माग पुरा नभए राजपा आन्दोलनमा जाने निश्चित

  • प्रकाशित मितिः असार 2, 2075
  • रिन्कु दास
  • 156 पटक पढिएको

लहान/ आउंदो बैठकबाट संसदीय दलको नेता चयन गर्ने भन्दै राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले पार्टीभित्र कुनै विवाद नरहेको बताउंनुभयो । कार्यकर्ता भेटघाट कार्यक्रममा सिरहाको चोहर्वामा आज महतोले असार ४ गतेदेखि हुने राजनीतिक समितिको बैठकले संसदीय दलको नेता चयन गर्ने दावी गर्नुभयो ।

महतोले संविधान संशोधनलगायत सयौ झुठा मुद्दा र जनताले प्रमाणपत्र दिईसकेको तर सरकारले रेशम चौधरीलाई शपथग्रहण नगराएसम्म सरकारमा जान हाम्रो पार्टी ‘स’ पनि उच्चारण नगर्ने बताउंनुभयो ।

हाम्रो क्लियरकट कुरा छ । माग पूरा नभए राजपा आन्दोलनमा जाने निश्चित छ । आन्दोलनको लागि तपाईंहरु तयारीमा लाग्नुस् अध्यक्ष महतो भन्नुभयो ।

गच्छेदार मधेश र मधेशीप्रति गद्दारी गरेर कांग्रेसमा घर फर्किए । उपेन्द्र कम्युनिष्टमा फर्किन सरकारमा गएको हो । अब मधेश र मधेशीको पार्टी राजपा मात्र रहेकोले जनताको माइन्डेड विना सरकारमा जान कल्पना पनि गरेका छैन उहां महतोले बताउंनुभयो ।

६ महिना आन्दोलन । सयौ सहिद । हजारौ अपांग । सारा उद्योग धन्दा चौपट । नाकाबन्दी यि सबै मन्त्री बन्नको लागि आन्दोलन नगरेको अध्यक्ष महतो स्पष्ट पार्नुृभयो ।

कांग्रेस, कम्युनिष्ट र फोरमबाट जनता फ्रस्टेशन भइसकेका छन् । सयौं नेता आएर भन्छन् राजपा विना यो देश नचल्ने भन्दै देश चलाउंनको लागि राजपा नै चाहिन्छ उहांले बताउंनुभयो ।

कार्यक्रममा प्रदेश २ का सांसद मनिष सुमनले कम्युनिष्टहरु शाही सरकार भन्दा पनि शोषक दमनकारी हो । कम्युनिष्ट सरकारको कारण लोकतन्त्र खतरामा छ । वाक स्वतन्त्रता समेत हनन गर्न उनीहरु अघि बढिरहेको छ । पत्रकारसंगको अन्तरवार्ता हुंदा कार्यक्रम नै बन्द गरिएको छ । भोली स्वतन्त्र रुपमा लेख्न फोटो खिच्न समेत बन्देज गर्ने उनीहरु तयारी गरिरहेको उहांले खुलासा गर्नुभयो ।

यस्तो अवस्थामा कम्युनिष्ट सरकार यो देशमा नचल्न दिन आम जनता सडकमा आउंनुपर्ने भन्दै लोकतान्त्रिक व्यवस्थालाई संस्थागत गर्न वाक स्वतन्त्रता नै चाहिन्छ उहां सुमनले बताउंनुभयो । आजको कार्यक्रममा विभिन्न पार्टी परित्याग गर्दै सयौ व्यक्ति राजपामा प्रवेश गरेका छन् । कार्यक्रम राजपाको सिरहा अध्यक्ष रामबहादुर महतोका सभाध्यक्षतामा भएको थियो । -पूर्वान्चल एक्सप्रेस

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

शिक्षा सेवामा सोधिने सम्भावित प्रश्नहरुको संगालो

 डि.एन. यादबशैक्षिक जनशक्ति तालिम निति कहिले बनेको हो ?– २०६२माध्यमिक शिक्षा पाठ्यक्रम ढाचा २०६४ अनुसा

सबैजसो क्षेत्र राजनीतिबाट प्रभावित

सुरेन्द्र साहठूलो भएपछि के बन्छौ ?श्र कसैले सोध्यो भने धेरैको जवाफ हुन्छ , डाक्टर, इन्जिनियर, पायलट समाजसे

सुखीपुरकी सानुमैयाको गीत सुनेर सबैको मन मोहित

    1 मोहे रंग दो लाल मोहे रंग दो लाल नंद के लाल लाल छेड़ो नहीं बस रंग दो लाल मोहे रंग दो लालदेखूं

Madhesh Special
Facebook Group · 141 members
Join Group
 

सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2018 - Pradeshportal.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६