धनगढीमा आइएमईका कर्मचारीलाई गोली हान्ने दुई लुटेरा काठमाडौँबाट पक्राउ

  • प्रकाशित मितिः जेठ 21, 2075
  • मधेश स्पेशल
  • 255 पटक पढिएको

काठमाडौ/ साढे ९ लाख रुपैयाँ लुटेर फरार रहेका दुई जना काठमाडौंबाट प्रहरीले पक्राउ गरेको छ । कैलालीको धनगढी उप–महानगरपालिकामा रहेको सिद्धार्थ बैंकबाट पैसा निकालेका प्रभु मनि ट्रान्सफरका कर्मचारी निर्मल कार्कीलाई गोली हानेर उनको साथमा रहेको ९ लाख ५० हजार रुपैयाँ लुटेर फरार रहेका २८ वर्षका रामप्रवेश राना र कुल्लु भनिने २३ वर्षका कालु रानालाई आइतबार राति १ बजे काठमाडौँको गोंगबुबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उनीहरु काठमान्डौँ आएको विशेष सूचनाको आधारमा पक्राउ गरिएको प्रहरीको अपराध महाशाखाले जनाएको छ ।धनगढी–१३ कैलाली गाउँका रामप्रवेश र कञ्चनपुरको कृष्णपुर–९ पिपरियाका कालुलाई अहिले पक्राउ गरि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

नेपाली कांग्रेस क्षेत्र नम्बर २ सिरहाका समितिले मनाए विपी स्मृती दिवस

रोयाण्टर मण्डलसुखीपुर (सिरहा) / नेपाली कांग्रेस  क्षेत्र नम्बर २ सिरहाका समितिले ३७ औं विपी स्मृती दिव

सुखीपुरका व्यवसायीहरु पनि भीसीटीएसको बिरोधमा उत्रिए

रोयाण्टर मण्डलसुखीपुर (सिरहा) / सरकारले ल्याएको ऐन, नियम र कानून तथा प्रावधानहरु अव्यवहारिक भएको भन्दै सिर

बरियारपट्टी गाउँपालिकाको बजेट ४१ करोड ३४ लाख

रोयाण्टर मण्डल / कृष्ण मोहन चौधरी / हरिपति लाल कर्ण / विपी भुवन  सुखीपुर (सिरहा) /   ‘कृषि , शिक्षा, पु


सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2019 - Pradeshportal.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६