भारतमा अलैंचीको उत्पादन बढेपछि नेपालमा अलैंचीको कारोबार ठप्प

  • प्रकाशित मितिः पुष 9, 2074
  • मधेश स्पेशल
  • 291 पटक पढिएको

आइतबार ०९, पुष, ईटहरी: नेपाली अलैंचीको मूल्य घट्दै गएपछि पूर्वी पहाडि जिल्लामा यसको कारोबार ठप्प भएको छ ।

पहिले प्रतिमन एक लाख रुपैयाँभन्दा बढीमा कारोबार हुने गरेको अलैंचीको भाउ अहिले २५, २६ हजार रुपैयाँमा झरेको छ । अलैंचीको राम्रो उत्पादन हुने ताप्लेजुङ, पाँचथर, ईलाम, तेह्रथुम, धनकुटालगायत जिल्लाका कृषकले भाउ बढ्दै जाँदा धान खेतनै मासेर लगाएको अलैंचीले फल दिन थालेपछि भने भाउ घटेको छ । अलैंचीको मूल्य लगातार घट्दै जादा धानखेती मासेर अलैंचीखेती तर्फ आकर्षित भएका किसानको जिविकोपार्जनमा समस्या आएको छ ।

पूर्वी पहाडी जिल्लामा सबैभन्दा बढी उत्पादन हुने नगदेबाली अलैंचीको राम्रो कारोबार नभएको एक वर्ष भइसकेको छ । अलैंचीको मुख्य बजार भारत हो ,तर पछिल्लो समय भारतमा अलैंची उत्पादन बढेपछि नेपाली उत्पादनले मूल्य पाएको छैन् ।

नेपाली अलैंची निर्यातकर्ता भारत सिलगुडीका बाबुलाल जयनले भारतमा अलैंची उत्पादन बढेपछि यताको मूल्य घटेको बताए । उनका अनुसार बजारलाई पुग्दो अलैंची सिक्किम, दार्जिलिङ, असाम, मेघालयलगायत क्षेत्रमा उत्पादन भएपछि नेपाली अलैंचीलाई प्रतिस्पर्धात्मक मूल्य दिन सकेको हो ।

नेपाल अलैची व्यवसायी संघ ताप्लेजुङका अध्यक्ष बालमणि बरालले सरकारले अलैंचीको निकासीमा चासो नदिंदा कारोबारमा समस्या आएको बताए । अलैंची मूल्य बढ्ने आशामा कतिपय कृषकले घरमै थन्क्याएर राखेका छन् भने कतिले दैनिक घरखर्च चलाउन कम मूल्यमै बिक्री गरेका छन् ।

मूल्य बढ्ने आशमा नेपाली व्यापारीले पनि ८० प्रतिशत अलैंची भण्डारण गरी राखेको बिर्तामोडका व्यवसायीले बताए ।

नेपालको आफ्नै ट्रेडमार्क नुहँदा सिन्डिकेट बजारले नेपालको अलैंची भारत र बंगलादेश बढी जाने गर्छ । कालो सुनको नामले चिनिएको अलैंचीको अन्तर्राष्ट्रिय बजार खोजी गर्न सकेमा किसानको अवस्था सुधार हुने विज्ञहरुको भनाई छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

शिक्षा सेवामा सोधिने सम्भावित प्रश्नहरुको संगालो

 डि.एन. यादबशैक्षिक जनशक्ति तालिम निति कहिले बनेको हो ?– २०६२माध्यमिक शिक्षा पाठ्यक्रम ढाचा २०६४ अनुसा

सबैजसो क्षेत्र राजनीतिबाट प्रभावित

सुरेन्द्र साहठूलो भएपछि के बन्छौ ?श्र कसैले सोध्यो भने धेरैको जवाफ हुन्छ , डाक्टर, इन्जिनियर, पायलट समाजसे

सुखीपुरकी सानुमैयाको गीत सुनेर सबैको मन मोहित

    1 मोहे रंग दो लाल मोहे रंग दो लाल नंद के लाल लाल छेड़ो नहीं बस रंग दो लाल मोहे रंग दो लालदेखूं

Madhesh Special
Facebook Group · 141 members
Join Group
 

सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2018 - Pradeshportal.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६