सुखीपुर नगरपालिकामा ९ औं दिन देखि धर्ना

  • प्रकाशित मितिः असार 1, 2075
  • मधेश स्पेशल
  • 617 पटक पढिएको

रोयाण्टर मण्डल
सुखीपुर (सिरहा) / सिरहाको सुखीपुर नगरपालिकाको नगर प्रमुखले निरंकुश शैली, भ्रष्टाचार र अलोकप्रिय शासन ब्यबस्था चलाएको विरुद्धमा संयुक्त संघर्ष समितिले ९ औं दिन देखी नगरपालिका कार्यालयमा धर्ना दिदै आएको छ ।
नेपाली काँग्रेस, राजापा नेपाल र संघीय समाजवादी फोरम नेपालका नगर समितिले संयुक्त संघर्ष समिति गठनगरी आन्दोलनको ११ बुन्दे कारण र २१ बुन्दे आन्दोलनको मांगहरुराखी आन्दोलन गर्दै आएको नेपाली काँग्रेसका नेता विपि भुवन यादबले बताउनुभयो ।
उहाँले भन्नुभयो– आन्दोलन हाम्रो बाध्यता मात्रै हो । हामी शौखले आन्दोलन गरेका छैनौ । हामीहरु अपिल प्रकाशन गरेका छौ । अपिल अनुसार मांग पुरा भए आन्दोलन तुरुन्त अन्त हुनेछन् । नगर प्रमुखले आन्दोलन दबाउन विभिन्न प्रयास गर्दै आएता पनि आन्दोलन कसैले दबाउन सकिदैन् । आन्दोलनलाई वक्र्ता मार्फत समाधान गर्नुपर्छ । तर वक्र्ताका लागि नगरपालिकोको पहल कमजोर रहेको छ । अधिकांश योजना लगायतका बजेटमा भ्रष्टाचारी गर्दै आएको छ ।
यता नगर प्रमुख रामऔतार यादबले आफू राम्रो काम गर्न थालेपछि विकास विरोधीहरुले विभिन्न प्रकारका आरोप लगाउने गरेका छन् । आफू लोकतान्त्रिक हिसाबले नै नगरपालिकाको प्रत्येक वडामा समान रुपमा वजेट वितरण गरेता पनि तनाशाह, भ्रष्टाचारी भन्छ । म आफै पनि भ्रष्टाचारको विरोधी मान्छे । विकास प्रेमी मान्छे तर ममाथि भ्रष्टाचारको आरोप उहाँहरुले लगाउनु भयो म भन्न चाहन्छु मेरो बारेमा तपाईहरु कहाँ धेरै प्रमाण छ । प्रमाण बमोजिम ममाथी कर्वाहरु गर्नु म प्रमाणित भए कानुन बमोजिम कवार्ही सहौला । मलाई अख्तियारमा फसाउदा पनि हुन्छ । यस नगरपालिकाका कुनै पनि कर्मचारी घुसमा संलगन रहेको प्रमाणित भए कानुन बमोजिम कर्वाही गर्न प्रतिवद्ध छु । तर सुखीपुरको मुहार परिवर्तन गर्ने बेलामै विभिन्न प्रकारको नारा लगाएर आन्दोलन गरेको प्रति दुखित छु । तर विकास गरेर सुखीपुर नगरपालिकालाई ५ वर्ष भित्र नमुना नगरपालिकाको रुपमा स्थापित गरेर देखाउने छु मेरो प्रतिवद्धता पनि हो ।
सुखीपुर नगरपालिकालाई आन्दोलनलाई वक्र्ता मार्फत समाधान गरेर सुखीपुर नगरपालिलाई नमुना बनाउन अगाडी बढनु पर्ने स्थानीयवासीहरुको चिया पसलमा चर्चाको विषय बन्ने गरेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

कालोपट्टी बाँधेर स्थानीय तहको कर्मचारीहरुले गरे कामकाज ठप्प

सुखीपुर समाचारदातासुखीपुर (सिरहा) / स्थानीय तहका कर्मचारीहरुले ‘कर्मचारी समायोजन अध्यादेश’को विरोधम

अध्यादेशविरुद्ध कर्मचारीहरुले आफनै कार्यालयको मुलगेटमा धर्ना

रोयाण्टर मण्डल सुखीपुर (सिरहा) / सरकारले हालै जारी गरेको कर्मचारी समायोजन अध्यादेशविरुद्ध स्थानीय तह कर्

मिशन मधेशमा कसिसले सुपर छवी प्रस्तुत गर्दैछीन्

लहान,  । विगतमा भएको शोषण दमन र मधेश आन्दोलनलाई समेटिएर चित्रण गर्दै निर्माणमा रहेको मिशन मधेशको फाइट र क

Madhesh Special
Facebook Group · 141 members
Join Group
 

सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2018 - Pradeshportal.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६