सुन तस्करी प्रकरण : मुख्य अभियुक्त मानिएका छिरिङ वाङ्गेलद्वारा आत्मसमर्पण

  • प्रकाशित मितिः जेठ 20, 2075
  • 62 पटक पढिएको
  • मधेश स्पेशल

इटहरी/ सनम शाक्य हत्या प्रकरण र सुन तस्करीका विषयमा अनुशन्धान गरीरहेको छानविन समितिले मष्ट वान्टेडको सुचिमा राखेर खोजी गरीरहेका छिरिङ वाङ्गेलले आत्मसमर्पण गरेका छन् ।आईतवार उनले जिल्ला अदालत मोरङमा आत्मसमर्पण गरेका हुन । यस अघि अर्का सर्वाधिक खोजीका एसएसपी श्याम बहादुर खत्रीले पनि अदालतमा आत्मसमर्पण गरेका थिए ।

वाङ्गेलले विराटनगरस्थित जिल्ला अदालत मोरङमा कार्यालय खुल्ने वित्तिकै आत्मसमर्पण गरेका हुन् । आत्मसपर्मण लगत्तै वाङ्गेलको वयान सुरु भएको छ । गिरोहका मुख्य सदस्य मानिएका वाङ्गेल सुन तस्करी प्रकरणमा पक्राउ परेका राप्रपा नेता भुजुङ गुरुङका सालो हुन । उनले नै तस्करीको सुन लुटेको आशंका गरीदैं आएको थियो । सनम शाक्यकी प्रेमिका भनिएकी निशा सेन ठकुरीको बयान र पक्राउ परेका गोरे सहित अन्यको बयानका आधारमा पनि उनी गिरोहका प्रमुख सदस्य भएको खुलेको थियो ।

सुन ओसार पसारमा महत्वपूर्ण भूमिका खेल्दै आएका भनिएका वाङ्गेल तस्करी गरि ल्याइएको साढे ३३ केजी सुन हराएदेखि नै वेपत्ता थिए । -पहिलो किताब

प्रतिक्रिया दिनुहोस


Copyright © 2017 - Madheshspecial.com All rights reserved