अबैध लागूऔषधसहित होटल सञ्चालक पक्राउ

  • प्रकाशित मितिः जेठ 3, 2075
  • शुभ नारायण कामती
  • 340 पटक पढिएको

सिरहा/ सिरहाको लहानबाट प्रतिबन्धित लागुऔषधसहित एक जना कारोबारी पक्राउ परेका छन् । लहानको पुर्व(पश्चिम राजमार्ग अन्तर्गत बिराटनगर बस स्टेण्ड नजिक बाबा होटल संचालन गर्दै आएका लहान नगरपालिका वडा ३ निवासी ३५ वर्षीय ज्ञानकुमार कामैत आफ्नै पसलबाट लागूऔषधसहित पक्राउ परेका हुन ।

विशेष सुचनाको आधारमा सादा पोसाकको प्रहरी लाई लागूऔषध खरीदकर्ता बनाई पक्राउ परेका कामैतको पसलमा लागु औषध खरिद गर्न पठाएको र सोहि क्रममा प्रहरीले कामैतको पसलबाट ९८ थान फेनारगन, ३१ थान डाइजील्याम, नरफिन १९ थान, लुपिजेसिन ८६ थान, नाइट्रोजेपाम ट्याब्लेट ५८ थान सहित पक्राउ गर्न सफल भएको ईलाका प्रहरी कार्यलय लहानका डिएसपी गणेश चन्दले बताए ।

प्रहरीले कामैतको पसल खानतलासी गर्दा विभिन्न कम्पनीको मोबाइल ९ थान, नकली पेस्तोल एक थान, तरवार एक थान र ४ हजार ९ सय भारु रुपैया बरामद गरेको प्रहरीले जनाएको छ । पक्राउ परेका कामैत माथि थप अनुशन्धान भइरहेको र लागु औषध ओसार–पोसार तथा बेचबिखन अन्तर्गत मुद्दा चलाइने ईलाका प्रहरी कार्यालय लहानका डिएसपी गणेश चन्दले बताएका छन् । पक्राउ परेका कामैत यस अघि पहिला पनि लागु औषध मुद्दामा पक्राउ परिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

नेपाली कांग्रेस क्षेत्र नम्बर २ सिरहाका समितिले मनाए विपी स्मृती दिवस

रोयाण्टर मण्डलसुखीपुर (सिरहा) / नेपाली कांग्रेस  क्षेत्र नम्बर २ सिरहाका समितिले ३७ औं विपी स्मृती दिव

सुखीपुरका व्यवसायीहरु पनि भीसीटीएसको बिरोधमा उत्रिए

रोयाण्टर मण्डलसुखीपुर (सिरहा) / सरकारले ल्याएको ऐन, नियम र कानून तथा प्रावधानहरु अव्यवहारिक भएको भन्दै सिर

बरियारपट्टी गाउँपालिकाको बजेट ४१ करोड ३४ लाख

रोयाण्टर मण्डल / कृष्ण मोहन चौधरी / हरिपति लाल कर्ण / विपी भुवन  सुखीपुर (सिरहा) /   ‘कृषि , शिक्षा, पु


सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2019 - Pradeshportal.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६