प्रकृतिलाई क्यानभासमा कैद गर्दै कलाकार

  • प्रकाशित मितिः असार 19, 2075
  • मधेश स्पेशल
  • 102 पटक पढिएको

धरान/ हातमा रङ र ब्रस बोकेका धराने कलाकार शनिबार बिहान भेला हुन्छन् अनि सल्लाह गरेर गन्तव्यतर्पm लाग्छन् ।

भेला भएपछि कहाँ जान्छन् उनीहरू ? के गर्छन् ? यसको जवाफ खोज्दा प्रेरणादायी छ । अगुवा कलाकार महेन्द्र राई भन्छन्, ‘धरान र आसपासको सुन्दर ठाउँमा जान्छौं, र त्यहाँको सौन्दर्यलाई क्यानभासमा उतारेर उजागार गर्छांै । यसले फाइन आर्टका विद्यार्थीलाई, नयाँ पुस्ताका कलाकारहरूलाई सिक्ने मौका पनि मिल्छ ।’ उनले भनेजस्तै अग्रज र नयाँ पुस्ताका कलाकारहरू डाँडा पाखा, खोला प्रकृतिको काखमा पुग्छन् । अनि, त्यहाँको सौन्दर्यलाई जस्ताको तस्तै ल्याण्डस्केप क्यानभासमा उतार्छन् ।

प्राकृतिको अध्ययन गर्दै सुन्दरतालाई धराने कलाकारहरूले क्यानभासमा उतार्न थालेको लगभग ५ महिना बितिसकेको छ । धरानेहरूलाई नै थाहा नभएको ठाउँमा पनि पुगेर कलाकारहरूले ती ठाउँलाई क्यानभासमा उतारेका छन् । यसले कलाको माध्यमबाट पर्यटनको प्रवद्र्धन पनि भएको कलाकारहरूको मान्यता छ । कलाकार जीवन पौडेल भन्छन्, ‘हामीले प्राकृतिक सौन्दर्यलाई नै क्यानभासमा उतार्ने हो, यसले पर्यटनको पनि प्रर्वद्धन हुन्छ, त्यो ठाउँको प्रचार पनि हुन्छ ।’

कलाकारहरू यसरी हिँड्दा निरन्तर अभ्यास हुन्छ । नयाँ पुस्ताले अग्रजहरूको काम गर्ने शैली सिक्ने अवसर पाउँछन् । कलाकारहरूको क्षमता अभिवृद्धि पनि हुन्छ । ‘आधारभूत ज्ञान कक्षाबाट पाउने हो, बाँकी सबै ज्ञान त हामीले नेचरबाटै सिक्नुपर्छ । यसरी डुल्दै ल्याण्डस्केप बनाउँदा हाम्रो ज्ञान नै फराकिलो हुन्छ, त्यसैले यो अभियान थालेका हौं । कोठामा भन्दा प्रकृतिको काखमा बसेर पेन्टिङ गर्दा धेरै कलर खेलाउन सकिन्छ,’ अगुवा कलाकार राई भन्छन् । प्रत्येक शनिबार धरानका प्रनोद दत्त, महेन्द्र राई, खेल थापा, विक्रम बनेम, जीवन पौडेल, युमेनहाङ राई, धीरज राई, हेमन्त थापा, विज्ञान राई, देवलकुमार राईलगायत प्राकृतिक सौन्दर्य खोज्दै डुल्ने गरेका छन् ।

धराने कलाकारहरूको कला अभियानबाट झापाली कलाकारहरू पनि प्रभावित भएका छन् । असार १५ गते रोपाइँ महोत्सवमा आएका कलाकार विष्णुकुमार थापा र युवराज रिजाल यो शनिबार धरानको फुस्रेस्थित सर्दु खोला किनारमा धराने कलाकारहरूसँगै सामेल भए । उनीहरूले पनि त्यहाँको प्राकृतिक सौदन्र्यलाई क्यानभासमा उतारे । ‘धराने कलाकारहरूको अभियान देखेर साह्रो खुशी लाग्यो, नयाँ पुस्ताले सिक्ने अवसर पाउँछन् । हामीले सिक्ने प्रकृतिबाटै हो,’ गौरदहका कलाकार थापाले भने ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

कालोपट्टी बाँधेर स्थानीय तहको कर्मचारीहरुले गरे कामकाज ठप्प

सुखीपुर समाचारदातासुखीपुर (सिरहा) / स्थानीय तहका कर्मचारीहरुले ‘कर्मचारी समायोजन अध्यादेश’को विरोधम

अध्यादेशविरुद्ध कर्मचारीहरुले आफनै कार्यालयको मुलगेटमा धर्ना

रोयाण्टर मण्डल सुखीपुर (सिरहा) / सरकारले हालै जारी गरेको कर्मचारी समायोजन अध्यादेशविरुद्ध स्थानीय तह कर्

मिशन मधेशमा कसिसले सुपर छवी प्रस्तुत गर्दैछीन्

लहान,  । विगतमा भएको शोषण दमन र मधेश आन्दोलनलाई समेटिएर चित्रण गर्दै निर्माणमा रहेको मिशन मधेशको फाइट र क

Madhesh Special
Facebook Group · 141 members
Join Group
 

सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2018 - Pradeshportal.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६