जमीन बाँझो नराख्ने गरी भू–उपयोग नीति ल्याउने

  • प्रकाशित मितिः असार 15, 2075
  • मधेश स्पेशल
  • 151 पटक पढिएको

काठमाडौँ/ उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले खेतीयोग्य जमीन बाँझो नराख्न र त्यस्तो जग्गामा बस्ती बसाउन नमिल्ने गरी सरकारले भू–उपयोग नीति ल्याउने बताउनुभएको छ ।

युवासंघ नेपाल र योङ कम्युनिष्ट लिगको आयोजनामा आजदेखि शुरु भएको तीनदिने श्रमदानमा युवा कार्यक्रमअन्तर्गत बूढानीलकण्ठ नगरपालिका वडा नं १ तौलुङस्थित खेतमा धान रोपाइँ महोत्सवको उद्घाटन गर्दै उहाँले खेतीयोग्य जमीनमा खेती गरेर मुलुकको कृषि उत्पादनलाई वृद्धि गर्नुपर्ने र त्यस्तो जमीनमा प्लटिङ गर्न र बस्ती बसाउन नपाइने गरी नीति ल्याउने बताउनुभयो ।

मन्त्री पोखरेलले जनतासँग नेपाल कम्युनिष्ट पार्टी र नेपाल सरकार सधैँ एकाकार हुने उल्लेख गर्दै युवाको उक्त अभियानले मुलुकभर कहाँ कति श्रमदान ग¥यो भन्ने विवरण सार्वजनिक गर्नुपर्ने कुरामा जोड दिनुभयो ।

युवासंघ नेपालका अध्यक्ष रमेश पौडेलले आफूहरुले सो अवधिमा मुलुकका करीब ७०० स्थानमा धान रोपाइँका लागि श्रमदान गर्ने जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

बरियारपट्टी गाउँपालिकाको बजेट ४१ करोड ३४ लाख

रोयाण्टर मण्डल / कृष्ण मोहन चौधरी / हरिपति लाल कर्ण / विपी भुवन  सुखीपुर (सिरहा) /   ‘कृषि , शिक्षा, पु

जगदेव कामतलाई एक लाखको प्रज्ञा पुरस्कार

शास्त्रीय सङ्गीतको क्षेत्रमा उल्ख्य योगदान पुर्याएर पनि गुमनामीको जीवन बिताइरहेका मिथिलाका साधक जगदेव

लहानमा सवारी दुर्घटनामा परि ३ जनाको मृत्यु , दर्जनौ घाइते

फिरोज शेख लहान । सिरहाको लहानमा सवारी दुर्घटनामा परि ३ जनाको मृत्यु भएको भएको छ,भने एक दर्जन भन्दा बढी घाइ


सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2019 - Pradeshportal.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६