बिदाको सदुपयोग गर्न फुटबल क्याम्प १८ वर्षसम्मका विद्यार्थीलाई फुटबल प्रशिक्षण

  • प्रकाशित मितिः श्रावण 8, 2075
  • मधेश स्पेशल
  • 91 पटक पढिएको

धरान/ गर्मी बिदामा रहेका विद्यार्थीको समय सदुपयोग गर्ने र फुटबलको आधारभूत ज्ञान पनि दिलाउने उद्देश्यले धरानमा १० दिने फुटबल प्रशिक्षण शुरु भएको छ ।

धरान फुटबल फ्यान क्लबको आयोजनामा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको १ नम्बर मैदानमा रियो समर फुटबल प्रशिक्षण क्याम्प शुरु भएको हो । क्याम्पको उद्घाटन एन्फाका केन्द्रीय मानार्थ वरिष्ठ उपाध्यक्ष किशोर राई, एन्फा महिला संघकी केन्द्रीय अध्यक्ष वृन्दा देवानलगायतले गरे । क्याम्पमा आयोजकले अपेक्षा गरेभन्दा बढी विद्यार्थी सहभागी छन् । ५ वर्षदेखि १८ वर्षसम्मका डेढ सय भन्दा बढी विद्यार्थीहरू सहभागी हुँदा आयोजक पनि दंग छ ।

football camp (1)

आयोजक क्लबका अध्यक्ष अशोक राईका अनुसार क्लबले डेढ सयसम्म विद्यार्थीहरू सहभागी हुने अपेक्षा गरेको थियो । तर, संख्या त्यो भन्दा बढी पुगेको उनले बताए । ‘जर्सी नपुगेर फेरि बनाउन लगाएका छौं । फुटबलप्रतिको धरानेहरूको लगावले हामी फुटबलप्रेमीहरूलाई एकदमै खुशी बनाएको छ,’ उनले भने ।

बिहान ६ बजेदेखि ८ बजेसम्म प्रशिक्षण हुने गरेको छ । प्रशिक्षार्थीहरूलाई उमेर र खेलको स्तर हेरेर ३ समूहमा बाँडेर प्रशिक्षण गराइने संयोजक एवं पूर्व राष्ट्रिय खेलाडी हेम गुरुङले बताए । उनका अनुसार एशियन फुटबल कन्फडेरेसन एएफसीबाट ए स्तरको लाइसेन्स प्राप्त भगवती राना मगर, सि लाइन्सेन्स प्राप्त सुवास केसी, राजन मगरसँगै राष्ट्रिय खेलाडी रोमन लिम्बू, ए डिभिजन क्लब खेलाडीहरू विनय श्रेष्ठ, मनिष घलेलगायतले प्रशिक्षण दिनेछन् ।

सहभागी विद्यार्थीहरूबाट ६ देखि १० वर्षको एउटा समूह, ११ देखि १४ वर्षसम्मको अर्को समूह र १५ देखि १८ वर्षसम्मको अर्को समूह बनाएर प्रशिक्षण गराइएको क्लबका महासचिव रामकृष्ण खड्काले बताए । एन्फा मानार्थ वरिष्ठ उपाध्यक्ष राईले हरेक स्थानीय तहहरूमा यस्तै प्रशिक्षणहरू आयोजना गरेमा नेपाली फुटबलले गति लिने र गन्तव्यमा पनि चाँडै पुग्ने बताए । अबको एक दशकमा नेपाली फुटबल एसियास्तरमा पु¥याउन ग्रास रुटमा प्रशिक्षण र एकेडेमीहरू सञ्चालन हुनुपर्ने उनले बताए । ‘यो एकदमै राम्रो काम हो, यसले नेपाली फुटबललाई गति दिन्छ र गन्तव्यमा पनि लैजान्छ,’ उनले भने, ‘ग्रास रुटबाट धेरै प्रतिभाहरूको खोजी गर्न सक्यौं भने मात्र नेपालको राष्ट्रिय टिम बलियो हुन्छ ।’ उनले हरेक जिल्लामा लिग सञ्चालन गरिनुपर्ने पनि बताए । एन्फाले धरान–१७ स्थित एकेडेमीमा प्रदेशस्तरीय एकेडेमी पुनः सञ्चालन गर्ने तयारी गरेको छ । यो समर क्याम्पले एन्फाको सो अभियानलाई सहयोग पुग्ने क्लबको दाबी छ ।

football camp (3)

क्याम्पमा छात्राहरूको सहभागिता पनि उत्साहजनक छ । आयोजक क्लबले छात्रहरूलाई ६ सय शुल्क लिए पनि छात्राहरूलाई भने निःशुल्क प्रशिक्षणको व्यवस्था गरेको थियो ।

छात्राहरूको सहभागिताबाट खुशी हुँदै अखिल नेपाल महिला फुटबल संघकी केन्द्रीय अध्यक्ष वृन्दा देवानले एन्फाले महिला लिग पनि चाँडै शुरु गर्ने योजना बनाएको बताइन् । ‘यहाँ छात्राहरूको सहभागिता एकदमै राम्रो पाएँ, यो धेरै खुशीको कुरा हो । पक्कै पनि प्रतिभावान खेलाडीहरू उत्पादन हुन्छ भन्ने आशा छ,’ उनले भनिन् । उनले जिल्ला र प्रदेशस्तरमा महिला लिग आयोजना गर्ने बताइन् ।

football camp (2) football camp (4)

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

मधेसमा फेरी जुरमुराउँदै रैथाने परिषद

बिगतमा स्वतन्त्र मधेसको नारा दिएर बिखण्डनकारी गतिविधिमा सक्रिय सीके राउतको स्वतन्त्र मधेस गठबन्धन जनमत

सुखीपुरलाई सुन्दर नगरपालिका बनाउन सर्वपक्षीय छलफल

रोयाण्टर मण्डल सिरहा / सुखीपुर नगरपालिकाले आगामी आर्थिक वर्षको बजेट निर्माणको अन्तिम तयारी थालेको छ । बज

मिर्चैयाको सनलाईट टेलर ग्राहकको अकर्षण बन्दै , २ नम्बर प्रदेशकै नमुना टेलर

मनिषा मण्डलसिरहा । जिल्लाको चल्तीको ब्यपारीक केन्द्र मिर्चैया बजार, सिरहा जिल्लाको उदयपुर, धनुषा र सप्तर


सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2019 - Pradeshportal.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६