पेशागत सुरक्षा मांग राख्दै सुखीपुर नगरपालिका लगायत देशभरका स्थानीय सरकारलाई ज्ञापन पत्र बुझायो

  • प्रकाशित मितिः जेठ 5, 2075
  • 541 पटक पढिएको
  • मधेश स्पेशल

सुखीपुर समाचारदाता
सुखीपुर (सिरहा) / राज्यले राहत शिक्षहरुलाई सेवा सुविधामा विभेद गरेको भन्दै नौ बुँदै माग राख्दै नेपाल राहत नगर कार्य समिति समितिले शुक्रबार सुखीपुर नगरपालिका नगरप्रमुख लगायत देशभरका स्थानीय सरकारलाई ज्ञापन पत्र बुझाएको छ ।
ज्ञापन पत्र बुझाउँदै नेपाल राहत शिक्षक नगर समितिले स्थानीय तहमा बनाइने शिक्षा नीतिमा सहभागिता सुश्निचित गर्न, सरकारी अनुदानमा नियुक्त सबै शिक्षकको सरुवा हुनुपर्ने, योग्यता पुगेका राहत शिक्षकलाई प्रधानाध्यापक बन्न पाउनु पर्ने माग गरेका छन् । त्यस्तै राहत शिक्षकलाई विषय विज्ञ हुन पाउनु पर्ने, राहत शिक्षकको पेशागत सुरक्षा हुन पर्ने लगायतका मागसहित नेपाल राहत शिक्षक नगर कार्य समिति समिति सुखीपुरका नगर अध्यक्ष पशुपाल यादबको संयोजकत्वमा ज्ञापन पत्र बुझाएका छन् ।
ज्ञापन पत्र बुझ्दै सुखीपुर नगरपालिकाका प्रमुख रामऔतार यादबले राज्यले गरेको भनिएको विभेदका विषयमा आफुहरुले आवाज उठाउने प्रतिवद्धता गर्दै ज्ञापन टोलीसगँ सुखीपुर नगरभित्रका सामुदायिक विद्यालयका शिक्षा सुधार कसरी गर्ने विषयमा छलफल समेत गर्नुभएको थियो ।

Image may contain: 11 people, people sitting

प्रतिक्रिया दिनुहोस


Copyright © 2017 - Madheshspecial.com All rights reserved