२ महिनामा चोरीमा संलग्न ४४ पक्राउ

  • प्रकाशित मितिः असार 27, 2075
  • मधेश स्पेशल
  • 168 पटक पढिएको

इटहरी/ इटहरी प्रहरीले २ महिनाको अवधिमा चोरीमा संलग्न ४४ जना व्यक्तिलाई पक्राउ गरेको जनाएको छ ।

मंगलबार इलाका प्रहरी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा जनाइए अनुसार पक्राउमध्ये १५ जनाविरुद्ध चोरी मुद्दा दर्ता गरिएको छ । इलाका प्रहरी कार्यालय इटहरीका प्रमुख शिवनारायण श्रेष्ठका अनुसार मुद्दा दर्ता भएकामध्ये १ जना फरार छन् । १५ जनामध्ये ५ जनालाई अदालतमा पेश गरिसकिएको छ ।

२४ जना विरुद्ध उजुरी नै नपरेको तथा ५ जना सडक बालकलाई अनुसन्धानपछि छाडिसकिएको श्रेष्ठले बताए । ‘२४ जना चोरविरुद्ध उजुरी नै परेको छैन । त्यस्तै ५ जना सडक बालक भएकाले उनीहरूलाई सम्झाइबुझाइ छाडिसकिएको छ’, श्रेष्ठले भने, ‘१० वर्ष भन्दा कम उमेरका बालबालिकालाई मुद्दा चलाउन पाइँदैन ।’

प्रहरीले पक्राउ परेका व्यक्तिको साथबाट नगद ८४ हजार ३ सय रुपैयाँ, एउटा ल्यापटप, एउटा डिजिटल क्यामरा र १४ वटा मोबाइल बरामद गरेको जनाएको छ ।

त्यस्तै, एउटा मोटरसाइकल, दुई वटा साइकल र चस्मा तथा घडी १÷१ वाट बरामद गरेको श्रेष्ठले जानकारी दिए ।

बरामद भएका १० वटा सामानको सम्बन्धित व्यक्ति फेला नपरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार ८ वटा मोबाइल, एउटा ल्यापटप र एउटा क्यामराको सम्बन्धित धनी पत्ता लाग्न नसकेका हुन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

शिक्षा सेवामा सोधिने सम्भावित प्रश्नहरुको संगालो

 डि.एन. यादबशैक्षिक जनशक्ति तालिम निति कहिले बनेको हो ?– २०६२माध्यमिक शिक्षा पाठ्यक्रम ढाचा २०६४ अनुसा

सबैजसो क्षेत्र राजनीतिबाट प्रभावित

सुरेन्द्र साहठूलो भएपछि के बन्छौ ?श्र कसैले सोध्यो भने धेरैको जवाफ हुन्छ , डाक्टर, इन्जिनियर, पायलट समाजसे

सुखीपुरकी सानुमैयाको गीत सुनेर सबैको मन मोहित

    1 मोहे रंग दो लाल मोहे रंग दो लाल नंद के लाल लाल छेड़ो नहीं बस रंग दो लाल मोहे रंग दो लालदेखूं

Madhesh Special
Facebook Group · 141 members
Join Group
 

सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2018 - Pradeshportal.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६