२४ परिवारको त्रिपालमुनि बास

  • प्रकाशित मितिः असार 27, 2075
  • उत्तम पोख्रेल
  • 506 पटक पढिएको

बेलबारी/ रतुवामाई नगरपालिका ३ महादेवा पिडारी चोक नजिकै रहेको प्रति टोलका २४ घर परिवार भोक न निद्राको अवस्थामा पुगेका छन । बाढीका कारण उनीहरू विस्थापित भएका हुन् ।

केही दिन अघि आएको बाढीका कारण रतुवा खोलाले धार परिवर्तन गरेपछि विस्थापित भएका उनीहरू सडक किनारामा रहेको खाली जग्गा भाडामा लिएर बस्न थालेका छन् । पीडितका अनुसार नगरपालिकालाई स्थानीयको हस्ताक्षरसहित चैत महिनामा सो खोलामा तटबन्धका लागि लिखित पत्र दिइएको थियो ।

बाढीका कारण स्थानीय गणेशलाल दासको २ बिघा खेतीयोग्य जमिन बगरमा परिणत भएको छ । सो खेतमा तरकारी खेती गरेर उनी परिवार चलाउँदै आएका थिए । त्यसैगरी गोविन्द सिंहले लगाएको १ बिघा क्षेत्रफलको सनपाट खेती र मुङ खेती खोलाले बगाएको छ ।

बाढीपीडित भएको थाहा पाएपछि भुजा, चिउरा, लिएर राहत बाँड्न भन्दै आउनेहरूले खोलाको व्यवस्थापन गर्ने बारेमा भने नसोचेको पीडितको भनाइ छ । ४५ वर्षीया चन्द्रादेवी दास पनि उत्तिकै पीडित छिन् ।

पीडितहरू अहिले खुला आकाशमुनि त्रिपालको सहारामा बसिरहेका छन । बालबालिकाहरूलाई अझै बढी समस्या रहेको देख्न सकिन्छ । दिनभर त जसोतसो गरेर बिताए पनि गर्मीका कारण खेत र सडकको किनारमा रात बिताउनुपर्ने पीडितको बाध्यता रहेको छ । खुला ठाउँमा शौच गर्दा झाडापखालाको प्रकोप फैलिने समेत उत्तिकै भय छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

कालोपट्टी बाँधेर स्थानीय तहको कर्मचारीहरुले गरे कामकाज ठप्प

सुखीपुर समाचारदातासुखीपुर (सिरहा) / स्थानीय तहका कर्मचारीहरुले ‘कर्मचारी समायोजन अध्यादेश’को विरोधम

अध्यादेशविरुद्ध कर्मचारीहरुले आफनै कार्यालयको मुलगेटमा धर्ना

रोयाण्टर मण्डल सुखीपुर (सिरहा) / सरकारले हालै जारी गरेको कर्मचारी समायोजन अध्यादेशविरुद्ध स्थानीय तह कर्

मिशन मधेशमा कसिसले सुपर छवी प्रस्तुत गर्दैछीन्

लहान,  । विगतमा भएको शोषण दमन र मधेश आन्दोलनलाई समेटिएर चित्रण गर्दै निर्माणमा रहेको मिशन मधेशको फाइट र क

Madhesh Special
Facebook Group · 141 members
Join Group
 

सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2018 - Pradeshportal.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६