इटहरीको बजेटमा झण्डै १४ करोड थप संशोधनसहित बजेट पारित

  • प्रकाशित मितिः असार 22, 2075
  • मधेश स्पेशल
  • 86 पटक पढिएको

इटहरी/ इटहरी उपमहानगरपालिकाले आगामी आर्थिक वर्षका लागि १ अर्ब ५० करोड ८९ लाख ४ हजार रुपैयाँको संशोधित बजेट पारित गरेको छ । उपमहानगरको तेस्रो नगरसभाबाट सो बजेट पारित भएको हो । यसअघि असार १० गते नगरले १ अर्ब ३७ करोड १० लाख ५८ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको थियो ।

बजेट सार्वजनिक भएपछि पनि संघ र प्रदेशबाट अनुदान थपिएपछि बजेटको आकार १३ करोड ७८ लाख रुपैयाँभन्दा बढीले बढेको हो । जसमध्ये चालु खर्चतर्फ २० दशमलव २८ प्रतिशत, पूँजीगत खर्चतर्फ ७९ दशमलव ३४ प्रतिशत र वित्तीय व्यवस्थापनतर्फ ० दशमलव ५ प्रतिशत विनियोजन भएको बिहीबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा उपमेयर लक्ष्मी गौतमले बताइन् ।

औपचारिक रूपमा १ महिना लोकतान्त्रिक पद्धतिको अभ्यास गरी बजेट ल्याइएको गौतमले बताइन् । १० गते बजेट प्रस्तुत भए पनि ११ गते संघ र प्रदेश सरकारबाट केही रकम थप आउने जानकारी आएपछि असार १८ र २० गते बसेको कार्यपालिकाको बैठकले संशोधित बजेट पास गरेको उनको भनाइ छ ।

बजेट विनियोजन हुँदा वडा नम्बर १० लाई कम बजेट विनियोजन गरिएको भनी वडाध्यक्षले सामाजिक सञ्जालमार्फत् विरोध गरेको विषयमा जिज्ञासा राख्दा गौतमले त्यसको समाधान भइसकेको बताइन् । ‘हतारमा बजेट विनियोजन गर्दा सो वडालाई मार्का परेको रहेछ,’ गौतमले भनिन्, ‘तर, अहिले सो वडालाई बजेट बढेर गएको छ ।’

जनसंख्याको आधारमा बजेट विनियोजन
गौतमका अनुसार नगरले जनसंख्याको आधारमा वडास्तरीय बजेट विनियोजन गरेको छ । यसरी विनियोजन गर्दा न्यूनतम ६५ लाखदेखि अधिकतम १ करोड रुपैयाँसम्म वडास्तरीय योजनामार्फत् बजेट विनियोजन भएको उनले बताइन् । वडा नम्बर २, ४, ५ र २० लाई बढी बजेट विनियोजन गरेको उनको भनाइ थियो ।

नगरस्तरीय योजना भने महत्वका आधारमा वर्गीकरण गरी बजेट छुट्याइएको उनको भनाइ छ । नगरस्तरीय योजनामा छुट्टिएको बजेट सो वडाको लागि मात्रै महत्वपूर्ण नभई नगरकै लागि र कतिपय अवस्थामा प्रदेशकै लागि महत्वपूर्ण हुने हुनाले यसमा योजनाको प्रकृति अनुसार बजेट विनियोजन गरिएको उनले बताइन् । विशेष गरी नगरका गौरवका आयोजनामा यस्तो बजेट विनियोजन गरेको उनले जनाइन् ।

के के छन् गौरवका योजना
इटहरीलाई नसुत्ने शहर बनाउन नमूना रात्रिबजार सञ्चालन, जनता पार्क निर्माण, बहुजातीय संग्रहालय निर्माण, औद्योगिक ग्राम स्थापना, सार्वजनिक शौचालय निर्माण, तालतलैयाको स्तरोन्नति लगायतका योजना गौरवका योजनाअन्तर्गत रहेका र त्यसका लागि नगरस्तरीय बजेटमार्फत् खर्च हुने गरी रकम विनियोजन गरिएको उनले बताइन् ।

थप योजना
इटहरीलाई हरित नगरी बनाउने नगरको योजना रहेको र त्यसअनुसार हरेक नवजात शिशुको न्वारानको दिन बिरुवा रोप्ने अभियान सञ्चालन गरिने बताइएको छ । सडक पिच गरेपछि अन्तिम भुक्तानी दिँदा सडकको दुवैतर्फ बिरुवा रोपेका सडकका उपभोक्ता समितिलाई मात्रै रकम दिने, घर निर्माण सम्पन्नको प्रमाण दिनुपर्दा पनि २ वटा बिरुवा रोपेको प्रमाणपछि मात्रै दिने नीति पनि नगरले लिएको गौतमले जनाइन् । इटहरीका विपन्न सुत्केरीका लागि थप १ हजार रुपैयाँ उपलब्ध गराउने योजना रहेको पनि उनले खुलाइन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

शिक्षा सेवामा सोधिने सम्भावित प्रश्नहरुको संगालो

 डि.एन. यादबशैक्षिक जनशक्ति तालिम निति कहिले बनेको हो ?– २०६२माध्यमिक शिक्षा पाठ्यक्रम ढाचा २०६४ अनुसा

सबैजसो क्षेत्र राजनीतिबाट प्रभावित

सुरेन्द्र साहठूलो भएपछि के बन्छौ ?श्र कसैले सोध्यो भने धेरैको जवाफ हुन्छ , डाक्टर, इन्जिनियर, पायलट समाजसे

सुखीपुरकी सानुमैयाको गीत सुनेर सबैको मन मोहित

    1 मोहे रंग दो लाल मोहे रंग दो लाल नंद के लाल लाल छेड़ो नहीं बस रंग दो लाल मोहे रंग दो लालदेखूं

Madhesh Special
Facebook Group · 141 members
Join Group
 

सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2018 - Pradeshportal.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६