बुटवल/ रुपन्देहीमा स्थापना गरिने एकीकृत कृषि बजार (ग्रीनपार्क) का सम्भावनाका बारेमा यहाँका सरोकारवालाका बीचमा छलफल भएको छ ।
यहाँ कृषिउपज बजारको सम्भावना धेरै रहेको भन्दै सहभागीले सरकारी–निजी साझेदारीमा परियोजनालाई अगाडि बढाउन आफूहरु तयार रहेको बताएका छन् ।
बुटवल उप–महानगरपालिकामा शनिबार भएको छलफलमा कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय, व्यावसायिक कृषि तथा व्यापार आयोजना (प्याक्ट) को सहभागिता रहेको कार्यक्रममा बोल्दै कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री चक्रपाणि खनालले अव्यवस्थित र साँघुरा बजारलाई विस्तार गरेर आधुनिक बनाउने गरी एकीकृत कृषि बजारको परिकल्पना गरिएको बताउनुभयो ।
बुटवल उप–महानगरपालिका–१६ र सैनामैना नगरपालिका–१ को संगमस्थल डहरगाउँ–कर्साघाट क्षेत्रमा उक्त ग्रीनपार्क निर्माणका लागि प्रस्ताव गरिएको छ । यहाँ बुटवलको २० र सैनामैनाको पाँच बिगाह जग्गामा पार्क निर्माणका लागि प्रस्ताव गरिएको हो । अहिले यहीँ जग्गामा अध्ययन भइरहेको छ ।
कार्यक्रममा मन्त्री खनालले रुपन्देहीमा सम्भावना धेरै रहेको भन्दै सरकारले निजी र सहकारीको सहकार्यमा परियोजना अगाडि बढाउने गरी योजना बनाइरहेको बताउनुभयो । उहाँले मुलुककै नमूना फार्मका रूपमा पहिलो चरणमा रुपन्देहीबाट परियोजनाका काम अगाडि बढाउन लागिएको पनि जानकारी गराउनुभयो ।
अहिले अगाडि बढाइएको परियोजनामा यो वर्ष विस्तृत अध्ययन सकेर अर्को वर्षदेखि निर्माण कार्य नै शुरु हुनेछ । बुटवलमा निर्माण प्रस्ताव गरिएको प्रदेशस्तरको केन्द्रका लागि अहिलेलाई करीब रु दुई अर्ब बराबरको लगानी अनुमान गरिएको छ ।
प्रतिक्रिया दिनुहोस
रोयाण्टर मण्डलसुखीपुर (सिरहा) / सुखीपुर नगरपालिका वडा नम्बर ७ मा अस्थाई प्रहरी चौकी स्थापना गरिएको छ । सोम
सिरहा / सिरहाको सुखीपुर नगर पालिकामा दोस्रो नगर स्तरीय खिचडी महोत्सव यसपाली पनि हुने भएको छ । प्रकृती बचा
रोयाण्टर मण्डलसुखीपुर (सिरहा) / सुखीपुर नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको कार्यालय कोठा गेट नजिकै कु
रोयाण्टर मण्डलसुखीपुर (सिरहा) / सुखीपुर नगरपालिका ... ... ...
सिरहा / सिरहाको सुखीपुर नगर पालिकामा दोस्रो नगर स्... ... ...
रोयाण्टर मण्डलसुखीपुर (सिरहा) / सुखीपुर नगरपालिका... ... ...
प्रधानमन्त्री ओलीले राष्ट्रका नाममा सम्बोधन गर... ... ...
रोयाण्टर मण्डलसुखीपुर (सिरहा) / सुखीपुर नगरपालिका ... ... ...
सिरहा / सिरहाको सुखीपुर नगर पालिकामा दोस्रो नगर स्... ... ...
रोयाण्टर मण्डलसुखीपुर (सिरहा) / सुखीपुर नगरपालिका... ... ...
प्रधानमन्त्री ओलीले राष्ट्रका नाममा सम्बोधन गर... ... ...
रोयाण्टर मण्डल सुखीपुर (सिरहा) / केही दिनदेखि चलेक... ... ...
रोयाण्टर मण्डलसिरहा / दाजुले बहिनीलाई भगाएर प्रे... ... ...
रोयाण्टर मडल लहान / सिरहामा कुटपिटबाट एक जना सैनि... ... ...
रोयाण्टर मण्डल / हरिपति लाल कर्ण सिरहा / अख्तियार द... ... ...
सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६
Copyright © 2013 / 2021 - Madheshspecial.com All rights reserved
प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६