जेब्राक्रसिङबाटै पैदल यात्रु असुरक्षित : इटहरीमा ट्राफिक जनचेतना शून्य

  • प्रकाशित मितिः जेठ 26, 2075
  • 79 पटक पढिएको
  • मधेश स्पेशल

इटहरी/ गत साता बेलबारीका सुमन भण्डारी इटहरीको जेब्रा क्रसबाट बाटो काट्दै गर्दा मोटरसाइकलले ठक्कर दिएर घाइते बने । उनलाई उल्टै मोटरचालकले थर्काएर हिडे । इटहरीको हङकङ मार्केटबाट कपडा बोकेर पूर्व तर्फ आउँदा बिराटनगर रोडस्थित जेब्राक्रशिङबाट बाटो काट्दै गर्दा मोटरसाइकलले ठक्कर दिएको थियो । उनलाई सामान्य चोट लागेपनि ती मोटरसाइकल चालकले माफी माग्नुको सट्टा उल्टै आँखा छैन भन्दै हप्काएर गए । त्यस्तै गत साता कै मङ्गलवार साझ जेब्रा क्रसबाट सडक पार गर्न खोज्दा एक दम्पती मृत्युको मुखबाट बाच्न सफल भए । राजमार्गबाट सडक पार गर्न जेब्राक्रसबाट हिडेका उनीहरूलाई पूर्वबाट तीव्र गतिमा आएको स्कारपिओले झन्डै ठक्कर दिएको थियो । सावधानी अपनाएर पछि हटेकाले उनलाई केही भएन ।

मुख्य राजमार्गहरूमा गुड्ने सवारीको चापबाट बच्न र पैदल यात्रीहरूलाई सुरक्षित बाटो काट्न बनाइएको जेब्राक्रसिङबाट यात्रुहरू असुरक्षित हुने गरेका छन् भन्दा पत्यार नलाग्ला तर सुनसरीको इटहरीमा यस्तै हुने गरेको छ । बर्सेनि पूर्वाञ्चल क्षेत्रीय ट्राफिक प्रहरी कार्यालयले इटहरीले ट्राफिक नियम बारे आधा दर्जन बढी सचेतना कार्यक्रमहरू चलाउदै आएपनि इटहरीमा ट्राफिक सचेतना शून्य बराबर रहेको छ ।

बढ्दो दुर्घटना न्युनिकरण सँगै विशेष गरी पैदल यात्रीहरूका निमित्त बाटो कटन सहज होस भनी निर्माण गरिएका जेब्राक्रसिङ तिनै पैदल यात्रीहरूको लागि अफ्ठेरो बनिदिने गरेको छ । सवारी चालकहरूमा जेब्राक्रसिङबारे सबै जानकारी भए पनि ट्राफिक नियम पालना अन्य जिल्लाको तुलनामा सुनसरीमा कमै भेटिने गरेको पाइन्छ ।

त्यसमध्ये पूर्वाञ्चलकै मुख्य कार्यालय रहेको सहर इटहरीमा ट्राफिक सचेतना शून्य बराबर रहेको छ । चारैतिर जेब्रा क्रसिङ निर्माण गरिएपनि पैदल यात्रीहरू आफूलाई असुरक्षित महसुस गर्ने गरेका छन् । जहा जेब्रा क्रसिङ छ त्यहीबाट सवारीहरू तीव्र गतिले कुदाइदिदा यात्रुहरू आफूलाई असुरक्षित महसुस गर्ने गरेका छन् । इटहरीमा रहेका विभिन्न निजी कलेज , सामाजिक सङ्घ संस्थाहरूको सकिृयतामा अहिले चारैतिर रंगरोगन सहितका जेब्रा क्रसिङ निर्माण भएका छन् तर ट्राफिकले सवारी चालकहरूबिरूद्ध कडा कार्वाहीको नीति ल्याउन नसक्दा जेब्रा क्रसिङको महत्त्व सँगै इटहरीमा ट्राफिक नियम पालना शून्य बनेको छ ।

यता इटहरीको मुख्य राजमार्गमा बनेका जेब्रा क्रशिङहरू बनाएको एक हप्ता बित्न नपाउदै मेटिने गरेका छन् भने ज्ञान भएर पनि अटेरी पन लादने सवारी चालकहरू विरुद्ध कडा कार्वाहीको नीति ल्याउन नसक्दा दुर्घटना न्युनिकरणका लागि ट्राफिक प्रहरीले चलाएको विभिन्न अभियानहरू असफल हुने देखिएका छन् । यस विषयमा पूर्वाञ्चल क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीका प्रहरी प्रमुख एसपी राजकुमार लम्साल सँग सम्पर्क गर्दा उनी अन्यत्रै गएको कारण कुनै कुरा हुन पाएन ।

प्रतिक्रिया दिनुहोस


Copyright © 2017 - Madheshspecial.com All rights reserved