ज्वालामुखी विस्फोट: एक गाउँ नै पुरियो, कम्तीमा २५ को मृत्यु

  • प्रकाशित मितिः जेठ 21, 2075
  • 172 पटक पढिएको
  • मधेश स्पेशल

एजेन्सी/ ग्वाटेमालाको फुएगो ज्वालामुखी विस्फोटमा परी कम्तीमा २५ जनाको मृत्यु भएको छ। राजधानी ग्वाटेमाला सहरबाट ४० किलोमिटर दक्षिण–पश्चिममा सो ज्वालामुखी विस्फोट भएको हो।

ज्वालामुखीबाट निस्केको रातो लाभाको नदीले एल रोडियो नाम गाउँलाई पुरेको सञ्चार माध्यमले बताएका छन् । बिस्फोटमा परि सयौँ व्यक्ति घाइते भएका छन् भने लाभा र कालो धुवा हावामा ६ माइलसम्म फैलिएको छ।

राजधानीको विमानस्थल बन्द भएको छ। हजारौँ व्यक्तिहरु विस्थापित भएका छन् भने करिब १७ लाख मानिस प्रभावित हुनसक्ने बताइएको छ ।
सन् १९७४ यताको सबैभन्दा ठूलो ज्वालामुखी भएको बताइएको छ । -पहिलो किताब

प्रतिक्रिया दिनुहोस


Copyright © 2017 - Madheshspecial.com All rights reserved