शैक्षिक प्रमाणपत्र धितो राखी ५ प्रतिशत ब्याज अनुदानमा ऋण

  • प्रकाशित मितिः असार 30, 2075
  • 308 पटक पढिएको

नेपाल राष्ट्र बैङ्कले बुधवार जारी गरेको मौद्रिक नीतिले शैक्षिक प्रमाणपत्र धितो राखी ५ प्रतिशत ब्याज अनुदानमा ऋण लिन पाउने व्यवस्था गरेको छ । आगामी आर्थिक वर्षका लागि ल्याइएको सरकारको नीति तथा कार्यक्रम र बजेटसमेतले उठान गरेको यो ऋणलाई मौद्रिक नीतिले थप बल प्रदान गरेको छ ।

यसअनुसार उच्च शिक्षा हासिल गरेका युवालाई सरकारले रू. ७ लाखसम्म ऋण उपलब्ध गराउने व्यवस्था गरेको छ । यो ऋण युवालाई व्यवसायमा आकर्षित गर्न दिन लागिएको आर्थिक वर्ष २०७५/७६ को बजेट वक्तव्यमा उल्लेख छ । ‘नवीनतम ज्ञान, शीप र क्षमता भएका उद्यमीलाई व्यवसाय सञ्चालन गर्न शुरुआती पूँजी उपलब्ध गराउन च्यालेञ्ज फण्डको व्यवस्था गरेको छु,’ बजेट वक्तव्यमा भनिएको छ, ‘त्यस्तो कर्जाको अनिवार्य सुरक्षण हुने र व्यवसायको बीमा गर्ने व्यवस्था मिलाइनेछ ।’

मौद्रिक नीतिले आर्थिक रूपमा विपन्न, सीमान्तीकृत समुदाय तथा लक्षित वर्गका विद्यार्थीलाई उच्च र प्राविधिक तथा व्यावसायिक शिक्षा अध्ययनको लागि पनि सोही दरको कर्जा र ब्याज अनुदान उपलब्ध गराउने व्यवस्था गरेको छ । यसका लागि पनि बजेटमै उल्लेख भएको थियो ।

यस व्यवस्थाप्रति विद्यार्थी सङ्गठनहरूले आंशिक खुशी व्यक्त गरेका छन् । आफूहरूको निरन्तरको आन्दोलन तथा विभिन्न निकायमा प्रस्तुत गरिएको मागको प्रतिफलस्वरूप यो व्यवस्था लागू भएको अनेरास्ववियुका केन्द्रीय उपाध्यक्ष महेश बर्तौलाले बताए । तर, यसले आफ्नो मागलाई आंशिक रूपमा मात्रै सम्बोधन गरेको उनको टिप्पणी छ । ‘हाम्रो माग पूरै निर्ब्याजी गरिनुपर्छ भन्ने थियो, त्यो भएन,’ उनले भने, ‘जति भनिएको छ, त्यो व्यवस्थित रूपले कार्यान्वयन होस् ।’ यसले शिक्षित युवालाई आत्मनिर्भर बनाउन सहयोग पुर्‍याउने धारणा उनले राखे ।

नेविसङ्घका अध्यक्ष नैनसिंह महरले यो सहयोग अपर्याप्त रहेको प्रतिक्रिया दिए । ‘कक्षा १२ कटेको विद्यार्थीले त्यसभन्दा माथिका तह तथा विषयअनुसारका शिक्षा लिन आवश्यक पर्नेजति रकम पाउनुपर्थ्यो,’ उनले भने ।

स्राेतः अार्थिकअभियान

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

सिरहाकी एक किशोरीले पंखामा झुन्डिएर आत्महत्या गरिन

राजेन्द्र महतो लहान ।सिरहाको गोलबजार न-पा-४चौहर्बा का एक १९बर्शिय किशोरी ले सोमबार दिउसो सल को पासो लगा

भत्किएको वाल निर्माण यर्थास्रिघ निर्माण गर्न ठेकेदारलाई पत्र

 राेयाण्टर  मण्डल  सिरहा / सुखीपुर नगरपालिका – २ छजना स्थित नवनिर्मित पोखरी वाल १० महिना नबित्दै भत्

सुखीपुर नगरपालिकाको गाडीको ठक्करले साईकल यात्री घाईते

रोयाण्टर मण्डल सिरहा / सुखीपुर नगरपालिकाको गाडीबाट ठक्कर लागेर एक साइकल यात्रीलाई गभिर घाईते भएका छन् ।


सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2019 - Pradeshportal.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६