धरानमा पनि सुनको तस्करी , ७ सय १२ ग्राम सुन सहित पक्राउ

  • प्रकाशित मितिः जेठ 22, 2075
  • मधेश स्पेशल
  • 211 पटक पढिएको

धरान/ साढे ३३ केजी सुन तस्कर प्रकरण र सनम हत्या सेलाउन नपाउँदै धरानमा पनि अवैध सुन सहित प्रहरीले सोमबार राती पक्राउ गरेको छ । धरानमा ७ सय १२ ग्राम सुन सहित दुइ जनालाई प्रहरीले पक्राउ गरेको हो । प्रहरीले धरान १० मुनाल चौकबाट नरेश कुमार विक र सुशान्त विकलाई पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय धरानमा प्रहरी नायव उपरिक्षक रामेश्वर पौडेलका अनुसार धरानका एक सुनचाँदी व्यवसायीको लागि भनेर प्रहरीले द्धयलाई पक्राउ गरेको बताए । डिएसपी पौडेलले भने, पक्राउ परेको दुवै जना बाबुछोरा हुन् । प्रहरीलाई उनीहरुले आफुहरु मोरङको पथरी बजारमा सुनचादी व्यवसाय गर्दै आएको बताएका छन् । अढाइ सय ग्राम दरका दुइ ढिक्का र अरु गहनाका रुपमा रहेको अवस्थामा सुन बरामद गरेको प्रहरीको भनाई रहेको छ ग्राहकले धरौटी राखेको गहना निखनेर नलगेपछि म्याद सकिएका सुनका गहनलाई पगालेर ढिक्का बनाएको विकले बताएपनि विल देखाउन नसक्दा उनीहरु पक्राउ परेका हुन् ।

प्रहरीले सोधीखोजी गर्दा उनीहरुको साथबाट ७ सय १२ ग्रामको कुनै वील वा कागजपत्र फेला नपरेकाले गैरकानूनी धन्दा ठहर गरेर मंगलबार नै विराटनगरस्थित राजश्व अनुसन्धान कार्यालयमा सुनसहित दुवैलाई बुझाएको प्रनाउ पौडेलले बताए । यसैवीच साढे ३३ केजी सुन गायब प्रकरण र उर्लाबारीका सनम शाक्यको हत्यामा मुख्य अभियुक्त बनाइएका चुडामणि उप्रेती उर्फ गोरेका सहयोगी राम तिवारी पक्राउ परेका छन् । दक्षिण कोरियाबाट फर्किएका उनलाई प्रकरणको अनुसन्धान गर्न गठित छानबिन समितिले पक्राउ गरेको हो । समितिका एक अधिकारीले तिवारी मंगलबार पक्राउ परेको पुष्टि गरे ।

यसअघि सार्वजनिक भएको अपराध महाशाखाका तत्कालिन डिएसपी प्रजित केसी र गोरेबीचको संवादमा तिवारीलाई भेट्न गोरेले आग्रह गरेका थिए । उनी आफ्नो सहयोगी भएको सङ्केत गोरेले गरेका थिए । ‘त्योसँगसँगै अन्य सबुत, प्रमाणहरुको आधारमा उनलाई पक्राउ गरिएको हो’, समितिका ती अधिकारीले भने ।त्यसैगरि गृहमन्त्री रामबहादुर थापाले नेपालको सुरक्षा निकायको भौतिक संरचना, उपकरण र तालीममा चीनले गर्दै आएको सहयोगका लागि धन्यवाद दिँदै आगामी दिनमा पनि त्यसको निरन्तरताका लागि चिनियाँ राजदूतसँग आग्रह गरेका छन ।नेपालका लागि चीनका राजदूत यु होङसँग गृह मन्त्रालयमा भएको भेटमा उनले गृहमन्त्रीले नेपाल चीन नाकाबाट सुन तस्करी र डलरको अवैध कारोवार नियन्त्रणका लागि चिनियाँ पक्षको सहयोगका लागि आग्रह गरेका थिए ।

भेटमा राजदूत होङले गृहमन्त्रीका रुपमा कार्यभार सम्हालेकामा चीनका सामाजिक सुरक्षामन्त्रीले पठाउनुभएको बधाई तथा सफल कार्यकालको लिखित शुभकामना सन्देश गृहमन्त्री थापालाई हस्तान्तरण गर्दै नेपालमा चीन विरोधी गतिविधि नियन्त्रणका लागि गृह मन्त्रालयले खेलेको भूमिका प्रशंसनीय रहेको र यसलाई थप प्रभावकारी बनाउन आग्रह गरेका थिए ।उनले नेपाली सुरक्षा निकायलाई चीन सरकारबाट प्रदान गरिने सहयोग, तालीम र उपकरण आगमी दिनमा पनि निरन्तर रहने प्रतिबद्धता व्यक्त गरेका छन् ।राजदूत होङले चीनको नाका हुँदै नेपालमा भइरहेको सुन तस्करीका विषयमा गृहमन्त्री थापाले उठाएको विषयमा आफ्नो देशको सम्बन्धित निकायमा जानकारी गराउने जवाफ दिनु भएको थियो । उनले गृहमन्त्रीका रुपमा मन्त्री थापाले यातायात क्षेत्रको एकाधिकार हटाउने लगायत पछिल्ला सुधारका काम प्रशंसनीय रहेको बताए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

नेपाली कांग्रेस क्षेत्र नम्बर २ सिरहाका समितिले मनाए विपी स्मृती दिवस

रोयाण्टर मण्डलसुखीपुर (सिरहा) / नेपाली कांग्रेस  क्षेत्र नम्बर २ सिरहाका समितिले ३७ औं विपी स्मृती दिव

सुखीपुरका व्यवसायीहरु पनि भीसीटीएसको बिरोधमा उत्रिए

रोयाण्टर मण्डलसुखीपुर (सिरहा) / सरकारले ल्याएको ऐन, नियम र कानून तथा प्रावधानहरु अव्यवहारिक भएको भन्दै सिर

बरियारपट्टी गाउँपालिकाको बजेट ४१ करोड ३४ लाख

रोयाण्टर मण्डल / कृष्ण मोहन चौधरी / हरिपति लाल कर्ण / विपी भुवन  सुखीपुर (सिरहा) /   ‘कृषि , शिक्षा, पु


सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2019 - Pradeshportal.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६