कक्षाकोठामा मेयर रामऔतार यादब आफै पढाउन थालेपछि विद्यार्थीहरु खुशी

  • प्रकाशित मितिः जेठ 4, 2075
  • 3299 पटक पढिएको
  • मधेश स्पेशल

रोयाण्टर मण्डल
सुखीपुर (सिरहा), / श्री जनता चेथरु जीतन माध्यमिक विद्यालय कविलासीको कक्षा १० मा पुगेपछि सुखीपुर नगरपालिकाका नगरप्रमुख राम औतार यादबले विद्यार्थीकै बेन्चमै बसेर शिक्षकले अग्रेजी विषय पढाई राखेको पाठको अवलोकन गर्दै घण्टी लागेपछि आफनो आफ्नो परिचय दिए “ नमस्कार म रामऔतार यादब, सुखीपुर नगरपालिकाको नगरप्रमुख” । उनले थपे “ विद्यालयमा तपाईका केही समस्या छन् भने मलाई भन्नुहोस् ” । सधै शिक्षक मात्रै आउने कक्षामा नगर प्रमुखलाई देख्दा विद्यार्थीहरु अक्क न वक्क परे । प्रमुख यादबले सरले पढाउनु भएको पाठको रिभाईज गर्दै विद्यार्थीलाई प्रश्न सोधे “ अहिले सरले पढाउनु भएको केही शब्दको उत्तर दिन तर त्यही बेला एक जना विद्यार्थी कक्षा कोठामा प्रवेश गर्दा सर के मा भित्र आउन सक्छु ? भनेपछि “आऊ । ” अनुमति दिन्छ । ऊ भित्र छिर्छ । त्यसपछि उहाँले सोही विद्याथीलाई हवाईट बोर्डमा लेखन लगाए तर विद्यार्थी बोलेका अनुसार सही उत्तर दिन नसक्दा पालोपाले केही विद्यार्थीलाई बोर्डमै बोलाएर लेखन लगाए । त्यसपछि विद्यार्थीहरुलाई अग्रेजी ब्याकरणको बारेमा २० मिनेट जति आफै पढाएर विद्यार्थीहरुलाई राम्रोसगँ पढ्न समेत आग्रह गरे ।
सुखीपुर नगरपालिका भित्रका सामुदायिक विद्यालयको अवस्था सुधार्नका लागि मेयर राम औतारले यसरी नै विभिन्न विद्यालयको नियमित अनुगमन गर्ने भएका छन् । “शिक्षक र प्रधानाध्यापकहरुबाट मात्रै प्रगति विवरण थाहा पाएर हुँदैन, कस्तो छ भन्ने कुरा थाहा पाउन कहिलेकाही अनुगमन पनि गर्नुपर्दछ ” नगरप्रमुख यादबले भने । विद्यालयका प्रधानाध्यापक सोन्फी यादबले मेयर नै कक्षाकोठामा आएर विद्यार्थीहरुलाई हौसला प्रदान गर्नु खुसीको कुरा भएको वताए । उनले भने “हामीले कस्तो काम गरिरहेका छौ भन्ने कुरा पनि थाहा हुन्छ ” ।
शिक्षण पृष्ठभुमिबाट राजनीतिमा आएका मेयर यादबले कक्षाकोठामा पुगेर विद्यार्थीहरुसँग साक्षात्कार गर्न पाउँदा खुसी लागेको वताए । उनले भने “ शिक्षण मेरो रुचिको क्षेत्र हो, तर अहिले भने अन्य कामले गर्दा यसमा समय दिन सकेको छैन ” । सामुदायिक विद्यालयको अवस्था सुधारेमा नीजि विद्यालयका वारेमा अनेक प्रश्न गर्नै नपर्ने वताउदै मेयर यादबले महँगो पैसा तिरेर निजीमा पढाउने रहर कसैलाई पनि नभएको वताए । कक्षाकोठामा मेयर नै आएपछि आफुलाई खुसी लागेको विद्यार्थी सुखीपुर नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष राम लोभित यादबले वताए । उनले भने “ मेयर जस्तो ठूलो मान्छे कक्षामा आएपछि रमाइलो हुने नै भयो ”
सुखीपुर नगरपालिकाका विभिन्न सामुदायिक विद्यालयमा मासिक रुपमा कक्षाकोठामा जाने कार्यक्रम सञ्चालन गर्ने नगरप्रमुख यादबले वताए । उनले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धिका लागि नगरपालिकाले हरेक काम गर्न तयार रहेको पनि वताए ।

प्रतिक्रिया दिनुहोस


Copyright © 2017 - Madheshspecial.com All rights reserved