केसीको समर्थन गर्न तर ओपिडी बहिष्कार नगर्न विद्यार्थीको आग्रह इटहरीबाट धरानसम्म पैदल यात्रा

  • प्रकाशित मितिः श्रावण 8, 2075
  • मधेश स्पेशल
  • 92 पटक पढिएको

धरान/ साउनको सोमबार धरानमा समूहमा पैदल हिँडिरहेको देख्दा पक्कै पनि पिण्डेश्वरमा जल चढाउन आएका भक्तजनहरू हुन् भन्ने लाग्न सक्छ । सोमबार धरानमा त्यस्तै एक समूह तीनकुने हुँदै इटहरीबाट प्रवेश ग¥यो ।

उनीहरूको ब्यानरमा पनि सामाजिक बोलबम लेखिएको थियो । तर, उनीहरू पिण्डेश्वरमा जल चढाउन आएका धार्मिक बोलबम भक्तजनहरू भने थिएनन् । उनीहरू त नेपालको चिकित्सा शिक्षा सुधारको लागि ३ साताभन्दा बढी समयदेखि अनशनरत डा.गोविन्द केसीको मागप्रति समर्थन जनाउँदै इटहरीबाट धरान आएका विद्यार्थीहरू थिए ।

उनीहरू डा.केसीको माग र अनशनप्रति समर्थन जनाउन र धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका आन्दोलनरत डाक्टरहरूलाई उपचार सेवा बन्द नगर्न आग्रह गर्न पैदलै धरान आएका थिए । यसरी आउनेमा इटहरीको कस्तुरी कलेजका विद्यार्थी थिए ।

gobinda kcko  (2)

बिहान साढे ६ बजे इटहरीबाट हिँडेका विद्यार्थीहरू बीपी प्रतिष्ठान पुग्दा दिनको करिब १ बजिसकेको थियो । प्रतिष्ठानका उपकुलपति डा.राजकुमार रौनियारलाई भेटेर ज्ञापनपत्र बुझाउने कार्यक्रम भए पनि शुरुमा उनीहरू आन्दोलनरत प्रतिष्ठानका जुनियर रेसिडेन्ट डाक्टरहरूलाई भेट्न पुगेका थिए । बीपीका जेआरहरू प्रतिष्ठानको जिओपिडी भवनमा सोमबार सामुहिक सत्याग्रहमा बसिरहेका थिए ।

त्यहीँ पुगेका कस्तुरीका विद्यार्थीहरूले डाक्टरहरूलाई पनि बिरामीको उपचारलाई असर नपार्न आग्रह गरेका थिए । उनीहरूले डाक्टर केसीले गरिब, निमुखा जनताकै स्वास्थ्य उपचारमा सहज पहुँचको लागि आन्दोलन गरिरहेको भन्दै उनकै समर्थनमा उपचार सेवा बहिष्कार गर्नु न्यायोचित नहुने भन्दै ओपिडी सेवामा फर्कन पनि आह्वान गरेका थिए । ‘डा.केसीका माग जायज छन्, त्यसैले सरकारले चाँडो समर्थन गरेर माग पूरा गर्नुपर्छ । हामी पनि केसीको आन्दोलनमा ऐक्यबद्धता र समर्थन जनाउँदै इटहरीबाट धरानसम्म पैदल यात्रा गरेका हौं,’ विद्यार्थी आकाशकुमार दासले भने, ‘तर, डाक्टर ज्यूहरूले पनि बिरामीको उपचारलाई प्रभावित पार्नुहँुदैन, उहाँहरू काममा फर्कनुपर्छ भन्ने हाम्रो आग्रह हो ।’

विद्यार्थीहरूले आन्दोलनरत जेआरहरूसँग भेट गरिसकेपछि उपकुलपति डा.रौनियारलाई पनि भेटेर यही आग्रह गरेका थिए । प्रतिष्ठानका जेआरहरूले पनि डा.केसीको माग सम्बोधन गर्न र उनको जीवनरक्षाको माग गर्दै विगत ५ दिनदेखि ओपिडी सेवा बहिष्कार गरेका छन् । जसले गर्दा उपचार सेवा प्रभावित छ । सिनियर चिकित्सकको भरमा मात्र सहज रूपमा ओपिडी सेवा चल्न सक्दैन ।

पैदल यात्रामा इटहरीबाट आइपुगेका बादल दाहालले डा.केसीको समर्थनमा सबै भए पनि डाक्टरहरूले उपचार नगरी गाउँबाट आएका बिरामीहरूलाई बिचल्लीमा पार्न नहुने बताए । आन्दोलनरत डाक्टरहरूले भने डा.केसीको मागप्रति सरकारले बेवास्ता गरिरहेको र उनको ज्यानै खतरामा परेकाले मात्र बाध्यताले ओपिडी बहिष्कार गर्नुपरेको प्रष्टीकरण दिएका छन् । गम्भीर खालका बिरामीहरूलाई इमर्जेन्सीमा उपचार भइरहेको पनि प्रतिष्ठानस्थित जुनियर रेसिडेन्ट वेल्फेयर सोसाइटीका उपाध्यक्ष डा.डिबी क्षेत्रीले बताए ।

सत्याग्रहमा बसेका उनले भने, ‘तीन साता बढी भइसक्यो, सरकारले कुनै सुनुवाइ गरेको छैन । डा.केसीको ज्यान जोखिममा छ, त्यसैले बाध्य भएर ओपिडी बहिष्कारसम्मको आन्दोलनमा हामी उत्रनुपरेको हो ।’

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

सिरहाकी एक किशोरीले पंखामा झुन्डिएर आत्महत्या गरिन

राजेन्द्र महतो लहान ।सिरहाको गोलबजार न-पा-४चौहर्बा का एक १९बर्शिय किशोरी ले सोमबार दिउसो सल को पासो लगा

भत्किएको वाल निर्माण यर्थास्रिघ निर्माण गर्न ठेकेदारलाई पत्र

 राेयाण्टर  मण्डल  सिरहा / सुखीपुर नगरपालिका – २ छजना स्थित नवनिर्मित पोखरी वाल १० महिना नबित्दै भत्

सुखीपुर नगरपालिकाको गाडीको ठक्करले साईकल यात्री घाईते

रोयाण्टर मण्डल सिरहा / सुखीपुर नगरपालिकाको गाडीबाट ठक्कर लागेर एक साइकल यात्रीलाई गभिर घाईते भएका छन् ।


सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2019 - Pradeshportal.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६