मेयर रामऔतार यादब आफै पढाउन थालेपछि शिक्षा क्षेत्रमा सुधार

  • प्रकाशित मितिः जेठ 11, 2075
  • 2415 पटक पढिएको
  • रोयाण्टर मण्डल

रोयाण्टर मण्डल
सुखीपुर (सिरहा) / अधिकांश मेयरहरुले विकाशे कार्यलाई मात्रै महत्व दिने गरेको सुन्नु भएको होला तर सुखीपुर नगरपालिकाका मेयर राम औतार यादबले नगरको विकासको मूल अधार शिक्षा भन्दै प्रत्येक दिन सामुदायिक विद्यालयहरुमा आफै कक्षामा पढाउन थालेपछि शिक्षामा सुधार आएको छ ।
वार्षिक परीक्षामा सुखीपुर नगरको अधिकाशं विद्यार्थीहरु सबै विषयमा उत्तिर्ण नभएपछि शिक्षा नगरको शिक्षा ज्यादै कमजोर रहेको थहा पाएपछि नगर प्रमुख आफै विद्यालयमा पुगने गरेको छ । विद्यालयमा पुगेपछि अनुगमण मात्रै होईन विद्यार्थीसँर्गै बेन्चमा बसी शिक्षकले पढाई रहेको विषयको अवलोकन साथै घण्टी लागेपछि उहाँले आफै शिक्षकको भुमिकामा प्रस्तुत हुने गरेको छ ।
मेयर आफै विद्यालयमा आएर पढाउन थालेपछि विद्यार्थीहरु समेत उत्साहित भएको छ । त्यतिमात्रै नभई शिक्षा क्षेत्रमा पहिलेको तुलनामा सुधार समेत आउने गरेका छन् र विद्यालयमा विद्यार्थी उपस्थितीको संख्या समेत बढने गरेको विद्यालयका प्रधान अध्यापकहरुले बताउनुभयो ।


आज बिहान ७ बजे रजै जनक माध्यमिक विद्यालय बल्हीमा पुगेपछि सरहरु आ–आफनो कक्षा अध्यापन गराई रहेको बेला सुखीपुर नगपालिकाका नगर प्रमुख (मेयर) घटी लागेपछि अनिवार्य गणित विषको बारेमा विद्यार्थीलाई प्रश्न गरे “ बाबुहरु सरले पाउनु भएको सबैले राम्रोसगँ बुझनुभयो ” विद्यार्थी प्रतिउत्तर दिदै भने हो सर सबै बुझे त्यस पछि नगर प्रमुख विद्यार्थीहरुलाई पुन अर्को प्रश्न तेर्साए “ एक्स पलस एक्स कति हुन्छ ” विद्यार्थीलाई पालै पाले उत्तर दियो तर अधिकांश विद्यार्थीले गलत उत्तर दिएपछि उहाँले भने कक्षा १० को विद्यार्थीहरुको अधार यति कमजोर हुनु राम्रो होईन । तपाईहरुलाई अझै राम्रोसगँ पढनुपर्छ । तपाईहरु नै देश र यस नगरको कर्णधार हो । त्यसैले सुखीपुर नगरको विकास गर्न तपाईहरुको जिम्मेवारी भएकोले दक्ष विद्यार्थी बन्न सबै विद्यार्थीहरुलाई उहाँले आग्रह समेत गर्नुभयो ।
आउने दिनको कार्य योजना बनाउदै राती १२ बजे सुत्नु हुन्छ । बिहान ६ बजे नै उठेर मोटर साईकल चढी नगर भित्रका विद्यालयमा अनुगमणको साथ साथै घण्टी , विद्यार्थीहरुको क्षमता परिक्षण समेत गर्ने उहाँको दिनचर्या नै बनि सकेको छ ।
विहानको समयमा शिक्षा विकासको लागि कार्य र समुदायिक विद्यालयमा कक्षामा घण्टी लिने र अवलोकन गर्ने , बिहान १० बजे देखि १२ बजे सम्म कार्यालय सेवाग्राहीलाई सेवा दिने , बेलुका १ बजे खाना खान आफनै घर सुखीपुर नगरपालिका वडा नम्बर १ मा पुगेर खाना खाएपछि पुन कार्यालयमा फकिने र पुन कार्यालय आउने आवश्यकता बमोजिम योजना स्थलमा पुगेर अनुगमण गर्ने गरेको उहाँको दिनचर्या नै बनेको छ ।
शिक्षामा जोड दिन सवै जिम्मेवार वन्नु पर्छ । सुखीपुर नगरको शिक्षामा जोड दिनका लागि आ–आफनो ठाउँबाट सहयोग गर्न नगरवासीलाई उहाँले आग्रह गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस


Copyright © 2017 - Madheshspecial.com All rights reserved