पेट्रोलियम पदार्थको मूल्यवृद्धि विरोधमा जनकपुरमा नेविसंघको प्रदर्शन

  • प्रकाशित मितिः जेठ 21, 2075
  • 259 पटक पढिएको
  • शैलेन्द्र क्रान्ति

जनकपुरधाम/ पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विरोधमा नेपाली काँग्रेस निकट नेपाल विद्यार्थी संगठनले जनकपुरको रामानन्दचोकमा चक्काजाम गर्दै प्रदर्शन गरेको छ । नेविसंघका धनुषा सभापति सुजित मिश्रको नेतृत्वमा विद्यार्थीहरुले दिउँसो रामानन्दचोकमा एक घण्टा चक्कजाम गर्दै प्रदर्शन गरेका हुन् ।

सरकारले शनिवार साँझ पेट्रालियम पदार्थको मूल्यवृद्धि गरेको थियो । उनीहरुले सरकारले गरेको मूल्यवृद्धि फिर्ता लिनु पर्ने माग गरेका छन् । विरोध कार्यक्रममा तरुण दल धनुषाका उपाध्यक्ष राकेश विक्रम साह , कप्लेश्वर महतो लगायतले आ आफ्ना मन्तव्य राखेका थिए । -todaypati

प्रतिक्रिया दिनुहोस


Copyright © 2017 - Madheshspecial.com All rights reserved