स्पेनलाई पेनाल्टी सुटमा हराउँदै रसिया क्वार्टरफाइनलमा

  • प्रकाशित मितिः असार 17, 2075
  • मधेश स्पेशल
  • 294 पटक पढिएको

काठमाडौं/ स्पेनलाई पेनाल्टी सुटआउटमा ४–३ ले हराउँदै रसिया विश्वकप फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । पेनाल्टी सुटआउटमा स्पेनका कोके र लागो आसपासको प्रहार रसियाली गोलकिपरले रोकेका थिए ।

निर्धारित ९० मिनेटमा दुवै पक्षबाट १–१ गोलको बराबरी भएपछि खेल थप ३० मिनेटसम्म खेलाइएको थियो । तर अतिरिक्त समयमा पनि दुवै पक्षबाट गोल नभएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट गरिएको हो ।

खेलको १२ औं मिनेटमा रसियाका सेर्गी इगन्सचेविकको आत्माघाती गोलमा स्पेनले अग्रता लियो । उनले डी एरियामा क्लियर गर्न लागेको बल सिधै गोलपोस्टभित्र छिरेपछि स्पेन १–० ले अग्रता लिने अवसर पायो ।

रसियालाई खेलमा फर्किन ४१ औ मिनेटको पेनाल्टीसम्म पर्खिनुर्पयो । आर्तेन डेजुबाले पेनाल्टीमार्फत गोल गरेपछि खेल १–१ को अवस्थामा पुग्यो । तर त्यसपछि निर्धारित समय ९० मिनेटसम्म दुवै पक्षाट गोल नभएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो

स्पेनले भरपर्दा मिडफिल्डर आन्द्रे इनेस्टालाई प्लेइङ ११ मा समावेश गरेको थिएन । उनलाई खेलको ६० औं मिनेटमा मात्र मैदान प्रवेश गराइएको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

सुखीपुरका सई पनि २४ घण्टा नबित्दै तानियो

रोयाण्टर मण्डल सिरहा / अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहाका एक जना प्रहरी जवानले घुस लिँदै गर्दा र

मधेशको सबै भन्दा ठूलो रोग दहेजप्रथा : प्रदेश सदस्य श्रीवास्तव

रोयाण्टर मण्डलसिरहा । प्रदेश नम्बर २ का प्रदेश सदस्य मदन सेन प्रसाद श्रीवास्तवले मधेशको सबै भन्दा ठूलो र

नगर सुधार समितिको आयोजनामा निःशुल्क लोकसेवा तयारी कक्षा

मधेश स्पेशल समाचारदाता सिरहा / शैक्षिक बेरोजगार न्यूनीकरणका लागि नगरसुधार समिति नगरपालिका सुखीपुरले नि


सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2020 - Pradeshportal.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६