सर्पले डसेर वडा अध्यक्षको मृत्यु

  • प्रकाशित मितिः जेठ 24, 2075
  • 72 पटक पढिएको
  • मधेश स्पेशल

विराटनगर/ मोरङको धनपालथान गाउँपालिका वडा नम्बर २ का वडा अध्यक्ष वलिराम भगतको सर्पले डसेर मृत्यु भएको छ । बुधबार राती १० बजे खुल्ला स्थानमै शौच गर्न निस्कनु भएका भगतलाई सर्पले टोकेको थियो ।

राती सर्पले टोकेपछि भगतलाई कोशी अञ्चल अस्पतालमा उपचारका लागि ल्याइएको थियो । अञ्चल अस्पतालमा उपचार संभव नभएपछि नोबेल अस्पतालमा रेफर गरिएको थियो । उपचारका क्रममा राती १ बजे वडा अध्यक्ष भगतको मृत्यु भएको थियो ।

इलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरीक्षक कविन्द्र कार्कीका अनुसार वडा अध्यक्ष भगतले आफूलाई सर्पले टोकेका भन्ने कुरा सुरुमै यकिन नगरेका कारण उपचारमा लैजान ढिलो भएकाले मृत्यु भएको हो । भगतलाई एक्कासी समस्या भएपछि परिवारले प्रहरीलाई नै खबर गरेका थिए । त्यसपछि उनलाई उपचारका लागि अस्पताल पठाइएको प्रहरी निरीक्षक कार्कीले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस


Copyright © 2017 - Madheshspecial.com All rights reserved