मेसिनबाट धान खेती लागत आधाभन्दा कम

  • प्रकाशित मितिः असार 26, 2075
  • उत्तम पोख्रेल
  • 996 पटक पढिएको

बेलबारी/ बेलबारी–९ का किसान यतिबेला मेसिनबाट धान रोप्न थालेका छन् । नेपाल कृषि कम्पनीले कृषिमा आधुनिकीकरण गर्ने अभियान अन्तर्गत किसानलाई मेसिन उपलब्ध गराइएको हो ।

थोरै खर्चमा धान रोप्ने, गोड्ने र काट्ने काम हुने भएपछि किसानले मेसिनको प्रयोग गर्न थालेका छन् । १५ दिनको धानको बेर्ना मेसिनबाट रोप्दा किसानले एक बिघामा १ सय ५० मनसम्म आम्दानी गर्ने गरेको कृषि कम्पनी निर्देशक वीरेन्द्रबहादुर बस्नेतले बताए ।

ट्रेमा बेर्ना उत्पादन गर्ने प्रविधि सञ्चालन गर्दा ब्याडमा बीउ राख्दाभन्दा महँगो परेपछि नेपाल कृषि कम्पनीले ब्याडमै प्लास्टिक बिछ्याएर बेर्ना तयार गरिदिन थालेको निर्देशक बस्नेतले बताए । यसबाट ८० प्रतिशत लागत घट्ने समेत उनले दाबी गरे । किसानको समूह बनाई एकैपटक एक हजार बिघा जमिनमा खेती गर्ने योजना रहेको बस्नेतले बताए । बेलबारी नगरपालिकाको समन्वयमा आधुनिक खेती गर्ने योजना बनाएकोे उनले बताए ।

बेलबारी नगरपालिकाका प्रमुख ज्ञानेन्द्र सुवेदी, प्रमुख प्रशासकीय अधिकृत गणेशप्रसाद दाहाल तथा वडाध्यक्षसँग छलफल गरिसकेको उनले बताए । धान, मकै रोप्ने, गोड्ने र काट्ने मेसिन खरिद गरिसकिएको कृषि कम्पनीले जनाएको छ । एक बिघा जमिनमा सामान्यतः धान रोप्दा २० हल गोरु र ३० जना रोपाहार लाग्छ । तर मेसिनबाट धान रोप्दा २२ हजार रुपैयाँ खर्च हुन्छ । धान रोप्नेमात्र होइन गोड्ने, खेतमै काटेर दानामात्र घर लान मिल्ने हार्बेस्टर मेसिनसमेत कम्पनीले ल्याएको जनाएको छ ।

नेपाल कृषि कम्पनीले सुनसरी, मोरङ, झापा र मकवानपुरमा परीक्षणका रूपमा काम गरिरहेको जनाएको छ । युवा जनशक्ति विदेशतिर पलायन भइरहेको अवस्थामा कम्पनीले सामुहिक खेतीलाई पहिलो प्राथमिकता दिएको कृषि कम्पनीका कार्यक्रम प्रबन्धक डा. विवेकानन्द झाले बताए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

कालोपट्टी बाँधेर स्थानीय तहको कर्मचारीहरुले गरे कामकाज ठप्प

सुखीपुर समाचारदातासुखीपुर (सिरहा) / स्थानीय तहका कर्मचारीहरुले ‘कर्मचारी समायोजन अध्यादेश’को विरोधम

अध्यादेशविरुद्ध कर्मचारीहरुले आफनै कार्यालयको मुलगेटमा धर्ना

रोयाण्टर मण्डल सुखीपुर (सिरहा) / सरकारले हालै जारी गरेको कर्मचारी समायोजन अध्यादेशविरुद्ध स्थानीय तह कर्

मिशन मधेशमा कसिसले सुपर छवी प्रस्तुत गर्दैछीन्

लहान,  । विगतमा भएको शोषण दमन र मधेश आन्दोलनलाई समेटिएर चित्रण गर्दै निर्माणमा रहेको मिशन मधेशको फाइट र क

Madhesh Special
Facebook Group · 141 members
Join Group
 

सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2018 - Pradeshportal.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६