विपत सामनाका लागि जुट्दै स्थानीय सरकार

  • प्रकाशित मितिः श्रावण 8, 2075
  • मधेश स्पेशल
  • 86 पटक पढिएको

इनरुवा/ असारको मध्य दिन स्थानीय सरकार प्रमुखलाई विकास निर्माणको चिन्ता भन्दा पनि संघारको सप्तकोशी नदीको चिन्ताले बढ्ता सताएको थियो । सुनसरीको कोशी गाउँपालिकामा बर्सेनी बाढीले सास्ती दिने गरेको छ । स्थानीय सरकार प्रमुख ऐयुुब अन्सारी कार्यकक्षमा विपतसँग जुध्ने योजना बनाइरहेका थिए ।

‘आर्थिक वर्षको अन्त्यतिरको समय भए पनि मेरो ध्यान कोशी बस्तीमा पसिहाले के गर्ने भन्ने कुरातर्फ नै बढी केन्द्रित छ ।’ उनले पूर्वी बजारसँग भने, ‘घरिघरि आइरहने सर्वसाधारणको फोन नउठाइरहन सक्दिनँ ।’

अहिले कोशीमा दिनहुुँ पानीको वहाव उच्च हुँदै जान थालेपछि स्थानीय त्रसित हुन थालेका छन् । अन्सारीका अनुसार गाउँको जिम्मेवार अभिभावक भएको हुँदा दुःखमा उनलाई फोन लगाइरहेका हुन्छन् । कार्यालयमा भेटिएका कोशी गाउँपालिका ३ का मन्सुर अन्सारीले विगतमा माथिल्लो निकायमा गुहार मागे पनि अब भने आँगनको सरकारलाई नै गुनासो पोख्ने बताए ।

उनले गाउँपालिकाको हरिपुर, श्रीपुरजब्दी, पश्चिम कुशाहा र लौकही बढी प्रभावित क्षेत्र रहेको भन्दै सोहीअनुसार तयारीका लागि जुुट्न स्थानीय सरकारलाइ सुुझाव दिएको जानकारी दिए ।

२०६५ भदौ २ गतेको विनाश पुनः दोहोरिने हो कि भन्ने चिन्ताले स्थानीयको मुटु ढक्क फुल्ने गरेको कोशीपीडित संघर्ष समितिका अध्यक्ष पञ्चनारायण मण्डलले जानकारी दिए । गाउँपालिका अध्यक्षसँगै भेटिएका मण्डलले सो समयको उद्धारको अनुुभव गाउँपालिका अध्यक्षसँग बाँडे । उनले सक्दो बाहिरी सहयोग लिने भन्दा पनि बाढी गाउँ पसिहाले स्थानीय साधनलाई कसरी उपयोग गर्न सकिन्छ भन्ने सुझाव दिए ।

गाउँपालिका अध्यक्षले प्रभावित क्षेत्रमा गाडीको ट्युब, लाइफ ज्याकेट, डोरी तथा अन्य उद्धारमा चाहिने सामग्री तयारी अवस्थामा राखेको बताए । अन्सारीका अनुसार कोशी गाउँपालिकामा उद्धार कार्यमा खट्न नेपाल प्रहरी, सशस्त्र तथा नेपाली सेनाको टोली तैनाथ अवस्थामा रहेको छ ।

यता, इनरुवा नगरपालिकाले पनि बाढी तथा डुुबानबाट उत्पन्न हुने समस्याका लागि तैनाथी अपनाएको जनाएको छ । नगर नजिक हुँदै बग्ने सुनसरी खोलाले बर्सेनी नोक्सानी गर्ने नगर प्रमुख राजन मेहताले बताए ।

उनले जिल्ला दैवीप्रकोप उत्पन्न उद्धार समितिलाई समेत सहयोग पुु¥याउन आवश्यक पूर्वाधार सामग्री उपलब्ध गराएको र समस्या आइहालेमा नगरको समिति समेत १० मिनेटभित्र सहयोग गर्न तैनाथ रहेको बताए । ‘हरेक वडामा सहयोगी युवा टोलीलाई तयार पारिएको छ । प्रकोप आइहाले क्षति न्यून होस् भन्ने कुरामा पूर्ण सतर्क छौं,’ मेहताले भने ।

हरिनगरा गाउँपालिकाका प्रमुख गफार अन्सारीले पनि गाउँपालिका डुुबान गर्ने स्थानीय नाला तथा खोलालाई सफा गरी डुुबान हुन नदिने प्रयास गरिरहेको बताए । उनले वर्षाको भेलबाढी गाउँ पसेर दुःख नदियोस् भन्नका लागि आफूले स्थानीय क्षेत्रमा विपत उद्धार समिति बनाएको जानकारी दिए ।

जिल्ला दैवीप्रकोप उद्धार समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी प्रेमप्रकाश उप्रेतीले सुनसरीका स्थानीय सरकारबाट उद्धारका विभिन्न सामग्री किन्न लगाइएको बताए । उनले आफूसँग पर्याप्त बजेट नभएको हुँदा लाइफ ज्याकेट, हेलमेट, डोरी, साबेल, ट्युब, स्टेचर लगायतका सामग्री जिल्ला मातहतमा राखिएको जानकारी दिए ।

सबै स्थानीय तहमा दैवीप्रकोप उद्धार कोष समेत खडा गरेको बताउँदै जहाँ विपत आइपर्छ तत्काल उद्धारका लागि जिल्ला भित्रका सरकार चुस्त दुरुस्त अवस्थामा रहेको उनले जानकारी दिए । ‘हामी जिल्ला तहबाट गर्न सक्ने सम्पूर्ण उद्धारका लागि हदै सम्मको तयारीमा जुुटेका छौँ’, उनले भने, ‘हाम्रो बुताले नभ्याउने समस्या आयो भने राष्ट्रियस्तरबाट सहयोगको पहल गर्नुुपर्छ ।’

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

सिरहाकी एक किशोरीले पंखामा झुन्डिएर आत्महत्या गरिन

राजेन्द्र महतो लहान ।सिरहाको गोलबजार न-पा-४चौहर्बा का एक १९बर्शिय किशोरी ले सोमबार दिउसो सल को पासो लगा

भत्किएको वाल निर्माण यर्थास्रिघ निर्माण गर्न ठेकेदारलाई पत्र

 राेयाण्टर  मण्डल  सिरहा / सुखीपुर नगरपालिका – २ छजना स्थित नवनिर्मित पोखरी वाल १० महिना नबित्दै भत्

सुखीपुर नगरपालिकाको गाडीको ठक्करले साईकल यात्री घाईते

रोयाण्टर मण्डल सिरहा / सुखीपुर नगरपालिकाको गाडीबाट ठक्कर लागेर एक साइकल यात्रीलाई गभिर घाईते भएका छन् ।


सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2019 - Pradeshportal.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६