सुनसरीमा धरानले पायो धेरै बजेट, प्रदेश नम्बर एकमा चार ठूला आयोजना

  • प्रकाशित मितिः जेठ 17, 2075
  • मधेश स्पेशल
  • 233 पटक पढिएको

धरान/ सरकारले मंगलबार नयाँ आर्थिक वर्ष २०७५ र ०७६ अन्र्तगत समग्र सुनसरी जिल्लामा उपमहानगरपालिका , नगरपालिका र गाउँ पालिका मध्ये धरान उपमहानगरपालिकाले सवै भन्दा वढी वजेट प्राप्त गरेको छ । सुनसरीमा जम्मा १२ वटा स्थानीय छन् । ती मध्ये धरान उपमहानगरपालिकाको लागि वित्तिय समानीकरणतर्फ २८ करोड ६४ लाख र सशर्त अनुदानतर्फ ३१ करोड १३ लाख गरि जम्मा ५९ करोड ७७ लाख बजेट छुट्याइएको छ ।सुनसरीमा रहेका २ वटा उपमहानगर मध्ये धरान उपमहानगरपालिकाले इटहरीको तुलनामा १ करोड १० लाख बढी बजेट पाएको हो ।

इटहरी उपमहानगरपालिकालाई वित्तिय समानीकरणतर्फ २८ करोड ३१ लाख र सशर्त अनुदानतर्फ ३० करोड ३६ लाख गरि जम्मा ५८ करोड ६७ लाख बजेट छुट्याइएको छ ।सुनसरीको १२ वटा स्थानीय तहका लागि ३ अर्व ९५ करोड ९२ लाख बढी बजेट छुट्याएको हो । जसमा वित्तिय समानीकरणतर्फ १ अर्व ९४ करोड ८९ लाख छ भने सशर्त अनुदानतर्फ २ अर्व १ करोड ३ लाख रहेको छ । सुनसरीका ४ वटा नगरपालिकामध्ये बराहक्षेत्र नगरपालिकाले सबैभन्दा बढी बजेट पाएको छ । बराहक्षेत्रले ४५ करोड ४४ लाख, त्यसपछि इनरुवा नगरपालिकाले ३६ करोड ८५ लाख, दुहवीले ३१ करोड ६३ लाख र रामधूनीले सबैभन्दा कम २८ करोड ५२ लाख बजेट पाएको छ । गाउँपालिकातर्फ सबैभन्दा बढी हरिनगराले २५ करोड ३४ लाख, त्यसपछि क्रमशः देवानगञ्जले २३ करोड ५५ लाख, कोशीले २३ करोड ३४ लाख, भोक्राहाले २१ करोड २७ लाख र गढीले २१ करोड २५ लाख बजेट पाएका छन् । गाउँपालिकामध्ये सबैभन्दा कम बर्जूले २० करोड ९ लाख बजेट पाएको छ ।

यसैवीच सरकारले ल्याएको बजेटमा प्रदेश नम्बर एक चार ठूला आयोजना समेटिएको छ । प्रदेश नम्बर १ मा विराटनगर विमानस्थल, जोगबनी–किमाथांका सडक, मदन भण्डारी राजमार्ग र तमोर–कन्काई जलविद्युत् आयोजना समेटिएको छ । प्रदेश–१ कै लागि भनेर यी चार आयोजना समेटिएको हो । वजेटले समग्र प्रदेश नम्बर १ को लागि चारवटा महत्वकाँक्षी योजनालाई समेटेको छ । झापादेखि कञ्चनपुरसम्म मदन भण्डारी भित्री राजमार्ग निर्माणका लागि ४ अर्ब ५० करोड छुट्याइएको छ । झापाबाट सुरु भई डडेलधुरासम्म पुग्ने यो राजमार्ग १२ सय किलोमिटर लामो हुनेछ । जसमा अहिले धरान चतरादेखि हेटौंडासम्मको काम अघि बढिसकेको छ ।

३ सय किलोमिटरको यो खण्ड निर्माण सकिन लागेको छ । जसका लागि सरकारले चालू आर्थिक वर्षमा ३ अर्ब १५ करोड रुपैयाँ बिनियोजन गरेको थियो । त्यसैगरि जोगबनीदेखि किमाथांका सडक निर्माणलाई पनि बजेटले समेटेको छ । यो सडकले चीन र भारतलाई जोड्नेछ । हाल यो निर्माणाधीन अवस्थामा भएपनि कामले भने गति लिन सकेको छैन । इटहरीमा विवाद छ । विराटनगर विमानस्थलको स्तरोन्नति गरी क्षेत्रीय विमानस्थल बनाउने उल्लेख छ । क्षेत्रीय विमानस्थल बनाएर अन्तर्रा्ष्ट्रिय उडानसमेत सुरु गर्ने बजेटमा समेटिएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

नेपाली कांग्रेस क्षेत्र नम्बर २ सिरहाका समितिले मनाए विपी स्मृती दिवस

रोयाण्टर मण्डलसुखीपुर (सिरहा) / नेपाली कांग्रेस  क्षेत्र नम्बर २ सिरहाका समितिले ३७ औं विपी स्मृती दिव

सुखीपुरका व्यवसायीहरु पनि भीसीटीएसको बिरोधमा उत्रिए

रोयाण्टर मण्डलसुखीपुर (सिरहा) / सरकारले ल्याएको ऐन, नियम र कानून तथा प्रावधानहरु अव्यवहारिक भएको भन्दै सिर

बरियारपट्टी गाउँपालिकाको बजेट ४१ करोड ३४ लाख

रोयाण्टर मण्डल / कृष्ण मोहन चौधरी / हरिपति लाल कर्ण / विपी भुवन  सुखीपुर (सिरहा) /   ‘कृषि , शिक्षा, पु


सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2019 - Pradeshportal.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६