डा केसी फेरि आन्दोलनमा, अनशन रोक्न निषेधित क्षेत्र घोषणा

  • प्रकाशित मितिः असार 16, 2075
  • मधेश स्पेशल
  • 194 पटक पढिएको

इटहरी/ चिकित्सा शिक्षा अध्यादेश फरक हिसाबमा जारी गर्ने तयारीमा सरकार लागेपछि त्यसलाई रोक्न अनशन बस्नका लागि डा गोविन्द केसी कर्णालीको जुम्ला पुगेपछि त्यसलाई रोक्न जिल्ला प्रशासन कार्यालय जुम्लाले निषेधित क्षेत्र घोषणा गरेको छ ।

शनिवारवाट अनशन बस्ने घोषणा गरेका केसीलाई अनशन बस्न नदिन उनले छनौट गरेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान परिषर सहितका क्षेत्रलाई स्थानिय प्रशासनले निषेधित क्षेत्र घोषणा गरेको हो ।

सरकारले नेकपाका नेताहरुको लगानी रहेका तर यसअघि शिक्षण अस्पतालको अनुमति प्राप्त नगरेकालाई अनुमति दिने तयारी थालेपछि त्यसको विरोधमा आन्दोलन गर्दै आएका केसी अनशन बस्नका लागि कर्णाली पुगेका हुन् ।

शुक्रवारवाट अनशन बस्ने भनिएको भएपनि शुक्रवार मात्रै कर्णाली पुगेकाले शनिवारवाट केसी अनशनमा बस्ने भएका हुन् । अनशनका लागि केसी पुगेपछि सरकारको निर्देशनमा स्थानिय प्रशासनले उनले छनौट गरेको स्थान सहित अन्य केहि क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेको हो ।

डा केसी अनशनका लागि जुम्ला गएकै समयमा सरकारले भने डा गोविन्द केसीको माग र माथेमा कार्यदलको प्रतिवेदन विपरीत राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेशको प्रतिस्थापन विधेयक राष्ट्रियसभामा लैजाने शुक्रवार नै निर्णय गरेको छ।

शुक्रबार बसेको सरकारको बैठकले मेडिकल कलेज सञ्चालनको स्विकृति दिन मिल्ने गरी अध्यादेश विपरीतको विधेयक राष्ट्रियसभामा दर्ता गराउने निर्णय गरेको हो।

मन्त्रिपरिषद्‌को शुक्रवार बसेको बैठकमा काठमाडौंमा थप नयाँ मेडिकल कलेजलाई स्वीकृति दिन सक्ने व्यवस्था सहितको विधेयक राष्ट्रिय सभामा लाने निर्णय भएको छ। ‘डा गोविन्द केसीको माग विपरीत प्रतिस्थापन विधेयक तयार पारेर सरकार पास जसरी पनि गराउने तयारीमा जुटेको हो ।

माथेमा कार्यदलको प्रतिवेदन र डा केसीको माग विपरीत तयार पारीएको विधयेक प्रतिनिधिसभामा प्रतिनिधि सभामा लाँदा पास गर्न कठिनाई हुने देखेपछि सरकारले सिधै राष्ट्रिय सभामा लाने तयारी गरेको बताईएको छ ।

सरकारले डा केसीसँगको सम्झौता अनुसार गत वर्ष चिकित्सा शिक्षा अध्यादेश जारी गरेको थियो। उक्त अध्यादेश राष्ट्रपति विद्यदेवी भण्डारीले पहिलो पटक गत वर्ष कात्तिक २४ मा जारी गरेकी थिइन्।

सरकारले डा केसीको माग र केदारभक्त माथेमाको संयोजकत्वमा बनेको ‘चिकित्सा शिक्षा सम्बन्धी राष्ट्रिय नीति तर्जुमा उच्चस्तरीय कार्यदल’ ले पेश गरेको प्रतिवेदनको मर्म विपरीत आफ्ना दलका नेताको लगानीमा मेडिकल कलेज स्थापनाको तयारी गरेपनि सफल नबनेको बेला उनीहरुलाई नै सहज हुने गरी विधेयकको मस्यौदा राष्ट्रियसभामा लैजाने निर्णय गरेको बताईएको छ ।

अध्यादेशको प्रतिस्थापन विधेयक ल्याउने क्रममा स्वास्थ्य क्षेत्रको सुधार अभियानको मर्म नै मेटिने गरी विधयेक ल्याउन लागेको भन्दै डा केसीले अनशनको घोषणा गरेका हुन्। केसी र माथेमा कार्यदलले तयार पारेको प्रतिवेदनको ठिक विपरीतका कुरा समेटेर विधयेकको तयारी भएपछि केसी फेरी अनशनका लागि कर्णाली पुगेका हुन् । -पहिलो किताब

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

वरिष्ठ बालरोग विशेषज्ञ अग्रवालको निधन

विराटनगर/ वरिष्ठ बालरोग विशेषज्ञ डा. विमल अग्रवालको निधन भएको छ। विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा

प्रथम स्वर्णपदक विजेता यादव मुख्यमंत्रीद्वारा ५ लाख ११ हजारले पुरस्कृत

जनकपुरधाम/ मुख्यमन्त्री लालबाबु राउतले प्रथम स्वर्णपदक विजेता अजित कुमार यादवलाई आज पुरस्कृत गर्नुभएको

बिहेका लागि घर आएका प्रहरी जवान यादबको दुर्घटनामा मृत्यू

बर्दिया/ बर्दियामा मोटरसाइकल दुर्घटना हुँदा प्रहरी जवानको मृत्यु भएको छ । गुलरिया नगरपालिका–१ खैराप


सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2019 - Pradeshportal.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६