चन्द्रनगर गाउँपालिका अध्यक्षको सर्मथनमा किसानको जुलुस

  • प्रकाशित मितिः श्रावण 7, 2075
  • मधेश स्पेशल
  • 140 पटक पढिएको

सर्लाही/ सर्लाहीको चन्द्रनगर गाउँपालिकामा भइरहेको विकासको कार्यलाई विपक्षीहरुले रोक्न खोजेपछि गाउँपालिकाको पक्ष (सर्मथन)मा शनिवार हजारौं किसानले प्रदर्शन गरेका छन् ।

गाउँपालिकामा रहेको ऐलानी जग्गा गाउँपालिका अध्यक्ष महेन्द्र महतोले सबै पार्टी सम्मिलित कमिटि गठन गरेर अमिन समेत टोलीमा राखी ऐलानी जग्गा निकाल्न थालेपछि विपक्षीहरुले केही दिन पहिला बिरोध जुलुस गरेपछि शनिवार हजारौ किसान तथा सर्वसधारणले गाउँपालिका अध्यक्षको पक्षमा प्रदर्शन गरेको हो ।

कृषी सडक निर्माणको क्रममा सड़क छेउबाट माटो सडकमा राखेको विषयमा समेत विपक्षहरुले विरोध गरेपछि सडक छेउमा खेत रहेका किसानहरु स्वयम् गाउँपालिका अध्यक्षको सर्मथनमा जुलुस गरेपछि विपक्षीले उठाएको मुद्धा हराएको किसानहरुले बताएका छन् ।

लामो समयदेखि जनप्रतिनिधि विहिन हुँदाको अवस्थमा बजेट दुरुपयोग गरेका व्यक्तिहरु आज गाउँपालिकामा विकासको गती देखेर तिरमिराएको गाउँपालिका अध्यक्ष महेन्द्र महतोले बताउनुभएको छ ।

किसानहरुले निकालेको जुलुस गाउँपालिकाको परिक्रममा पछि नाढी तालमा आयोजित सभालाई सम्बोधन गर्दै गा पा अध्यक्ष महतोले विकास विरोधी तत्वलाई चुनौती दिदै आफु गाउँको विकासको लागि दिन रात एक गर्ने बताउनुभयो ।

आफुले गाउँपालिकामा लागु गरेको ‘शिक्षित बेटी, बालिक पुतोह’ जस्ता लोकप्रिय कार्यक्रमबाट पनि विपक्षी हतास मानसिकतामा पुगेको उहाँले आरोप लगाउनुभयो ।

हाल सम्म गाउँपालिकाले ४५ विघा ऐलानी जग्गा निकालन सफल भएको र बाँकी एलानी जग्गा पनि निकालिने उहाँले बताउनुभयो ।

विकासको गती रोक्न विभिन्न षडियन्त्र भईरहेको अवस्थमा साउन ३ गतेका दिन मेरो घरमा कुकर बम राखिएको र त्यसबाट आफु बिचलीत नहुने बताउनुभयो ।

सभामा किसानहरुले यस वर्ष गाउँपालिकाले किसानको लागि गरेको काम यस भन्दा पहिले कहिले पनि नभएको किसानहरुले बताएको थियो ।

चन्द्रनगर–२ बबरगंजका अगुवा किसान चेतनारायण महतोको अध्यक्षतामा निकालिएको सर्मथन जुलूसमा उल्लेख्य रुपमा किसानहरुको सहभागीता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

वरिष्ठ बालरोग विशेषज्ञ अग्रवालको निधन

विराटनगर/ वरिष्ठ बालरोग विशेषज्ञ डा. विमल अग्रवालको निधन भएको छ। विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा

प्रथम स्वर्णपदक विजेता यादव मुख्यमंत्रीद्वारा ५ लाख ११ हजारले पुरस्कृत

जनकपुरधाम/ मुख्यमन्त्री लालबाबु राउतले प्रथम स्वर्णपदक विजेता अजित कुमार यादवलाई आज पुरस्कृत गर्नुभएको

बिहेका लागि घर आएका प्रहरी जवान यादबको दुर्घटनामा मृत्यू

बर्दिया/ बर्दियामा मोटरसाइकल दुर्घटना हुँदा प्रहरी जवानको मृत्यु भएको छ । गुलरिया नगरपालिका–१ खैराप


सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2019 - Pradeshportal.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६