प्रादेशिक राजधानी धरान हुनुपर्ने माग राख्दै रिले अनसन सुरु

  • प्रकाशित मितिः पुष 10, 2074
  • मधेश स्पेशल
  • 236 पटक पढिएको

पुष, १०, २०७४ / धरान: प्रदेश नं. १ को राजधानी आफैंले माग गरेको स्थान बनाउन तानातान भैरहेको बेला सुनसरीको धरानमा भने रिले अनसन सुरु भएको छ ।

प्रादेशिक राजधानी धरान नै उपयुक्त छ भनेर आधारसहित ‘प्रदेशको राजधानी बनाऊ’ अभियानमा जुटेका यहाँका राजनीतिक पार्टी, सामाजिक संघ सस्था र नागरिक समाजलगायतले आन्दोलनलाई नयाँ स्वरुप दिएर रिले अनसन सुरु गरेका हुन् ।

बन्द, हड्ताललगायतका कार्यक्रम भइरहँदा धरानमा भने धरानलाई नै प्रदेश नं. १ को राजधानी बनाउनु पर्ने भन्दै शान्तिपूर्ण रिले अनसन शुरु गरिएको हो । १ नं. प्रदेशको राजधानी धरान बनाऊ स्वतन्त्र समिति गठन गरी विगतदेखि नै शान्तिपूर्ण आन्दोलन गर्दै आएको समितिले कसैलाई कुनै असर नपरोस भन्ने मूल अभिप्रायले धरानको भानुचौकमा रहेको घण्टाघर छेउमा पाल टाँगेर शान्तिपूर्ण रिले अनसन शुरु गरेको जनाएको छ ।

समितिलाई धरानका राजनीतिक दल, नागरिक समाज, धरानका सर्वसाधारण जनताले स्वस्फूर्त साथ दिएका छन् । प्रदेशको राजधानी बन्न धरान हावापानी, भौगोलिक अवस्था, पहाड तथा तराईको संगम स्थल, पर्यटकीय स्थल, भौतिक संरचनालगायत हरेक दृष्टिले सुविधा सम्पन्न स्थान भएकाले पनि प्रदेशको राजधानी धरानै उपयुक्त भएको शान्तिपूर्ण आन्दोलनमा उत्रिएका एक नं. प्रदेशको राजधानी धरान बनाउ स्वतन्त्र समितिका अध्यक्ष अइन्द्रविक्रम बेघाले बताए ।

“बन्द, हड्ताल, नारा जुलुसर गरेर गरिएको आन्दोलनले अन्ततः सर्वसाधारण नै मारमा पर्ने भएकाले धरानले भने शान्तिपूर्ण रिले अनसनबाट राज्यलाई दबाब दिने उद्देश्यले रिले अनशन शुरु गरेको हो ।” उनले भने ।

अनसनमा धरानका विभिन्न संघ संस्थाका प्रतिनिधि, नगारिक समाजका प्रतिनिधि, सर्वसाधारणले साथ दिएका छन् । शान्तिपूर्ण आन्दोलनको राम्रो सन्देश प्रवाह अन्य क्षेत्रमा परोस् र प्रदेशको राजधानी माग गर्दैै आन्दोलनमा उत्रिएका अन्य स्थानका संघर्ष समितिले पनि यसको अनुकरण गरेर जाऊन् भन्ने सन्देश दिनकै लागि पनि शान्तिपूर्ण रिले अनसन गरिएको समितिका सचिव श्याम पोख्रेलले बताए ।

धरान उप–महानगरपालिका भएर मात्रै होइन, ऐतिहासीक शहर भएका कारण पनि धरानलाई प्रदेशको राजधानी बनाउनु पर्ने धरान बासिन्दाको माग छ । धरानको विजयपुर लिम्बुवानको राजधानी भएको र अहिले पनि यही ऐतिहासिकताको आधारमा धरानलाई प्रदेश नम्बर १ को राजधानी बनाइनु पर्ने माग राख्दै धरान बासिन्दाहरुले सरकारलाई ध्यानाकार्षण गराउँदै आएका छन् ।

धरान उपमहानगर, यहाँका राजनीतिक दलहरुले धरान–८ को सभागृहलाई प्रदेश सचिवालयको सचिवालय र सभाहललाई उपयुक्त स्थान रहने दाबी गरेको छ । अध्ययन टोलीको प्रतिवेदन अनुसार बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको परिसरभित्र रहेको निर्वाणा कन्ट्री क्लबको भवन सभामुख र उपसभामुखको कार्यालयसहित मन्त्रीको कार्यालय राख्न उपयुक्त हुने भन्दै प्रतिवेदन बुझाइ सकेको छ ।

मन्त्रीहरूको कार्यालय राख्नको लागि भने नेपाल टेलिकम, मालपोत तथा नापी कार्यालयको भवन, क्षेत्रीय हावापानी कार्यालय, पब्लिक भवन, पुरानो बजारमा रहेको अस्पताल अध्यापनको लागि तयार पारिएको भवनलगायत अन्य ण्विकल्पसहितको स्थानका पहिचान गरी सरकारलाई प्रतिवेदन बुझाइसकेको छ ।

प्रदेश १ को मन्त्रीस्तरीय पहिलो बैठक बस्न पनि धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको पुनःस्थापना केन्द्र उपयुक्त हुने बताइएको छ । अध्ययन टोलीका सदस्य एवम् माओवादी केन्द्रका चोत्लु्ङले पुनःस्थापना केन्द्रको परियोजना समय अवधि सकिन लागेकाले पनि सो भवनलाई प्रयोग गर्न सकिने बताए । प्रदेशको राजधानी धरान, इटहरी, विराटनगर र धनकुटाले दाबी गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

नेपाली कांग्रेस क्षेत्र नम्बर २ सिरहाका समितिले मनाए विपी स्मृती दिवस

रोयाण्टर मण्डलसुखीपुर (सिरहा) / नेपाली कांग्रेस  क्षेत्र नम्बर २ सिरहाका समितिले ३७ औं विपी स्मृती दिव

सुखीपुरका व्यवसायीहरु पनि भीसीटीएसको बिरोधमा उत्रिए

रोयाण्टर मण्डलसुखीपुर (सिरहा) / सरकारले ल्याएको ऐन, नियम र कानून तथा प्रावधानहरु अव्यवहारिक भएको भन्दै सिर

बरियारपट्टी गाउँपालिकाको बजेट ४१ करोड ३४ लाख

रोयाण्टर मण्डल / कृष्ण मोहन चौधरी / हरिपति लाल कर्ण / विपी भुवन  सुखीपुर (सिरहा) /   ‘कृषि , शिक्षा, पु


सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2019 - Pradeshportal.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६