पाइपलाइनबाट ग्यास वितरणले सार्थकता पाउँदै विराटनगरका ३० घरमा पाइपबाट बायोग्यास वितरण

  • प्रकाशित मितिः श्रावण 8, 2075
  • मधेश स्पेशल
  • 267 पटक पढिएको

विराटनगर/ घर–घरका भान्सामा पाइपलाइन जडान गरेर ग्यास पु¥याउने प्रधानमन्त्री केपी शर्मा ओलीको सपनाले विराटनगरमा सार्थकता पाउने भएको छ ।

विराटनगर–१४ मा रहेको श्रीकृष्ण गौ सेवा सदनमा ३ सय २० घनमिटर क्षमताको बायो ग्यास उत्पादनको काम अन्तिम चरणमा पुगेपछि नेपालमा पाइपलाइनबाट घरको भान्सामा ग्यास पु¥याउने सपनाले सार्थकता पाउने भएको हो ।

ऊर्जा मन्त्रालय अन्तर्गतको वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले गौ सदनमा बायो ग्यास उत्पादनको काम थालेको डेढ वर्षपछि यसको परीक्षण शुरु भएको छ । विश्व बैंकको ८४ लाख रुपैयाँ सहयोग र गौसदनको २० प्रतिशत लगानीमा बायो ग्यास उत्पादन थालिएको थियो । यसमा विराटनगर महानगरपालिकाले समेत ५ लाख रुपैयाँ उपलब्ध गराएको छ । तत्कालीन जिल्ला विकास समितिको जिम्मेवारीमा निर्माण थालिएको बायोग्यास प्लान्टलाई अहिले जिल्ला समन्वय समितिले नियमन गरिरहेको छ ।

जिल्ला समन्वय समिति मोरङका वातावरण ऊर्जा अधिकृत इन्जिनियर ज्ञानेन्द्र सिंहका अनुसार अहिले बायोग्यास उत्पादनको प्रयोग परीक्षण भइरहेको छ । पहिलो चरणमा ३० घरमा पाइपलाइनबाट ग्यास पु¥याइएको छ । दोस्रो चरणमा उत्पादन अवस्था हेरेर १ सय घरसम्म यसको विस्तार गर्ने योजना अनुरूप काम भइरहेको इन्जिनियर सिंहले जनाए ।

५ सय गाईलाई राख्न सकिने श्रीकृष्ण गौ सेवा सदनमा २०४२ सालदेखि बुढा गाई पालिँदै आएको गौ सेवक महिचन्द्र यादवले जनाए । सो गौ सदनमा अहिले २ सय ५० गाई छन् । ती गाईले दैनिक २ हजार केजीसम्म गोब्¥याउँछन् । सो गोबर प्रयोग गरेर बायोग्यास उत्पादन हुनेछ ।

गौ सदन सेवा समितिका सदस्य नन्दु राठीले वार्षिक ६० लाख रुपैयाँ खर्चेर गाईहरूको सेवा गरिँदै आएको बताए । उनले उर्जा उत्पादनसँगै आर्थिक अवस्था मजबुत बन्दै गएपछि गाईहरू थपिने र त्यसले ऊर्जा उत्पादनमा थप सहयोग पुग्ने उल्लेख गरे ।

लोडसेडिङको समस्याले औद्योगिक क्षेत्र आक्रान्त रहँदा डेढ वर्षअघि बायोग्यास उत्पादन गरी २५ केभिएको जेनेरेटरमार्फत् विद्युत उत्पादन गर्ने अवधारणा अगाडि सारिएको थियो । नजिकै रहेको एमएम प्लाष्टिक उद्योगका सञ्चालकसँग विद्युत बिक्री गर्ने सम्झौता भएको थियो । तर, लोडसेडिङ क्रमशः घट्दै गएपछि वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले अवधारणा परिवर्तन गर्दै बायो ग्यास उत्पादन गरी घर–घरमा बिक्री गर्ने योजना अगाडि सारेको इन्जिनियर सिंह बताउँछन् ।

बायोग्यास उत्पादनका लागि गोबर फिडिङ ट्याङ्क, ग्यास उतपादन गर्ने बायोग्यास डोम, ग्यास भण्डारण ट्याङ्क निर्माण भइसकेका छन् । ग्यास भण्डारण ट्याङ्कबाट पाइप जडान गरेर ३० घरमा मिटर जडान गरिसकिएको छ । परीक्षण उत्पादनका क्रममा अहिले ती घरका चुलामा ग्यासमार्फत् आगो बल्न थालेको छ ।

उत्पादित बायोग्यासलााई सिलिण्डरमा राखेर बिक्री गर्न सकिने सम्भाव्यताको समेत परीक्षण भइरहेको इन्जिनियर सिंहले जनाए । सिलिण्डरमा राखेर बिक्री गर्न सक्ने सम्भाव्यताका लागि शनिबार ग्यास भण्डारण ट्याङ्करदेखि पाइप ल्याएर सिलिण्डरमा भर्ने कामको परीक्षण थालिएको छ ।

एक किलोमिटर दुरीसम्म पाइप बिस्तार गरेर त्यो क्षेत्रभित्रका १ सय घरमा बायोग्यास पु¥याउने लक्ष्य राखिएको उक्त परियोजनाको कामले सार्थकता पाएमा नेपालकै लागि यो अभियान नमूना हुने मानिएको छ ।

घरमा बायोग्यासको चुलो राखिसकेका महेन्द्र मोरङ क्याम्पसमा अध्यापनरत भविष्य मिश्रले देशैभर यस्ता कार्यक्रम बनाएर बायोग्यासको सम्भाव्यता अध्ययन जरुरी रहेको जनाए ।

pipe line (1)

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

‘‘ राम बहादुर महतोको सम्झना ’’ अभिभावक खोज्दै सुखीपुरका गरिब दलित

रोयाण्टर मण्डल गजेन्द्र बाबुको पला देखि नै मधेशबादको पक्षमा लडि रहने जिल्लाको मात्रै होईन देशभरकै पार्ट

सुखीपुरमा ट्रक दुर्घटना , सह चालक घाईते

राेयाण्टर मण्डल सुखीपुर (सिरहा) / जिराेमाईलबाट कुशहा आउदै गरेकाे  BR210G913 नम्वरकाे माल बाहक ट्रक  दुर्घटना

स्वर्गिय युवा नेता राम बहादुर महताेकाे श्रद्धाञ्जलीमा बृहत् निःशुल्क स्वास्थ्य शिविर

राेयाण्टर मण्डल सिरहा । गरिब, असाहय बिरामीहरूलाई लक्षित गर्दै सिरहाकाे सुखीपुरमा सुखीपुर बचाउ संघर्ष स


सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2019 - Pradeshportal.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६