कपिलवस्तु प्रहरीद्वारा अवैध भरतीय रुपैया, चरेस र हतियार वरामद

  • प्रकाशित मितिः असार 17, 2075
  • मधेश स्पेशल
  • 352 पटक पढिएको

कपिलवस्तु/ जिल्ला प्रहरी कार्यालयले भारतबाट नेपाल ल्याउदै गरेको अवैध भारतीय रुपैया, नेपालमै वसार पसार गरेको चरेस र अवैध हतियार वरामद गरेको छ ।

बरामद गरेको सम्रग्री र आरोपीहरुलाई कार्यालय परिसारमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ । असार १६ गरे कृष्णनगरमा भारतबाट नेपाल आउने सवारी साधन नियमित चेकजाच गर्दा एच आर ०८ एक्स ६०८८ नंको कारबाट १३ लाख १३ हजार ६ सय ६० भारतीय रुपैया प्रकाउ गरेको छ । उक्त कारमा सवार भारत हरियाणका राजेन्द्र जाट र कैलाली गौरीगगा नगरपालिकाक ६ बनभेडा घर भइृ भारतको हरियाणमा होटल संचालन गर्ने महेन्द्र ओझाई प्रकाउ गरिएको छ । उक्त भारतीय रकम राजस्व अनुसन्धान विभाग ललितपुर पठाइने प्रहरी उपरिक्षक मनोज कुमार यादवले बताए ।

उता तौलिहवा बाट जहदी आउदै गरेको लु २३ प ८८३ नं को मोटरसाइकलमा चेकजाच गर्दा रिभल्भर १ थान वरामद गरिएको प्रहरीले जानएको छ । हतियार संगै कपिलवस्तु ११ जहदीका मतेश्वर अहिर र सोही स्थानका नन्दकिशोर यादवलाई प्रकाउ गरिएको छ । त्यस्तै शिवराज नगरपालिकाको उमरि चौकमा रा ३ प २३४३ नं को मोटरसाइकल चेकजाच गर्दा २२ किलो चरेस बरामद गरिएको छ ।

झोलामा ४४वटा पोका वनाई उक्त चरेस सबार गरेको प्रहरीले जनाएको छ । चरेस संगै रोल्पा थवाग गाउंपालिका ५ भई चन्द्रौटा वस्ने राश कुमार रोक्का, दाग तुल्सीपुरक उप महानगरपालिका ६ का आशिष खड्का, दाग तुल्सीपुरक उप महानगरपालिका ६ का किरण प्रकाश वम रहेका छन् । उत्त आरोपिहरुलाई थप अनुसन्धान गरि आवश्यक कारबाही गरीने कपिलवस्तु प्रहरी प्रमुख मनोज कुमार यादवले बताए । साथै २ वटा ट्रकमा लैजादै गरेका ५० वटा गोरु समेत चन्द्र्रौटामा प्रकाउ गरी भन्सार चलान गरिएको यादवले बताए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

नेपाली कांग्रेस क्षेत्र नम्बर २ सिरहाका समितिले मनाए विपी स्मृती दिवस

रोयाण्टर मण्डलसुखीपुर (सिरहा) / नेपाली कांग्रेस  क्षेत्र नम्बर २ सिरहाका समितिले ३७ औं विपी स्मृती दिव

सुखीपुरका व्यवसायीहरु पनि भीसीटीएसको बिरोधमा उत्रिए

रोयाण्टर मण्डलसुखीपुर (सिरहा) / सरकारले ल्याएको ऐन, नियम र कानून तथा प्रावधानहरु अव्यवहारिक भएको भन्दै सिर

बरियारपट्टी गाउँपालिकाको बजेट ४१ करोड ३४ लाख

रोयाण्टर मण्डल / कृष्ण मोहन चौधरी / हरिपति लाल कर्ण / विपी भुवन  सुखीपुर (सिरहा) /   ‘कृषि , शिक्षा, पु


सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2019 - Pradeshportal.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६