दुई लाख बढीको अवैध सामान बरामद

  • प्रकाशित मितिः असार 17, 2075
  • मधेश स्पेशल
  • 183 पटक पढिएको

मोरङ/ ईलाका प्रहरी कार्यालय रानीले आइतबार दुई लाख चौतीस हजार एक सय दश रुपैया बराबरको अवैध सामान बरामद गरी भन्सार बुझाएका छन।

सो कार्यालयबाट परिचालन भएको टोलीले विराटनगर-१५ महेन्द्र चौक तथा विराटनगर-१४ जानकी मन्दिर चौकबाट भन्सार छली गरी ल्याउँदै गरेको लत्ताकपडा, बेल्ट, चुना रङ, घाँसको बिऊ, सानो ग्याँस सिलिन्डर, फेसवास, किराना समान, हरियो सागसब्जी बरामद गरी भन्सार बुझाइएको उक्त कार्यालयले जनाएको छ।

36534417_1681131111984637_2997225154938929152_n

त्यसैगरी प्रहरीले विराटनगर-१७ मटेरुवाबाट भारततर्फ चोरी छिपाई लैजादै गरेको १५ किलो मरिचसहित को २ प ९४५८ नम्बरको मोटरसाइकल समेत नियन्त्रणमा लिइएको जनाएको छ।

यता जिल्ला प्रहरी कार्यालय मोरङ मातहत विराटनगर महानगरपालिका ५ पुलचौकबाट चालिस पिस कुर्तासुरुवाल बरामद गरेको छ।

36426817_1681131208651294_6809267054026162176_n

भारत जोगबनीबाट भन्सार छली गरी ल्याएको तीस हजार मूल्य बराबरको रेडिमेड कुर्तासुरुवालसहित एक थान साइकल सिआरभि बरगाछीको टोलीले आइतबार बरामद गरेको हो।

36446343_1681131271984621_330802341097766912_n

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

नेपाली कांग्रेस क्षेत्र नम्बर २ सिरहाका समितिले मनाए विपी स्मृती दिवस

रोयाण्टर मण्डलसुखीपुर (सिरहा) / नेपाली कांग्रेस  क्षेत्र नम्बर २ सिरहाका समितिले ३७ औं विपी स्मृती दिव

सुखीपुरका व्यवसायीहरु पनि भीसीटीएसको बिरोधमा उत्रिए

रोयाण्टर मण्डलसुखीपुर (सिरहा) / सरकारले ल्याएको ऐन, नियम र कानून तथा प्रावधानहरु अव्यवहारिक भएको भन्दै सिर

बरियारपट्टी गाउँपालिकाको बजेट ४१ करोड ३४ लाख

रोयाण्टर मण्डल / कृष्ण मोहन चौधरी / हरिपति लाल कर्ण / विपी भुवन  सुखीपुर (सिरहा) /   ‘कृषि , शिक्षा, पु


सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2019 - Pradeshportal.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६