सप्तरीमा ५६ करोडको आँपको कारोबार

  • प्रकाशित मितिः असार 27, 2075
  • दिनेश शर्मा
  • 352 पटक पढिएको

राजविराज/ सप्तरीमा यस वर्ष ५६ करोडको आँपको कारोबार भएको छ ।

जिल्ला कृषि विकास कार्यालयको तथ्यांक अनुसार जिल्लामा कुल २८ हजार मेट्रिक टन आँप उत्पादन भएको थियो । प्रतिकेजी सरदर २० रुपैयाँका दरले करिब ५६ करोडको आँपको कारोबार भएको कार्यालय प्रमुख भागिरथ यादवले बताए ।

बढी आँप उत्पादन भएको र सहज तथा व्यवस्थित वजार नहुँदा आँपको भाउ सस्तो भएको उनले बताए । अघिल्ला वर्षमा सरदर ५०÷६० रुपैयाँ केजीमा बिक्री हुने आँप यस वर्ष १५ रुपैयाँ केजीसम्म बिक्री गर्नुपर्दा किसानलाई मार परेको उनले बताए ।

‘आँप पाकिसकेपछि कुहिएर जाने भएकाले बेच्नैपर्ने बाध्यता भयो’, उनले भने, ‘जताततै आँप भएपछि बजार भाउ कमजोर हुँदा कृषकलाई मर्का प¥यो ।’ सरकारी स्तरबाट आँपको बजार व्यवस्थापनका लागि खासै प्रकृया अघि नबढेको र आँप प्रशोधन गर्ने उद्योग पनि नभएकाले हरेक वर्ष आँप उत्पादक किसान समस्यामा पर्ने गरेको उनले बताए ।

सप्तरीमा ७ हजार हेक्टर क्षेत्रफलमा आँप खेती गरिएकोमा ५ हजार हेक्टरमा मात्रै आँपको फल लागेको थियो । जेठ महिनामा आएको असिना र हावाहुरीका कारण कञ्चनरूप तथा सप्तकोशी नगरपालिकामा क्षति हुँदा सरदर ३ हजार ५ सय हेक्टरमा मात्रै आँप उत्पादन भएको कार्यालयले जनाएको छ ।

१ अर्ब ४८ करोड ६४ लाख रुपैयाँ बराबरको आँप उत्पादन हुने अनुमान गरिए पनि विभिन्न कारणले उत्पादन क्षेत्रफल घटेकाले अपेक्षाअनुसार कारोबार नभएको प्रमुख यादवको भनाइ छ । गत वर्ष ७ हजार हेक्टर आँपको बगैंचामा २० हजार टन मात्र आँप उत्पादन भएको थियो ।

कञ्चनरूपदेखि बलानसम्मको पूर्व–पश्चिम राजमार्ग आसपासमा बढी आँप खेती हुने गरेको छ । श्रीपुर, मधुपट्टी, मलहनिया, हरिहरपुर, प्रसवनी, शम्भुनाथ, वकधुवा, महुली, जण्डोल, मैनाकडेरी, रूपनगर लगायतका स्थान आँपको पकेट क्षेत्र मानिन्छन् ।

सप्तरीमा मालदह, बम्बई, दशहरी, कलकतिया, आम्रपाली, नेगडा, बिजु, सरही, किसुनभोग जातका आँपको खेती हुने गरेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

कालोपट्टी बाँधेर स्थानीय तहको कर्मचारीहरुले गरे कामकाज ठप्प

सुखीपुर समाचारदातासुखीपुर (सिरहा) / स्थानीय तहका कर्मचारीहरुले ‘कर्मचारी समायोजन अध्यादेश’को विरोधम

अध्यादेशविरुद्ध कर्मचारीहरुले आफनै कार्यालयको मुलगेटमा धर्ना

रोयाण्टर मण्डल सुखीपुर (सिरहा) / सरकारले हालै जारी गरेको कर्मचारी समायोजन अध्यादेशविरुद्ध स्थानीय तह कर्

मिशन मधेशमा कसिसले सुपर छवी प्रस्तुत गर्दैछीन्

लहान,  । विगतमा भएको शोषण दमन र मधेश आन्दोलनलाई समेटिएर चित्रण गर्दै निर्माणमा रहेको मिशन मधेशको फाइट र क

Madhesh Special
Facebook Group · 141 members
Join Group
 

सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2018 - Pradeshportal.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६