अवैध चुरोट र गोरु नियन्त्रणमा

  • प्रकाशित मितिः असार 21, 2075
  • मधेश स्पेशल
  • 102 पटक पढिएको

मंगलबारे, इलाम/ नेपालबाट कर छली गरेर अवैधरुपमा भारत निकासी गर्न लागिएको अवस्थामा १२ कार्टुन चुरोट बुधबार बरामद गरिएको छ ।

इलाम सूर्योदय नगरपालिका–२ स्थित टाँसी गाउँबाट इलाका प्रहरी कार्यालय पशुपतिनगरले चुरोट बरामद गरेको हो । नियन्त्रण गरिएको चुरोट आवश्यक कारबाहीका लागि भन्सार कार्यालय, पशुपतिनगर इलाममा बुझाइएको जिल्ला प्रहरी कार्यालय, इलामले जानकारी दिएको छ ।

त्यस्तै, गत असार १८ गते राति १० बजे सूर्योदय नगरपालिका–३ बौद्धधामस्थित कच्ची सडकखण्डबाट चारवटा पिकअप गाडीमा लोड गरिएका २६ वटा गोरुसमेत नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

अवैधरुपमा भारततर्फ निकासी गर्दै गरेको अवस्थामा इलाका प्रहरी कार्यालय पशुपतिनगरको प्रहरी गस्ती टोलीले गोरु फेला पारेपछि नियन्त्रणमा लिएको थियो । नियन्त्रणमा लिइएका गोरुसमेत आवश्यक कारबाहीका लागि भन्सार कार्यालय, पशुपतिनगरमा बुझाइएको छ । इलामको पशुपतिनगर भारतसंगको सीमावर्ती क्षेत्र हो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

गरिब दलित बिरामीको उपचार गर्न तलबबाट महिनाकाे ५ हजार दिने: नगर प्रमुख पासमान

सराेज कुमार पासमान कर्जन्हा। सिरहाकाे कर्जन्हामा रहेकाे फु.कु.म.मे. हस्पिटलमा आजबाट आमा तथा नवजात शिशु सु

कमजोर वर्गको अधिकारबारे चर्चा

काठमाडौं । पिछड़ा वर्गका पूर्व का़वा अध्यक्ष एवं केन्द्रीय सल्लाहकार तथा जनकपुर चुरोट कारखानाका पूर्व मह

अवैध बलुवा गिट्टी सहित ३ ट्याक्टर छोडियो

मुकेश यादव लहान / अवैध रुपमा बलुवा गिट्टी उत्खनन गरेको ३ वटा टयाक्टर लाई जिल्ला समन्वय समितिले आर्थिक प्रभ

Madhesh Special
Facebook Group · 141 members
Join Group
 

सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2019 - Pradeshportal.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६