फोहोर पुछ्ने जोशिला युवा

  • प्रकाशित मितिः असार 18, 2075
  • मधेश स्पेशल
  • 90 पटक पढिएको

इटहरी/ केही हप्ता अघिको शनिबार इटहरीको मुुख्य बजारमा एक हुल युवाले बगंैचा सिँगारिरहेका थिए ।

मुुख्य बजारको गोल चोकमा रहेको सो बगैंचा इटहरीको मुटु जस्तै छ । अर्थात्, पूर्वपश्चिम राजमार्ग र कोशी राजमार्गको दिशा छुुट्याउने उक्त संरचनालाई बगैंचाले थप आकर्षक बनाएको छ ।

चोकमा टाँगिएका तुल, ब्यानर र टाँसिएका पर्चा हटाइरहेका युवाको टोलीलाई यात्रुले आँखा तानीतानी हेरिरहेका थिए । धेरैले उनीहरूको प्रशंसा गरे । कतिले जिब्रो टोके । ती युवाको टोली कहिले इटहरीका नालीभित्र मरेका पशुुहरू निकाल्छ त कहिले धुलो बढारेर नगर स्वच्छ बनाउने कार्य जारी राख्छ । तर, उनीहरूलाई स्थानीय सरकारले उपेक्षा गरेको छ । इटहरी सरकारले आफ्नै आँगन बारम्बार सफा गर्ने यी युवालाई भर्खरै सम्पन्न विश्व वातावरण दिवसको दिन सम्झेन । बरु व्यापारी भेला गरेर दिवस मनाउन भ्यायो । धेरैलाइ कौतुहलता छ, ‘को हुन् यी युवा र कसरी निःस्वार्थ ढंगले नगर सफाइ गरिरहेका छन् ?’

यसरी फोहोरमा हात हाल्ने युवाको समूह ‘बुल्स इलेभेन’ क्लब हो । २०५५ सालमा फुटबल खेलप्रेमी पूर्ण राईलगायतले सो क्लबको सुरुवात गरेका थिए । ‘फुुटबल खेलमा ११ जना खेलाडी हुन्छन् । त्यही आधारले क्लबको नाम ‘बुल्स इलेभेन’ रहन गएको हो,’ राईले भने । विविध कारणले क्लब चुस्त रूपमा सञ्चालन हुन सकेन । सँगै मिल्ने साथीहरू आ–आफ्नो बाध्यताले अलग–अलग भए । तर इटहरीमा नै रहेका पूर्णले भने क्लबलाई कसरी जीवन्त बनाउने भन्ने सोचे र २०७३ साल चैत २२ गतेदेखि इटहरीको सफाइ अभियानमा नेतृत्व गर्न कम्मर कसे । उनलाई साथ दिए स्थानीय व्यवसायी हेमसागर निरौलाले ।

हुन त यो भन्दा अघि पनि नागरिक स्तरमा बृहत सफाइको शुरुवात नभएको होइन । इटहरीमा नौलो कामको थालनी गर्दै बिना पदाधिकारी स्वतस्फूर्त रूपमा जन्मेको किप इटहरी क्लिन (केआइसी) अहिले ‘कोमा’मा छ । नगरको फोहोर सफाइ गरेर चौतर्फी चर्चा बटुलेको संस्था गुमनाम जस्तै भएपछि अहिले इटहरीका युवाहरूको बुल्स एलेभेन क्लबले शहरको इज्जत धानेको छ ।

जनप्रतिनिधिलाई नाला सफाइ तथा अन्य व्यवस्थित सफाइका लागि बारम्बार आवाज उठाउँदा सडकले बाटो लगिहाल्छ, पछि गरौँला भन्ने जवाफ आउँछ । तैपनि उनीहरू निराश छैनन् । हरेक हप्ता इटहरी तथा आसपासका सामाजिक महत्व झल्किने स्थानमा फोहोर उठाउन पुगिहाल्छन् ।

राई र निरौलाले अहिले क्लबको प्रमुख र उप प्रमुखको जिम्मेवारी सम्हाल्दै आएका छन् । शुरुका दिनदेखि करिब डेढ सय युवा हरेक हप्ता इटहरीका विभिन्न स्थानको सफाइ गर्दै निस्किन्थे । जुलुस जस्तो हुने यस क्लबका युवाको आकार हप्तैपिच्छे घट्दै जान थाल्यो । तर राई र निरौलाले हरेश खाएनन् । १४ महिनामा आइपुुग्दा उनीहरूसँग २० जना जोशिला युवाहरू छन् । उनीहरूमा सामाजिक चेत छ । समाजका लागि काम गरौं भन्ने दृढ विश्वासले जुटिरहेको राई बताउँछन् ।

प्रत्येक हप्ता चोकमा यात्रुुले झट्टै देख्ने स्थानमा उनीहरू सफा गर्न आतुर हुन्छन् । कारण, इटहरी सफा नगरको रूपमा परिचित छ । चौरास्तको शहर भएको हुँदा आफ्नो नगरको बारे गलत धारणा अन्यत्र नफैलियोस् भनेर यसो गरेको उनीहरू बताउँछन् ।

अध्यक्ष पूर्ण राई विशुद्ध सामाजिक भावना राखेर यो पवित्र काममा अग्रसर भएको बताउँछन् । ‘धेरैले भन्लान् यसले राजनीति गर्दैछ । तर मलाइ थाहा छ नेताहरूले हामीजस्ता युवालाई प्रयोग मात्र गर्छन् ।’ राईले भने, ‘त्यसैले मैले आफ्नो नेतृत्वमा भएका भाइहरूलाई असल गोरेटोमा हिँड्न र समाजमा घुलमिल भएर बस्न सधैँ हौसला प्रदान गर्ने गरेको छु ।’ उनले आफ्नो प्रयासले एउटा मात्र युवा असल गोरेटोमा हिँड्यो भने पनि सामाजिक योगदान हुने उल्लेख गरे ।

अहिलेसम्म आइपुुग्दा उनीहरूले कुुनै दातृ निकायसँग आर्थिक सहयोग लिएका छैनन्, न कसैसँग चन्दा नै लिएका छन् । सरकारी निकायले सहयोग गरेको छैन । उनीहरूको सामाजिक कार्य देखेर स्वतफूूर्त सहयोग गर्ने बढिरहेका छन् ।

इटहरीको प्राथमिक स्वास्थ्य केन्द्रको रूप परिवर्तन गर्नेदेखि नेपाल बैंक अगाडि रहेको खुुला ठाउँलाई व्यवस्थित बनाएका छन् । नेपाल बैंकको उत्तरतर्फ रहेको सो जग्गालाई बाँसको भाटाले बेरेका छन् । धरान जाने बस रोक्ने ठाउँ भएको र कतै पनि सार्वजनिक शौचालय नहुँदा सडक छेउको सो स्थानलाई यात्रुले खुला शौचालयको रूपमा प्रयोग गर्ने गरेका थिए । अहिले युवाको समूहले सो स्थानलाई चिटिक्क बनाएको छ । धेरैले फोहोर गर्न छाडेपछि सो स्थानको स्वरूप परिवर्तन भएको छ ।

सरकारी निकायबाट गर्नुुपर्ने काम युवाबाट भइरहेको छ । तर पनि स्थानीय सरकारको उपेक्षाले उनीहरू चिन्तित पनि छन् । ‘हामीले जनप्रतिनिधिलाई ‘च्यालेन्ज’ गर्न खोजेको होइन’ निरौलाले भने, ‘सामाजिक भावका साथ युवाले गरेको यस्तो कामलाई कसैले ‘रेस्पोन्स’ गरेन ।’ यो सफाइको काम नरोकिने उनले स्पष्ट पारे । कामको उद्देश्य नगर सफाइ र नागरिकको चेत परिवर्तन होस् भन्ने रहेको हुुँदा यो कार्य जारी रहने उनले बताए । ‘कुुनै पनि आर्थिक तथा प्रतिष्ठाको लाभ प्राप्त होस् भनेर हामीले काम गरेको भए यतिका लामो समय कामको निरन्तरता हुने नै थिएन,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

शिक्षा सेवामा सोधिने सम्भावित प्रश्नहरुको संगालो

 डि.एन. यादबशैक्षिक जनशक्ति तालिम निति कहिले बनेको हो ?– २०६२माध्यमिक शिक्षा पाठ्यक्रम ढाचा २०६४ अनुसा

सबैजसो क्षेत्र राजनीतिबाट प्रभावित

सुरेन्द्र साहठूलो भएपछि के बन्छौ ?श्र कसैले सोध्यो भने धेरैको जवाफ हुन्छ , डाक्टर, इन्जिनियर, पायलट समाजसे

सुखीपुरकी सानुमैयाको गीत सुनेर सबैको मन मोहित

    1 मोहे रंग दो लाल मोहे रंग दो लाल नंद के लाल लाल छेड़ो नहीं बस रंग दो लाल मोहे रंग दो लालदेखूं

Madhesh Special
Facebook Group · 141 members
Join Group
 

सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2018 - Pradeshportal.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६