अध्यक्ष गोईत "अाफै बाेक्सी, आफै धामी", भतिजो ले बनायो काका ले भत्कायो

  • प्रकाशित मितिः असार 3, 2075
  • 432 पटक पढिएको
  • मधेश स्पेशल

मनोज वनैता
सप्तरी / सप्तरीको बलानबिहुल गाउपालिका वडा न। २ मा बिधुतीकरनको लागि गाडिएको ९खम्बाहरु० पोलहरु तोडफोड गरिएको छ । कुशहा( बेल्ही सडकखन्ड बाट दिघिया दक्षिणवारि टोल जोडनको लागि गाडिएका जम्मा १३ वटा पोलहरु भत्काईएका छन । स्थानिय प्रहरी चौकी चन्हीका ईन्चार्ज असय पंकज सिहं का अनुसार पोल गाडिने दिन पनि हल्का विवाद भएका थिए । हाम्रो खेतमा पोल गाडे हामी पोल रहन दिनौ छेनी र हथौड़ा ले भत्काउछौ भनी एक दिघिया बासी सुरेन्द्र यादव ले धम्की दिएका थिए । घट्नामा संलग्नता हुन सक्ने भन्दै नेपाल प्रहरी ले ३ जनालाई अनुसन्धान गर्न हिरासत मा लिएका थिए गिरफ्तार गरिएकाहरु दिघिया का सुरेन्द्र यादव, सोही गाउँका उपेन्द्र यादव,, रामदेव यादव र पथराहा टोलका हरि साह थिए तर रजनैतिक दवाबका कारण जमानतमा छोडिएका छन । केहि व्यक्ति फरार समेत भएका छन । फरार हुनेमा चन्ही निवासी सत्यनारायण गोईत, अछमितलाल चौधरी, लगायत का छन । प्राप्त जानकारी अनुसार यो घट्नाको प्रमुख योजनाकार सत्यनारायण गोईत हुनसक्ने शंका उब्जिएको छ । सत्यनारायण गोईत हाल गाउँ बाट फरार भइ छिमेकी राष्ट्र भारतमा लुकेको हुन सक्ने प्रहरीको अनुमान छ । प्रहरी श्रोत को अनुसार उक्त अपराधमा बलान बिहुलका अध्यक्ष दयानन्द गोईतका आफ्नै काका सत्यनारायण गोइत पनि मुछिएका हुनाले अनुसन्धान मा अलि कठिनाइ भएको हो । प्रतिपक्षीहरु ले अध्यक्ष गोईत माथी ूआफै बोक्सी, आफै धामीू भएको आरोप समेत लगाएका छन । अध्यक्ष गोईत लाई सम्पर्क गर्दा मोवाईल बन्द रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस


Copyright © 2017 - Madheshspecial.com All rights reserved