शनिबार र आइतबार विशेषगरी भारी वर्षा हुन सक्ने र त्यहाँबाट बग्ने खोलानालामा वहाव खतरा

  • प्रकाशित मितिः असार 15, 2075
  • मधेश स्पेशल
  • 285 पटक पढिएको

काठमाडौं / सरकारले देशैभर मौसम सक्रिय भएको र भारी वर्षाका कारण हुने सम्भावित दुर्घटनाबाट सतर्क रहन सम्बन्धित सबै पक्षलाई आह्वान गरेको छ । शनिबार र आइतबार विशेषगरी मध्य र पश्चिमी भू–भागका तराई, चुरे र मध्यपहाडी क्षेत्रहरुमा भारी वर्षा हुन सक्ने र त्यहाँबाट बग्ने खोलानालामा वहाव खतरा तहभन्दा बढी जान सक्ने देखिएकोले सबैलाई सतर्ककता अप्नाउन आह्वान गरिएको हो ।

सम्भावित जोखिममा रहेका क्षेत्रहरुमा पूर्व तयारीलाई प्राथमिकता दिन र प्रतिकार्यको लागि तयार रहन समेत आह्वान गरिएको छ । शुक्रबार बाढी सतर्कता केन्द्रले सुचना जारी गर्दै भनेको छस् ‘देशमा मौसम सकृय भएको छ र विभिन्न तरिकाबाट गरिएका मौसम पूर्वानुमानहरुले भोली र पर्सी करिव देशैभर९विशेषतः मध्य र पश्चिमी भू–भागका खासगरि तराई, चुरे र मध्यपहाडी क्षेत्रहरुमा मध्यम देखि भारी सम्म वर्षा हुन सक्ने देखाएको र सो अनुसार गरिएको बाढी पूर्वानुमानमा समेत विशेष गरी चुरे क्षेत्रबाट प्रबाह हुने सवै खोलानालाहरुमा बहाब खतरा तहभन्दा माथि जान सक्ने देखाएकोले तराई र चुरे क्षेत्रमा पर्ने सवै जिल्लाहरुमा उच्च सतर्कता अपनाऔं। आजैबाट पूर्वतयारीलाई प्राथमिकता दिऔं र प्रतिकार्यको लागि तयार होऔं। पहाडी क्षेत्रका वेसिहरुमा बाढी सतर्कता अपनाऔं र पहिरोग्रस्त क्षेत्रमा समेत विशेष सतर्कता अपनाऔं।’

सभार– रातोपाटी

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

दहेज

कथाकार– धनेश्वर ठाकुर आज भन्दा धेरै वर्ष पहिले म काठमाण्डौं को कोटेश्वर भन्ने ठाउमा बस्थे र एउटा किरान

रक्षा बन्धन पर्व धुमधामका साथ मनाइँदै

मधेश स्पेशल समाचारदातासुखीपुर (सिरहा) / श्रावण शुक्ल पूर्णिमाका अवसरमा आज रक्षा बन्धन, जनै पूर्णिमा (ऋषि त

सरकारी जागिर छाडेर मछा पालनमा रमाएका विसुन देव मण्डल

रोयाण्टर मण्डलसुखीपुर (सिरहा) / सिरहाको धनगढीमाई नगरपालिका वडा नम्बर ६ सिमराका विसनु देव मण्डलले बिगत २४ व


सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2019 - Pradeshportal.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६