११ महिनामा १ अर्ब २३ करोड बढीको मरिच आयात

  • प्रकाशित मितिः असार 19, 2075
  • मधेश स्पेशल
  • 156 पटक पढिएको

विराटनगर/ नेपालमा भन्दा भारतमा मरिचको मूल्य बढी हुँदा तेस्रो मुलुकबाट नेपाल भित्र्याइएको मरिच अवैध रूपमा भारततर्फ चोरी निकासी बढेको छ ।

नेपालमा प्रयोग हुने भन्दा बढी मरिच आयात गर्ने नेपाली पैठारीकर्ताले भारतमा निकासी गर्दा भने अवैध प्रक्रिया अपनाउँदै आएका छन् । खुला सीमा नाकाबाट अवैध रूपमा मरिचको निकासी हुने गरेको देखिन्छ ।

विराटनगर भन्सार नाका हुँदै चालु आर्थिक वर्षको जेठ मसान्तसम्ममा मात्रै १ अर्ब २३ करोड ९९ हजार रुपैयाँबराबरको ३० लाख ५८ हजार २ सय ४८ किलोग्राम मरिच नेपाल भित्रिएको भन्सारका सूचना अधिकृत सुशील थापाले जानकारी दिएका छन् । पैठारीकर्ताले यो परिमाणको मरिच भित्र्याउँदा २३ करोड ९२ लाख ३२ हजार भन्सार राजस्व बुझाएका छन् ।

तेस्रो मुलुक भियतनामबाट मरिचको आयात बढी हुने गरेको छ । आयातीत मरिचको खुद्रा मूल्य नेपालमा प्रतिकिलो ७ देखि ८ सय रुपैयाँ पर्छ । भारतमा ९ सय रुपैयाँ प्रतिकिलो मरिचको मूल्य रहेका कारण नेपाल भित्र्याइएको मरिच भारततर्फ अवैध निकासी बढेको हो ।

मूल्य अन्तरमा हुने मुनाफा आर्जनका लागि पैठारीकर्ताले मरिच नेपाल भित्र्याउँछन् । यसअघि इण्डोनेसिया, मलेसिया र थाइल्याण्डको सुपारी तस्करी गर्ने शैली अहिले मरिचमा देखिएको प्रहरी अधिकारीको भनाइ छ । अवैध रूपमा भारततर्फ निकासी गर्दै गरेको मरिच प्रहरीले नियन्त्रणमा लिएर भन्सारमा बुझाउँदै आएको छ ।

अवैध रूपमा भारततर्फ चोरी निकासी गर्दै आएको मरिच मोरङ प्रहरीले नियन्त्रणमा लिएर भन्सारमै दाखिला गर्दै आएको छ । भन्सारका सूचना अधिकारी थापाका अनुसार यकिन तथ्यांक आर्थिक वर्षको अन्त्यमा मात्रै जानकारीमा आउने भए पनि प्रहरीले हरेक महिनामा खुद्रा तथा ठूलो परिमाणमा मरिच दाखिला गर्दै आएको छ ।

सुपारीको अवैध निकासी नियन्त्रणपछि प्रहरीलाई मरिचको तस्करी नियन्त्रणमा उत्तिकै जटिलता देखिएको मोरङ प्रहरीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक निशान थापा बताउँछन् । निकासी गर्न नपाइने मरिच सुरक्षा संयन्त्र र भन्सार तथा सीमा सुरक्षा संयन्त्रको आँखा छलेर भारत पु¥याउन विभिन्न विधिको प्रयोग हुने गरेको छ ।

भारतबाट नेपालमा लागु औषध भित्र्याउँदा अपनाउने विधि जसरी नै मरिचको भारततर्फ तस्करी हुने बताइन्छ । व्यक्तिको शरीरमा बाँधेर, साइकल तथा ठेला गाडीदेखि भारतबाट मालवस्तु लिएर नेपाल आएका मालवाहक सवारी रित्तो फर्कने क्रममा समेत मरिच निकासी हुने गरेको प्रहरीको भनाइ छ ।

इलाका प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षक सन्तोष निरौलाका अनुसार व्यक्तिले लैजाँदै गरेको अवस्थामा शनिबार राती २७ किलोग्राम मरिच नियन्त्रणमा लिइएको छ । उक्त मरिच मोटरसाइकलमा राखेर भारतर्फ लैजाने क्रममा प्रहरीलाई देखेपछि ती व्यक्ति भागेको र मोटरसाइकलसहित मरिच भन्सारमा दाखिला गरिएकोे निरौलाले जानकारी दिएका छन् ।

तेस्रो मुलुकबाट पैठारीकर्ताले नेपाल भित्र्याएको मरिच सबैभन्दा बढी मोरङका विभिन्न नाकाबाटै भारत पुग्दै आएको छ । विराटनगर भन्सार कार्यालय रानी विराटनगरका सूचना अधिकारी थापाका अनुसार मरिच तथा सुकमेलको निकासी अवैध मानिन्छ । तर, १ वर्षको अवधिमा यति धेरै परिमाणमा मरिच आउनु अनौठो मानिन्छ । अघिल्लो वर्षको तथ्यांकसँग तुलना गर्दा यो वर्ष मरिचको आयात बढी देखिन्छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

कालोपट्टी बाँधेर स्थानीय तहको कर्मचारीहरुले गरे कामकाज ठप्प

सुखीपुर समाचारदातासुखीपुर (सिरहा) / स्थानीय तहका कर्मचारीहरुले ‘कर्मचारी समायोजन अध्यादेश’को विरोधम

अध्यादेशविरुद्ध कर्मचारीहरुले आफनै कार्यालयको मुलगेटमा धर्ना

रोयाण्टर मण्डल सुखीपुर (सिरहा) / सरकारले हालै जारी गरेको कर्मचारी समायोजन अध्यादेशविरुद्ध स्थानीय तह कर्

मिशन मधेशमा कसिसले सुपर छवी प्रस्तुत गर्दैछीन्

लहान,  । विगतमा भएको शोषण दमन र मधेश आन्दोलनलाई समेटिएर चित्रण गर्दै निर्माणमा रहेको मिशन मधेशको फाइट र क

Madhesh Special
Facebook Group · 141 members
Join Group
 

सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2018 - Pradeshportal.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६