गुरुयोजना बनाइरहेका छौँ ।’

itahari agriculture (2)

भान्छाका सबै खाद्यान्न पाइने ‘स्मार्ट’ बजार बन्दै
इटहरीमा निर्माणाधीन सब्जी बजारले विभिन्न १३ वटा स्टलबाट भान्साका सबै प्रकारका खाद्यान्न उपलब्ध गराउने भएको छ । भान्सामा चाहिने दाल, चामल, चिनीदेखि दैनिक उपभोग्य सब्जी, तरकारी, माछा, मासु र दुग्ध पदार्थ पनि त्यहीँबाट बिक्री गरिने भएको छ । ‘हाम्रो उद्देश्य चामल किन्न एउटा पसल, दाल किन्न अर्को पसल र सब्जी किन्न हटिया चहार्ने प्रथा अन्त्य गर्नु हो’, निर्माणाधीन सब्जी बजार परिसरमा बोल्दै निर्माता कम्पनीका अध्यक्ष भट्टराईले भने, ‘शहरका उपभोक्ताले खोजेको पनि यही छ । त्यही काममा हामी लागिपरेका छौँ ।’

सहुलियत सब्जी बजारका उत्पादन स्टलबाट मात्रै नभई अनलाइनबाट पनि कारोबार गरिने कम्पनीको लक्ष्य रहेको छ । जसअनुसार बजारको एप निर्माण गर्ने र हरेक दिनको मूल्यसूची अद्यावधि गरेर सार्वजनिक गरिनेछ । त्यो मूल्यसूची हेरेर उपभोक्ताले अर्डर गरेपछि होम डेलिभेरी पनि गरिने कम्पनी अध्यक्ष भट्टराई बताउँछन् । होम डेलिभरी इटहरी बजार र आसपासका क्षेत्रमा गरिने भट्टराई बताउँछन् । उनी भन्छन, ‘हामीले लामै सोच राखेर नै यो परियोजना सञ्चालन गर्न लागेका हौँ । त्यही भएर बजार लाग्ने जग्गा पनि २० वर्षलाई लिजमा लिएका छौँ ।’

प्रदेश १ कै सबैभन्दा सस्तो सब्जी बजार बन्ने
सब्जी बजारमा किसानले बेचेको कृषि उत्पादनको ढुवानी र केही प्रतिशत स्टाफ खर्च मात्रै कटाइने भएकाले सस्तो सब्जी बजार बन्ने निर्माता कम्पनीको दाबी छ । प्रांगारिक, कीटनाशक औषधी प्रयोग नभएको र अन्य साधारण गरी तीन किसिमका तरकारी बजारमा उपलब्ध हुने कम्पनीले बताएको छ । झापा, मोरङ, सुनसरी, धनकुटा र तेह्रथुमका विभिन्न किसान समूहसँगको सिधा समन्वयमा सब्जी खरिद गरिने र सहुलियत मूल्यमा उपभोक्तामा पु¥याउने कम्पनी अध्यक्ष भट्टराई बताउँछन् ।

‘अहिले उपभोक्ताले सब्जीका किसानले लिएको मूल्यभन्दा बिचौलियाले खाएको मूल्यका कारणले धेरै महँगो सब्जी किन्न बाध्य छन्’, भट्टराई भन्छन्, ‘तर, हाम्रो बजारको उद्देश्य भनेको सामान्य ढुवानी र केही स्टाफ खर्चबाहेक थप नाफा नलिएर सहुलियतपूर्ण ढंगले सब्जी बेच्ने हो ।’

यो सब्जी बजार प्रदेश १ का अन्य क्षेत्रका सब्जी बजार भन्दै सस्तो हुने र कुनैकुनै उत्पादन आधा नै सस्तो हुने भट्टराई बताउँछन् । उनी भन्छन्, ‘जस्तै सिँधुवामा २० रुपैयाँ किलोमा किसानले बेचेको टमाटर इटहरीमा २५ रुपैयाँमा पाइनेछ । २ रुपैया ढुवानी, २ रुपैयाँ स्टाफ खर्च र १ रुपैयाँ नाफा जोड्दा यत्तिमा बेच्न सकिन्छ ।’ किसानले राम्रो दाम पाउन र उपभोक्ताले सस्तोमा खरिद गर्न यस्तो गरिने भट्टराईको भनाइ छ । उनी भन्छन्, ‘हिलेमा ५ रुपैयाँ मुठा पाएको साग इटहरीमा २० रुपैयाँभन्दा बढी पर्ने अवस्था आउन नदिन र बिचौलियामुक्त गर्न यस्तो गर्न लागेका हौँ ।’

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

कलाकर्मी व्यापारीको घेरामा

मिथिला कलाको विकास, संरक्षण र प्रवद्र्धनमा लागेका कलाकार हुन् । ललितकला क्याम्पसबाट चित्रकला विषय अध्य

कलाकर्मी व्यापारीको घेरामा

मिथिला कलाको विकास, संरक्षण र प्रवद्र्धनमा लागेका कलाकार हुन् । ललितकला क्याम्पसबाट चित्रकला विषय अध्य

संविधान संसोधन नगरे आफूहरु पुनः जनविद्रोहमा जाने : उपप्रधानमन्त्री यादव

फिरोज शेख सिरहा । संघीय समाजवादी फोरम, नेपालका अध्यक्ष एवम् उपप्रधान स्वास्थ्थ तथा जनसंख्या मन्त्री उपेन

Madhesh Special
Facebook Group · 141 members
Join Group
 

सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2019 - Pradeshportal.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६