सुखीपुरमा कोही पनि दुखी नरहने – नगर प्रमुख रामऔतार

  • प्रकाशित मितिः असार 17, 2075
  • मधेश स्पेशल
  • 772 पटक पढिएको

सुखीपुरमा बेरोजगारलाई सीपमूलक तालिमले व्यवसायिक बनाउदै

सुखीपुर समाचारदाता
सिरहा/ स्वरोजगारको तथा वृत्ति विकासका लागि सधै सक्रिय नयाँ नेपाल एकिकृत विकास केन्द्र सुखीपुरले १० दिने लाह चुरा, तीन दिने अगरवति र मैनवति तालिम सम्पन्न गरेको छ ।

असार ६ गतेदेखि १६ गतेसम्म सञ्चालन भएको तालिममा सुखीपुर नगरपालिका वडा नम्बर ८ का ५५ जना महिलाको सहभागिता रहेको थियो । तालिममा अगरवति , मैनवति र लाह चुरा बनाउन सिकाइएको थियो ।

तालिममा प्रशिक्षकका रुपमा अगरवति मैनवतिमा चन्देश्वर कामैत , सुनिता कामैत र लाह चुरामा कौशलिया सहनी रहनु भएको थियो । महिलाहरुलाई व्यवसायिक बनाउदै आत्मनिर्भर बनाउन सहयोग पुगोस भन्ने उद्देश्यले आयोजना गरेको तालिमलाई सुखीपुर नगरपालिकाले सहयोग गरेको थियो । १० दिने तालिमपश्चात समापन कार्यक्रमको आयोजना गरिएको थियो ।

समापन कार्यक्रममा बोल्दै सुखीपुर नगरपालिकाका नगर प्रमुख रामऔतार यादबले सीपमूलक तालिममा सहभागी भएर अब रोजगार तर्फ लागनुपर्छ । तपाईहरुले सिकेका सीपको मांग बजारमा धेरै भएको तपाईहरु ब्यवसायमा लागनु पर्छ । तपाईहरु सिकेका सीपलाई ब्यबसायमा परिणत गरे नगरपालिका तपाईहरुलाई थप तालिम र बिउ पुजी सहयोग गर्ने भन्नुभयो ।

उहाँले थप्दै भन्नुभयो– “सुखीपुरमा कोही पनि दुखी नरहने गरि काम गर्दैछौ । समृद्धिको रथमा महिला पुरुष दुवै समान पांग्रा भएकोले महिला सशक्तिकरण गरेर अर्थिक समृद्धि गर्दै कृषिलाइ आधुनिकीकरण गर्न लागेक छौ । सुखीपुरको विकासमा गगान नदीले समस्या खडा गरेको छ । तिन वटा पूलको आवश्यक्ता रहेको छ । पुल निर्माणको लागि प्रदेश र केन्द्र सरकारसंग पहल गरिरेका छौ । आर्थिक वर्ष २०७४ मा माटो ग्राभेलको काम वढी भयो आवश्यक्ता पनि थियो २०७५ र ७६मा निर्माणको काम गर्दै सुखीपूर वजार व्यवस्थित गर्न लागेका छौ । ”

नयाँ नेपाल एकिकृत विकास केन्द्र सुखीपुर अध्यक्ष रोयाण्टर मण्डलले महिलालाई आत्मनिर्भर र उनीहरुको वृत्ति विकासमा सहयोग पुगोस भनेर संस्थाले स्थानीय सरकारको सहयोगमा कार्यक्रम संचालन गरेको छु । तपाईहरुले सिकनु भएका सीप बजारमा ल्याए मात्रै संस्थाको उदेश्य पुरा हुने बताउनुभयो ।

यस्तै समापमान कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ सिरहा शाखाका पूर्व उपाध्यक्ष जिवछ यादबले महिलाको शशक्तिकरणसंगै कानुनी कुराको विषयमा पनि महिलाले धेरै कुरा सिक्नुपर्नेमा जोड दिनुभयो । उहाले महिलाको हकमा उल्लेख भएको संवैधानिक अधिकारका विषयमा जानेर बुझेर अगाडि बढ्नुपर्ने बेला आएको छ । महिलाहरु विभिन्न काल खण्डमा शक्तिको रुप भएकोले तपाईहरु नै सिकेका सीप बजारमा ल्याए सुखीपुर अर्थमा पनि मजबुत हुने सुझाव दिदै महिलाको बारेमा कविता पनि सुनाउनु भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

शिक्षा सेवामा सोधिने सम्भावित प्रश्नहरुको संगालो

 डि.एन. यादबशैक्षिक जनशक्ति तालिम निति कहिले बनेको हो ?– २०६२माध्यमिक शिक्षा पाठ्यक्रम ढाचा २०६४ अनुसा

सबैजसो क्षेत्र राजनीतिबाट प्रभावित

सुरेन्द्र साहठूलो भएपछि के बन्छौ ?श्र कसैले सोध्यो भने धेरैको जवाफ हुन्छ , डाक्टर, इन्जिनियर, पायलट समाजसे

सुखीपुरकी सानुमैयाको गीत सुनेर सबैको मन मोहित

    1 मोहे रंग दो लाल मोहे रंग दो लाल नंद के लाल लाल छेड़ो नहीं बस रंग दो लाल मोहे रंग दो लालदेखूं

Madhesh Special
Facebook Group · 141 members
Join Group
 

सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2018 - Pradeshportal.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६