सिरहाको नवराजपुर गाउँपालिकामा विकास निर्माणको अवस्था बारेमा अनुगमन

  • प्रकाशित मितिः असार 24, 2075
  • 330 पटक पढिएको
  • रोयाण्टर मण्डल

रोयाण्टर मण्डल
सिरहा / सिरहाको नवराजपुर गाउँपालिाकामा विकास निर्माणको अवस्था बारेमा अनुगमन सम्पन्न भएको छ । शनिवार गाउपालिकाको ५ वटै वडामा सञ्चालनमा रहेका योजनाको स्थलगत अनुगमन गरिएको हो ।

गाउँ पालिकाका अध्यक्ष विश्व मोहन यादबको अध्यक्षता तथा सबै दलका पार्टी प्रतिनिधि , गाउँ पालिकाका जनप्रतिनिधिहरु , राजनीतिक दलका प्रमुख एवं प्रतिनिधि , पत्रकार , विभिन्न गैरसरकारी संःथाका प्रतिनिधिहरु , कर्मचारी ,सुरक्षाकर्मी लगायतको उपस्थितिमा गाउँपालिकाले सेवा प्रवाहको अवस्था, वर्तमान स्थिति, सेवा प्रवाहका प्रावधानहरु, सेवाको गुणस्तर एवं समस्याहरुको बारेमा आम सर्वसाधारण एवं अन्य सरोकारवालाहरुलाई जानकारी गराई आगामी आ.व. २०७५/७६ को नीति तथा कार्यक्रम, एवं बजेट निर्माणको विषयमा छलफल गरि सुझाव प्राप्त गर्ने उद्देश्यका साथ कर्यालयले गरेको सेवाप्रवाह तथा विकास निर्माणका अवस्था बारेमा अनुगमन गरिएको छ ।

अनुगमनका क्रममा कृषि सडक, विद्युतिकरण , धार्मिक स्थल , निर्माण काय निर्माणाधीन वडा कार्यालय हालको गाउँपालिकाको अस्थाई कार्यालय लगायत ठाउँहरुको अवलोकन तथा अनुगमन गरेको नवराजपुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ललन कुमार यादवले भन्नुभयो ।
उहाँका अनुसार गाउँपालिकाले सबै वडाहरुबाट ब्यक्तिगत घटना दर्ता लगाएतका प्रशासनिक कामकारबाही कति वडामा अनलाईन बाट सन्चालन भई सकेको र बाकी वडा कार्यालय साउनको पहिलो हप्ताबाट शुरु हुनेछन् । प्रत्येक गाउँपालिकाका सामुदायिक स्कुलमा शिक्षकहरुका लागि ई हाजरी यन्त्र , विद्यार्थीहरुका लागि शैक्षिक सामग्री, विद्यालयमा फनिर्चर , किसानहरुका लागि कृषि सडक र गाउँ देखि खेत सम्म विद्युतिकरण , लक्षित समुदायका लागि सीपमूलक तालिम र अभिमुखीकरण तालिम र सिमा क्षेत्रका विभिन्न कार्यक्रमहरु संचालन आएको छ ।
आफु प्रशासनको प्रमुख भएता पनि जनप्रतिनिधीहरुले प्रशासनको काममा समेत दखल दिन थालेपछि केही विकाशे कार्यहरु समयमा नगर्न नसकेकोले दुख लागेको छ । नवराजपुर गाउँपालिका नमुना बनाउन सोचमा थियौ तर केही कारण बस सम्पूर्ण वजेट खर्च गर्न सकेका छैनौ । अब हुने आ.व. २०७५/७६ को गाउँ सभाबाट ठोस पक्की सडक लगायतका महत्वपूर्ण योजना पास गराउने प्रमुख प्रशासकीय अधिकृत यादवले बताउनुभयो ।

Image may contain: one or more people, people sitting and indoor

 

प्रतिक्रिया दिनुहोस


Copyright © 2017 - Madheshspecial.com All rights reserved