कृषि उत्पादन दोब्बर बनाइने

  • प्रकाशित मितिः असार 12, 2075
  • मधेश स्पेशल
  • 970 पटक पढिएको

काठमाडौँ/ कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री चक्रपाणि खनालले स्पष्ट रणनीतिक पूर्वाधार एवं नीति बनाएर पाँच वर्षमा कृषि उत्पादनमा दोब्बर बनाउने लक्ष्य लिएको बताउनुभएको छ ।

विनियोजन विधेयकमाथिको छलफल गर्ने क्रममा सांसदले उठाएका प्रश्नको जवाफ दिँदै उहाँले अन्न उत्पादनका लागि आवश्यक पर्ने सबै सामग्री तथा प्रविधि उपलब्ध गराउन पर्याप्त बजेट उपलब्ध गराइने बताउनुभयो ।

माटोको गुणस्तर सुधार ल्याउन परीक्षण प्रयोगशाला, प्राङ्गारिक खेतीका लागि बजेट पर्याप्त गरिएको छ भन्दै उहाँले आत्मनिर्भरता हासिल गर्ने विश्वास व्यक्त गर्नुभयो ।

मासुजन्य क्षेत्रमा आत्मनिर्भर हुन किसानलाई सहयोग गर्ने जानकारी दिँदै उहाँले त्यसका लागि सबै प्रावधान मिलाइने बताउनुभयो ।

कृषि तथा पशुपक्षी बीमाका लागि सरकारले अनुदान दिन रु ४० करोड बजेट विनियोजन गरेको उहाँको भनाइ थियो । मन्त्री खनालले मिसावट नियन्त्रण गर्न अनुगमन गरिने उल्लेख गर्दै त्यसका लागि सबै प्रबन्ध मिलाइएको बताउनुभयो ।

कृषि उत्पादनका लागि संविधानअनुसार कृषियोग्य जमिनका लागि भू–उपयोग ऐन पेश गर्ने जानकारी गराउँदै उहाँले ११ जिल्लाका सरकारी र निजी जग्गाका विषयमा काम भइसकेको बताउनुभयो ।

उहाँले सहकारीलाई कार्यक्षेत्रका आधारमा स्थानीय तहसम्म लैजाने बताउनुभयो । मन्त्री खनालले गुठी जग्गाका गुठी व्यवस्थापनका लागि कानून संशोधन गरेर अगाडि बढिने स्पष्ट पार्नुभयो । आधुनिक सूचना प्रविधियुक्त जग्गाको अभिलेख राख्ने तयारी अगाडि बढाएको उहाँको भनाइ छ ।

दूधको मिसावटलाई रोक्नका लागि कार्यविधि बनाएर कार्यान्वयनमा ल्याएकोे बताउँदै मन्त्री खनालले त्यस्ता गैरकानूनी कार्यलाई चाँडै नियन्त्रणमा लिइने विश्वास दिलाउनुभयो । (रासस)

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

प्रदेशकै नमुना उपभोक्ता समिति , स्टिमेट भन्दा बढी काम गरेता पनि बचत भयो ९ लाख ३५ हजार रुपैयाँ

विन्दे यादवसुखीपुर (सिरहा) / नेपालमा भ्रटाचार भए रहेको खवर बारम्बार संचार माध्यमबाट समाचार सुनी रहनु हुन्

विद्यापति पुरस्कार पाउने पाँच जना स्रष्टाहरुको नाम सार्वजनिक

विन्दे यादवसुखीपुर (सिरहा) । नेपाल विद्यापति मैथिली भाषा साहित्य पुरस्कार साहित्यकार रमेश रञ्जन झालाई प्

सुखीपुरमा नेकपा एमाले र नेपाली काँग्रेस बीचको गठबन्धन विजयी

रोयाण्टर मण्डलसिरहा । सुखीपुर नगरपालिकाको नगर कार्यपालिका चुनावमा नेकपा एमाले र नेपाली काँग्रेस बीचको

सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2022 - Madheshspecial.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६