सुन तस्करी : वीरगञ्जवाट समातिए अर्का सुन तस्कर

  • प्रकाशित मितिः असार 16, 2075
  • मधेश स्पेशल
  • 174 पटक पढिएको

इटहरी/ उर्लालारीका सनम शाक्यको हत्यासँगै सुरु भएको सुन तस्करीको विषयमा गृहमन्त्री राम बहादुर थापा बादलको सकृयतामा बनेको छानविन समितिले सुन तस्करीका विषयमा अनुशन्धान गरीरहेको बेला फेरी वीरगन्जबाट प्रहरीले एक केजी सुनसहित एक जनालाई पक्राउ गरेको छ ।

नेपालवाट भारत तर्फ तस्करी गरी लाने तयारी गरीरहेको बेला वीरगन्जको शंकराचार्य गेट अगाडिबाट एक केजी सुनसहित एक जनालाइ पक्राउ गरीएको जिल्ला प्रहरी कार्यालय पर्साले जानकारी गराएको छ । पक्राउ पर्नेमा सर्लाहीको हरिपुर नगरपालिका वडा नम्बर ९ का ३८ वर्षिय सन्तोष कुमार साह रहेका छन् ।

प्रहरीले साह सवार ना ४८ प ३७७४ नम्बरको मोटरसाइकल शंकराचार्य गेटमा रोकर चेकजाँच गर्दा सिटमुनि राखिएको ६ टुक्रामा रहेको एक केजी सुन बरामद गरेको हो । सुनसहित पक्राउ परेका साहलाइ थप अनुसन्धानका लागि सुन तस्करीको विषयमा छानविन गरीरहेको गृहमन्त्रालयको छानविन समितिको जिम्मा लगाउने तयारी भएको प्रहरीले बताएको छ ।

त्यसैगरी शुक्रवार नै महानगरीय प्रहरी वृत्त, गौशालाले विमानस्थलको भन्सार छलेर ल्याएको १ सय ग्राम सुनसहित पूर्णबहादुर गुरुङलाई पक्राउ गरेको छ । काठमाडौंको चाबहिलबाट उनलाई पक्राउ गरिएको काठमाडौं प्रहरीले जानकारी गराएको छ । -पहिलो किताब

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

नेपाली कांग्रेस क्षेत्र नम्बर २ सिरहाका समितिले मनाए विपी स्मृती दिवस

रोयाण्टर मण्डलसुखीपुर (सिरहा) / नेपाली कांग्रेस  क्षेत्र नम्बर २ सिरहाका समितिले ३७ औं विपी स्मृती दिव

सुखीपुरका व्यवसायीहरु पनि भीसीटीएसको बिरोधमा उत्रिए

रोयाण्टर मण्डलसुखीपुर (सिरहा) / सरकारले ल्याएको ऐन, नियम र कानून तथा प्रावधानहरु अव्यवहारिक भएको भन्दै सिर

बरियारपट्टी गाउँपालिकाको बजेट ४१ करोड ३४ लाख

रोयाण्टर मण्डल / कृष्ण मोहन चौधरी / हरिपति लाल कर्ण / विपी भुवन  सुखीपुर (सिरहा) /   ‘कृषि , शिक्षा, पु


सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2019 - Pradeshportal.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६