एक कर्मचारी एक बिरुवा रोप्ने कार्यक्रम

  • प्रकाशित मितिः असार 15, 2075
  • मधेश स्पेशल
  • 144 पटक पढिएको

चितवन/ सरकारको एक नेपाली एक फलफूलको बिरुवा रोपन कार्यक्रमलाई सहयोग पु¥याउने उद्देश्यले आज यहाँ फलफूलका बिरुवा रोप्ने कार्यक्रम सम्पन्न भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले आफ्नै परिसरमा वृक्षरोपण गरी जिल्लामा यो अभियानको थालनी गरेको हो ।

एक कर्मचारी एक फलफूलको बिरुवा रोपनका नामबाट प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले श्रीखण्डको बिरुवा रोपेर कार्यक्रमको शुभारम्भ गर्नुभयो । सो अवसरमा उहाँले विश्व बातावरण दिवसका अवसरमा प्रधानमन्त्रीले एक नेपाली एक फलफूलको बिरुवा रोप्ने कार्यक्रम शुभारम्भ गर्नुभएको भन्दै गृहमन्त्रालयले आफ्ना मातहतका कार्यालयहरूमा एक कर्मचारी एक बिरुवा रोप्ने कार्यक्रम गर्न निर्देशन दिएको बताउनुभयो ।

वर्षभरीनै यो कार्यक्रम जारी रहने उहाँले बताउनुभयो । सो अवसरमा श्रीखण्ड, म्याङ्गोस्टिक, जामुना, कपुर, रुद्राक्ष, लिची, आँपजस्ता फलफूलका बिरुवा रोपिएको थियो । एक सय वटा बिरुवा आज प्रशासन परिसरमा रोपिएको हो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

गरिब दलित बिरामीको उपचार गर्न तलबबाट महिनाकाे ५ हजार दिने: नगर प्रमुख पासमान

सराेज कुमार पासमान कर्जन्हा। सिरहाकाे कर्जन्हामा रहेकाे फु.कु.म.मे. हस्पिटलमा आजबाट आमा तथा नवजात शिशु सु

कमजोर वर्गको अधिकारबारे चर्चा

काठमाडौं । पिछड़ा वर्गका पूर्व का़वा अध्यक्ष एवं केन्द्रीय सल्लाहकार तथा जनकपुर चुरोट कारखानाका पूर्व मह

अवैध बलुवा गिट्टी सहित ३ ट्याक्टर छोडियो

मुकेश यादव लहान / अवैध रुपमा बलुवा गिट्टी उत्खनन गरेको ३ वटा टयाक्टर लाई जिल्ला समन्वय समितिले आर्थिक प्रभ

Madhesh Special
Facebook Group · 141 members
Join Group
 

सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2019 - Pradeshportal.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६