सुखीपुरमा पनि चौथो विश्व योग दिवस मनायो

  • प्रकाशित मितिः असार 7, 2075
  • 228 पटक पढिएको
  • रोयाण्टर मण्डल

रोयाण्टर मण्डल
सुखीपुर (सिरहा) , / विश्व योग दिवसका अवसर सिरहाको सुखीपुरमा पनि पतञ्जली योगपीठ तथा विभिन्न संघसंस्था बिद्यालयहरुले विभिन्न कार्यक्रमका साथ चौथो विश्व योग दिवस मनाएका छन ।
सिरहा सुखीपुर नगरपालिका वडा नम्बर ८ स्थित रहेको राजदेवी चौकबाट निकालिएको ¥याली मोन्टेश्वरी चौक, शुभकामना चौक , ग्रामिण बजार हुदै सुखीपुर व्यपार समिति सुखीपुरको भवन अगाडी कोणसभामा परिणत भएको थियो ।
पतञ्जली योग योगपीठ सुखीपुर अध्यक्ष कामेश्वर प्रसाद चौधरीको अध्यक्षतामा भएको कोणसभामा सुखीपुर ब्यापार समितिका अध्यक्ष शत्रुधन प्रसाद चौधरी , जिल्ला पतञ्जली योग समिति सिरहाका सदस्य तथा कार्यक्रमका प्रमुख अतिथी रामपति यादब , ईलाका प्रहरी कार्यालय सुखीपुरका ईन्चार्ज लगायतका योग साधकहरु योगका बारेमा बोल्नु भएको थियो ।
योग अभ्यासलाई सही रुपमा प्रयोग गर्न सके रोग लाग्नबाट बच्न सकिने छ । साथै बिरामीले पनि सामान्य तरिकाले योग गर्न सकिने छन् । योग अभ्यासकै कारण आत्म सुद्ध हुने, मनोबल उच्च हुने, स्मरण शक्तिको बिकास हुने, थकान कम हुने, कामगर्ने तवर तरिकामा परिवर्तन आउनुका साथै रोगसँग लड्ने क्षमताको समेत विकास हुने र सकारात्मक सोचको भावनामा बृद्धि हुने जस्ता जानकारी उहाँहरुले गराउनुभयो ।
यता, नयाँ नेपाल एकिकृत विकास केन्द्र सुखीपुरले पनि आफनो तालिममा प्रशिक्षण लिई रहेका सयौ महिलाहरुलाई विश्व योग दिवसका अवसरमा १५ मिनेट योग गराएका प्रशिक्षक चन्देश्वर कामैतले बताउनुभयो ।
उहाँले भन्नुभयो – योगले सबभन्दा बढी फैईदाजनक महिलाहरुलाई हुने भएकोले यस संस्थाको सम्पूर्ण कार्यक्रममा १५ मिनेट योगका बारेमा तालिममा सहभागि भएकाहरुलाई सिकाउने गरेका छौ ।

 

प्रतिक्रिया दिनुहोस


Copyright © 2017 - Madheshspecial.com All rights reserved