बुद्ध एयरको नयाँ एटिआर जहाज काठमाडौँमा

  • प्रकाशित मितिः असार 20, 2075
  • मधेश स्पेशल
  • 214 पटक पढिएको

काठमाडौँ/ निजी क्षेत्रको वायु सेवा प्रदायक कम्पनी बुद्ध एयरले एटिआर–७२–५०० नयाँ विमान भित्र्याएको छ । फ्रान्सको जहाज निर्माता एटिआर कम्पनीबाट खरिद गरिएको उक्त विमान आज साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो । योसँगै बुद्धका नौ वटा एटिआर विमान पुगेका छन् । यीमध्ये छ एटिआर–७२ र दुई एटिआर–४२ हुन् । बुद्धसँग दुई बिचक्राफ्ट विमान पनि छन् । फ्रान्सको टुलुज फ्रान्कजल विमानस्थलबाट इटाली, ओमन हुँदै विमान काठमाडौँ ल्याइएको कम्पनीले जनाएको छ ।

त्यस्तै अर्को प्रतिस्पर्धी निजी वायु सेवा कम्पनी यति एयरलाइन्ससँग एटिआर–७२ एक र एटिआर–४२ विमान छन् । अर्को चाँडै भित्र्याउने कम्पनीको तयारी छ । बुद्ध एयरका बजार निर्देशक रुपेश जोशीले थपिएका एटिआर–७२ विमानबाट आन्तरिक गन्तव्यमा उडान भरिने जानकारी दिनुभयो । बुद्धले हाल १३ गन्तव्यमा उडान भरिरहेको छ ।

बुद्धले भद्रपुर, विराटनगर, तुम्लिङटार, जनकपुर, सिमरा, भैरहवा, भरतपुर, पोखरा, नेपालगञ्ज, धनगढी, सुर्खेत तथा विराटनगर–तुम्लिङटार र पोखरा–भैरहवा उडान भर्दै आएको छ । अन्तर्राष्ट्रिय उडानतर्फ बुद्धले यही असार १५ गतेदेखि नेपालगञ्जबाट भारतको वाराणसी सिधा उडान शुरु गरेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

शिक्षा सेवामा सोधिने सम्भावित प्रश्नहरुको संगालो

 डि.एन. यादबशैक्षिक जनशक्ति तालिम निति कहिले बनेको हो ?– २०६२माध्यमिक शिक्षा पाठ्यक्रम ढाचा २०६४ अनुसा

सबैजसो क्षेत्र राजनीतिबाट प्रभावित

सुरेन्द्र साहठूलो भएपछि के बन्छौ ?श्र कसैले सोध्यो भने धेरैको जवाफ हुन्छ , डाक्टर, इन्जिनियर, पायलट समाजसे

सुखीपुरकी सानुमैयाको गीत सुनेर सबैको मन मोहित

    1 मोहे रंग दो लाल मोहे रंग दो लाल नंद के लाल लाल छेड़ो नहीं बस रंग दो लाल मोहे रंग दो लालदेखूं

Madhesh Special
Facebook Group · 141 members
Join Group
 

सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2018 - Pradeshportal.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६